Advertisement
SKIP THIS

प्रवासी मजदूर आन्दोलन र उदय राई


मे १ तारिखको दिन हरेक बर्ष बिश्व भर मजदुर दिवसको रुपमा मनाउने गरिन्छ । मानव श्रमको सम्मान,सदुपयोग र अधिकारको बारेमा विभिन्न मन्चमा चर्चा चलाइन्छ । आफ्ना हक अधिकारका नाराहरुले ठूला ठूला शहरहरुमा मजदुरको आवाज गुन्जिन्छ ।

कतिपय सरकारहरुले यसै दिनमा मजदुरका अधिकार रक्षाको लागि आफू प्रतिबद्ध रहेको बक्तब्य दिन्छन । तर पनि वास्तविक मालिक बर्ग र कामदार बर्ग बिच आपसी बिबाद बर्षौ देखि कायम नै छ । सुरक्षित काम र ब्यबस्थित जीविकोपार्जनको आशा बोकेर देश भित्र मात्र नभई बैदेशिक रोजगारीलाई समेत अंगाल्नु आजका युवाहरुको बाध्यता नै बनेको छ ।

एकातिर अल्पबिकसित देश बाट कामदार झिकाएर बिकसित देशहरुको समृद्दिको जीवन सजाइएको हुन्छ भने अर्को तिर अल्प बिकसित देशका सरकारहरु चाहिँ रेमिट्यान्सबाट मुलुक चलाउन पाउँदा गर्बले गद्गद छन ।

 

दक्षिण कोरियामा विभिन्न मुलुकबाट औद्योगिक वा प्रशिक्षार्थी कामदारको आगमन भए संगै नेपालबाट पनि झन्डै ४० हजार कामदार भित्रीसकेका छन्। इपिएस प्रणालीमा अनेक किसिमका अफ्ठेराहरु भए पनि नेपाली युबाहरु कोरियाको रोजगार प्रति धेरै नै आकर्षित छन । तथापि इपिएस प्रणालीमा व्यापक सुधारको माग पनि त्यतिकै उठिरहेको छ । यो प्रणालीमा सुधार गरेर डब्लु पि एस सिस्टम हुनु पर्छ भनेर व्यापक माग उठिरहेको छ । यस मागलाई प्रबासी मजदुर युनियन ( MTU ) ले बिगत बर्षहरु देखि नै बुलन्द गराउदै आएको छ र यस सस्थाको नेतृत्व उदय राईले गरेका छ्न ।

दक्षिण कोरियामा उदय राई प्रबासी मजदुर मजदुर आन्दोलनका एक नेता मात्र हैनन् उनी बिशुद्द समाजसेवी पनि हुन्। उनले नेपाली लगायत विभिन्न देशबाट यहाँ आएर कामको सिलसिलामा दुर्घटना हुने, पक्षपात वा भेदभाबको शिकार हुने र अंग भङ्ग भई दिमागी सन्तुलन गुमाउने वा मृत्युबरण जस्ता सबै किसिमका समस्या समाधानमा प्रबासी मजदुरलाई MTU मार्फत सेवा उपलब्ध गराएका छन।

सन १९९१ मा पहिलो पल्ट कोरिया प्रवेश गरेका समाजसेवी राई २००७ मा पुन : कोरिया प्रवेश गरे। प्रबासी कामदार माथि कुटपिट हुने , तलब नदिने , कामबाट निकालिदिने जस्ता ब्यबहारबाट आफू र आफ्ना साथीहरु समेत पिडित भएको हुनाले मजदुर अधिकारवादी सस्था MTU मा उन्ले २००९ मा सदस्य भए । २०१० मा उनी कोरियाको ठूलो मज़दूर सङ्गठन KCTU को सदस्य भए । लगातार मज़दूर अभियानमा अघि बढ्ने क्रममा उनी २०१४ मा M T U (प्रबासी मजदुर संघ को प्रमूख भए ।

त्यसै गरि २०१७ मा उनले आइएलओ ( अन्तर्राष्ट्रिय मजदुर सङ्गठन ) को विश्व सम्मेलनमा पहिलो पल्ट भाग लिन सफल भए र उनले कोरियामा रहेको मजदुर समस्यालाई बिष्व भर उजागर गरे । बिशेष गरेर उनले इपिएस मार्फत कोरिया आई कामदारले सहज कम्पनी परिवर्तन गर्न पाउने नियमका लागि गरेको सङ्घर्ष , मजदुरका लागि कानुनी शिक्षा कार्यक्रम र विभिन्न समयमा आयोजना गरिने भ्रमण तथा निशुल्क स्वास्थ्य शिबिर मार्फत मजदुर सङ्गको सम्बन्धलाई मजबुत बनाएका छन ।

यसबाहेक उन्ले दुर्घटनामा परि वा मृत्यु भै क्षतिपुर्ति नपाएका , भिसामा भएका वा नभएका कामदारले कम्पनीबाट तलब र थेजिगम नपाउदा वा अन्य किसिमका भैपरि आउने समस्यामा सहयोग पुर्याउदै आएका छन । उनको समाजसेवाको यो अभियान सधै जारी रहोस्।

काेरियालार्इ कर्मथलाे बनाएर अगाडि बढेका स्याँग्जाका श्रृजना नेपाली (अालिसा सिंह)ले अालिसा डायरी मार्फत अाफ्ना कला, साहित्य, श्रृजना लेख रचना र बिचारलार्इ पाक्षिकरूपमा पस्किने जमर्काे गरेकी छिन्।समाजमा हुने  बिकृति र बिसंगतिका  बिरूद्द तथा  समाज परिबर्तनका लागि सकरात्मक पक्षका  कलम पनि चल्दै जाअाेस् शुभकामना। सम्पादक फाेनिज काेरिया।

 

लेखक: एलिसा सिंह

 

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...