Advertisement
SKIP THIS

भूकम्पबाट मृतकका परिवारलाई राहत वितरण


फोनिज कोरिया संवाददाता

सोल-धनकुटा सेवा समाज कोरियाले वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परेर ज्यान गुमाएका ६  घर परिवारलाई रू. १ लाख १८ हजार राहत वितरण गरेको छ।

 

धनकुटाको होटल लालीगुराँसको सभा हलमा आयोजित राहत वितरण कार्यक्रममा मृतकका आफन्तलाई सो राहत रकम बितरण गरिएको हो |

 

कार्यक्रम निरन राईको अध्यक्षता र जिल्ला प्रशासन कार्यलयका निमित्त प्रमुख सोमप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भएको थियो |

 

अतिथि बक्ताहरुले श्रम गरेर पनि समाज सेवामा लागि परेका कोरियामा रहेका धनकुटेलीहरुको प्रशंशा गर्दै अन्य देशमा रहेका धनकुटेलीले प्रेअराना लिनुपर्ने बताएका थिए |

 

पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा मृतकहरुको आत्माको शान्तिको कामना गरिएको थियो |

 

अन्य अतिथिहरुमा उद्धोग वाणिज्य संघका अध्यक्ष लालचन गोङ्वा,स्थानिय शान्ति समितिका टंक चुवान ,नेपाली कंग्रेसका नविन शाक्य, नेकपा एमालेका भिम राई, पत्रकार महासंघ जिल्ला शाखाका खगेन्द्र घिमिरे, जिल्ला प्रहरी कार्यलयका लक्ष्मि श्रेष्ठ, स्थानिय संचार माध्यमका संचार कर्मि, समाजसेवी, विध्दार्थी तथा कोरियाबाट फर्केर गएका धनकुटेलीहरुको बाक्लो उपस्थिती रहेको थियो |

 

कार्यक्रम संचालन सरोज भुजेल,स्वागत मन्तव्य सदिक्षा राई तथा संस्थाको उद्देश्य र कार्य विवरण कोषाध्यक्ष प्रदेश राईले प्रस्तुत गरेका थिए सभा हलको शुल्क रु. २,००० होटल लालीगुराँसका प्रोप्राईटर राजकुमार डंगोलले उपलब्ध गराएका थिए |

 

समाजले असअघि यस गोर्खा जिल्ला सौरपानी गाविस वाड नं. ५ का विभिन्न गाउँहरुमा भूकम्प पिडितहरुलाई खाद्दायन्न सामाग्री वितरण गरिसकेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...