Advertisement
SKIP THIS

सर्बाधिक धनराशीकाे दोस्रो डेउ फुटबल कप एभरेस्ट एफ सि काे पाेल्टामा


कोरियाको सर्वाधिक धनराशिको फुटबल खेलकाे दाेश्राे डेउ कपकाे उपाधि  एभरेष्ट एफ सिले जित्न सफल भएकाेछ।

हाम्रो चाहाना प्रवासी एकता र आपसी सद्भावको कामना भन्ने नाराका साथ डेउ नेपाली एकता समाजका संरक्षक साथै NRN बुसानका अध्यक्ष कुबिर चन्द्र लिङ्देनको संयोजकत्वमा कोरियाकै सर्वाधिक धनराशिको खेल आयोजना दोस्रो डेउ कप फुटबल प्रतियोगिता २०१८ भव्यरुपमा सम्पन्न् भएको छ।

मौसमको प्रतिकुलताका बिच सम्पन्न भएको उक्त प्रतियोगितामा एभरेस्ट एफ सि ले फाइनलमा आयोजक डेउ एफ सि लाई ट्राइबेकर मा 4/2 को नतिजा निकाल्दै उपाधी चुमेको थियोे ।उपाधी संगै एभरेस्ट एफ सि ले पैतिस लाख वोन नगद ( तीन लाख पचास हजार रुपैया बराबर ) आकर्षक ट्रफी हात पार्नुका साथै खेलाडीहरुलाई प्रमाणपत्र र गोल्ड मेडल प्रदान गरिएको थियो ।

त्यसैगरी उप विजेता डेउ एफ सिले पनि बीस लाख वोन( दुई लाख रुपैया बराबर )र आकर्षक ट्रफि हात पार्नुका साथै खेलाडीहरुलाई प्रमाणपत्र र सिल्बर मेडल प्रदान गरिएको थियोे ।यसैगरी उत्कृष्ट तीन खेलाडीलाई पनि पुरस्कृत गरिएको थियोे कार्यक्रममा विजेता र उप विजेता दुबै टोलिलाई प्रमुख अतिथी र बिशिस्ट अतिथिले संयुक्तरूपमा रकम चेक र ट्रफी हस्तान्तरण गरेका थिए ।

उक्त समारोहको प्रमुख अतिथिको रूपमा नेपाली राजदुतावासका श्रम काउन्सिलर श्री डिल्लीराम बाँस्तोलाको उपस्थिति थियो ।कार्यक्रममा बोल्दै उहाँले प्रवास रहेर पनि यती ठुलो खेलकुदको आयोजना गर्नु निकै चुनौतीपूर्ण रहे पनि आयोजकले भव्यरुपमा सम्पन्न गरेको भन्दै आयोजकको प्रशंसा गर्नु भयो।यस्ता अतिरिक्त क्रियाकलाप ले सम्पुर्ण नेपाली हरु मा आपसी सद्भाव र एकता को सन्देश जाने बताउनुभयो ।

यसका साथै आउने मे २७ मा नेपाली राजदुतावासले आयोजना गर्ने राजदुत कप फुटबल प्रतियोगितामा सहभागी हुन सबै फुटबल क्लबहरु लाई निमन्त्रणा समेत गर्नु भयो। विशिस्ट अतिथिको रूपमा कोरियाली नेपाली फुटबललाई अझ व्यावस्थित र संगठित गरेर लानुपर्छ भन्दै धेरै बर्ष देखी निरन्तर लागि परेका नेपाल फुटबल महासंघ कोरियाका अध्यक्ष कृष्ण तमुको उपस्तिथि रहेकाे थियाे ।उहाँले आयोजक लाई एक बल उपहार दिएका थिए,।उहाँले आफू निरन्तर नेपाली फुटबललाई थप उचाइमा लाने अभियानमा लागि परेको बताउनु भयो। खेलको उद्घाटन सत्रमा प्रमुख अतिथी र बिशिस्ट अतिथीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

त्यसै गरि समापन समारोहमा प्रमुख अतिथि ,बिशिस्ट अतिथि ,र अन्य अतिथिहरुबाट संयुक्त रूपमा वितरण भएको थियो ।कार्यक्रममा स्वागत मन्तव्य राख्दै डेउ नेपाली एकता समाजका अध्यक्ष कमल मिश्रले सबैलाई धन्यवाद दिए।कार्यक्रमको सन्चालन डेउ नेपाली एकता समाज का सचीव दिपक पौडेलले गरेका थिए । अन्त्यमा कार्यक्रम को समापन गर्दै आयोजना संयोजक तथा सभापति कुबिर चन्द्र लिङ्देनले कार्यक्रम सफल पार्न आर्थिक नैतिक भौतिक रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै मौसमको प्रतिकुलताले गर्दा कार्यक्रम संचालनमा भएको कमि कमजोरी प्रती माफी माग्दै कार्यक्रम समापन गरेका थिए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...