Advertisement
SKIP THIS

नेपाली जनसम्पर्क समितीको महाधिवेशनमा नौ बुदे घोषण सहित उपसभापतिमा चेम्जोइ०को उम्मेद्धारी


नेपाली जनसम्पर्क समितीको कोरियाको मे ६ तारिख आइतबार गरिने पाँचौ महाधिवेनको लागि वर्तमान समितीका सहमहान्त्री भिमराज चेम्जोइ०ले उपाध्यक्ष पदको लागि उम्मेद्धारी दिने घोषणा गरेका छन् ।

घोषणा संगै नौ बुदे प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । कोरियामा उनले क्षेत्रिय सचिव हुदै सउल केन्द्रिय समितीका सहमहामन्त्रिसम्मको पदिय जिम्मेवारी सहित पार्टीगत यात्रा तय गरेका छन् ।

नेविसंघको इकाई समितीबाट राजनीति शुरु गरेका उनी निडर र स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । उनी सामाजिक संघ संस्थामा समेत सक्रिय छन् । पार्टीमा गुटबन्दीको हावी रहेपनि आफू कुनै पनि गुटबन्दीको पक्षमा नरहेको उनको भनाइ छ । विपिको प्रजातान्त्रिक समाजवादलाई आत्मासाथ गर्दै पार्टीले आगामी दिनमा सापेक्षित नितीहरु निमार्ण गर्नुपर्ने धारणा उनको रहेको छ ।

नौं बुंदे घोषणा निम्न रहेको छ-

१. संगठनलाई मजबुत बनाउन प्रत्येक क्षेत्रहरूलाई सांगठानिक शसक्तिकरणको लागि रचनात्मक कार्यक्रमहरूको सर्कुलर जारि गरि परिचालन गर्ने।र क्षेत्रगत हिसाबमा आबस्यकतालाई पहिचान गरेर थप संगठन बिस्तार गर्ने।

२.पार्टी भित्र मौलाउंदै गएको गुटबन्दी, नातावाद, कृपावादलाई हटाउन सहमति र सहकार्यको राजनीतिलाई प्रधानता ठानेरसबैलाई समान व्यवहार गरि सबैले अपनत्व गर्न सक्ने संगठन निर्नाण गर्ने।

३.कोरीयामा रहेका कांग्रेसजनहरुको नामावली र फोन डायरी संकलन गरी क्रियाशिल तथा साधारण सदस्यहरूको अभिलेख अनलाईन मार्फत राख्ने।

४. ने.बि.संघ, तरूण दल र महिला संघ लगायत संगठनका अन्य विभागलाई क्रियाशील बनाउने।

५.नेपाली कांग्रेस पार्टीले गरेको त्याग, संघर्ष र बलिदानबाट प्राप्त भएको प्रजातन्त्र / लोकतन्त्र दिवसहरूमा चेतनामूलक रचनात्मक (गोष्ठि, सेमिनार, प्रशिक्षण) कार्यक्रमहरू आयोजना गर्ने।

६.संगठनले गरेका हरेक क्रियाकलापहरू सम्पूर्ण कांग्रेसजनसम्म सूचना प्रवाह गर्न संगठनको आधिकारिक फेसबुक पेज वा होमपेज बनाउने।

७. शान्ति, सद्भाब र एकता कायम गर्दै कोरीयाका बिभिन्न संघ-संस्थाहरूले गरेको हरेक खालका सामाजिक क्रियाकलापहरूमा संगठनको तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्ने।

८.नेपाल र कोरीयाको कुटनैतिक सम्बन्ध बिस्तार गर्न संबन्धित निकायहरूमा पहल कदमि गर्दै आवश्यक भूमिका निर्वाह गर्ने।

९. विभिन्न देशमा फैलिएका जन-सम्पर्क समितिहरुसंग समन्वय गरी नेपाली कांग्रेस पार्टीले तय गर्ने नीति तथा कार्यक्रममा प्रवासबाट आवश्यक सल्लाह एवं सुझाव प्रदान गर्न सामूहिक पहल गर्ने।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...