Advertisement
SKIP THIS

कोरियन र नेपाली पार्टीको संयुक्त कार्यक्रम डिसेम्बर ३१ तारिख किम्हेमा हुदैं


खेम कार्की
दक्षिण कोरियाको किम्हेमा डिसेम्बर ३१ तारिख आइतबार कोरियन र नेपाली पार्टीको सहकार्यमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
दक्षिण कोरियाको सत्तारुढ द डेमिक्रेटिक पार्टी र नेपालको ठूलो दल नेकपा एमालेको भात्रृ संगठन ओएन एन एफ कोरियाको बुसान शाखाले संयुक्त रुपमा “आप्रवासी सम्बन्धी कोरियन सरकारको नीति र कोरिया सरकारले आप्रवासी संग गरेको अपेक्षा” बारे अन्तरक्रिया गर्न लागेको हो ।

ओएन एफ बुसानको डिसेम्बर ३१ तारिख किम्हेमा हुन लागेको अधिवेशनको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको हो । कोरिया को सत्तारुढ द डेमोक्रेटिक पार्टीको सांसद तथा
ख्यंगसांगनाम्दो राज्य पार्टी कमिटी अध्यक्ष मिन हुङ छल लगायतको उपस्थितीले कार्यक्रम उपलब्धीमुलक हुने आशा गरिएको छ ।

स्थानीय रुपमा नेपाली तथा आप्रवासीका समस्या सम्बन्धित ठाउमा पुरयाउने अवसर को साथै भविष्यमा कोरियन र नेपाली राजनैतिक दल विचको सम्बन्ध स्थापनामा यो कार्यक्रम उपलब्धीमुलक हुने द डेमोक्रेटिक पार्टी आप्रवासी उपसमितिका केन्द्रीय उपाध्यक्ष तथा ओएनएफ कोरियाका सल्लाहकार यज्ञराज सुवेदीले जानकारी दिएका छन ।
कार्यक्रम किम्हे बजार र बसपार्कको विच भागमा पर्ने वाईएम सिए हलमा आइतबार दिनको १२ बजे शुरु हुने भएको छ । कार्यक्रममा पहिलो चरण कोरियन अतिथीको सहभागितामा अन्तरक्रिया हुने छ भने दोश्रो चरणमा ओ एन एफ बुसानको अधिवेशन हुनेछ ।

पहिलो चरणको कार्यक्रम आप्रवासीका कोरियन नीति र अवको आवश्यकता बारे अन्तरक्रिया हुने हुदा कोरियामा रहेका विभिन्न राजनैतिक दलमा आस्था राख्ने नेपाली तथा विभिन्न संघ संस्था वा सम्पूर्ण नेपालीहरुले सहभागि भएर कार्यक्रमलाई सफल बनाउन आयोजकले सबैलाई अनुरोध समेत गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...