Advertisement
SKIP THIS

गुल्मी सम्पर्क समिति कोरियाले पत्रकार सम्मेलन तथा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने


गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आगामी सलनालको दोस्रो  दिन अर्थात फेब्रुरी १६ तारिखमा गर्न लागेको रेसुंगा सांस्कृतिक झलक भाग ३ लाइ सभ्य र भब्य रुपले सम्पन्न गर्न कोरियामा रहेका सम्पूर्ण नेपाली संघ संस्था बीच बृहत अन्तरक्रिया , पत्रकार सम्मेलन , नयां बर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रवासमा आपसी समजदारी र सहकार्य बिना कुनै पनि कार्यक्रम सफल हुन् नसक्ने भन्दै कार्यक्रमलाइ के कसरि सभ्य र भब्य रुपले सम्पन्न गर्न सकिन्छ भन्ने वारेमा बिभिन्न संघ संस्थाका प्रतिनिधि ,बुद्दिजीवी ,पत्रकार ,ब्याबसायी बर्ग ,तथा कोरियामा रहेका समस्त नेपाली समुदाय बीच छलफलको लागि उक्त कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष गान्धिभ सुबेदीले बताए । नेपाल आइडलकि चर्चित रक गायिका केंजल मेहर श्रेष्ठ ,पछिल्लो समयमा चर्चामा रहेका पप गायक सुगम पोख्रेल लगाएत नेपालका ख्याती प्राप्त कलाकार हरुको उपश्थितिमा गर्न लागिएको उक्त कार्यक्रमलाइ सफलला पुर्वक सम्पन्न गर्नको लागि कोरियावासी गुल्मेली लगाएत सम्पूर्ण नेपालि समुदायमा संस्थाले अपिल गरेको छ । त्यसैगरी निम्न मिति र स्थानमा हुन् लागेको बृहत अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा बिभिन्न संघ संस्थाका प्रतिनिधि ,बुद्दिजीवी ,पत्रकार ,ब्याबसायी बर्ग लगायत समस्त नेपाली समुदायलाइ उपस्थितिको लागि संस्थाले अनुरोध समेत गरेको छ ।

 

कार्यक्रम वारे थप जानकारी

स्थान – नेपाल हाउस समय – दिउसो १२ बजे देखि

मिति – ३१ डिसेम्बर २०१७ आइतबार

सम्पर्क – गान्धिभ सुबेदी -०१०४२५३२७२४ चन्द्र राना -०१०९४०५२०५१ टामलाल अर्याल ०१०२५०१७८९८ , इश्वरी घिमिरे ०१०५७२८२८४६, कृष् गुल्मेली बाबु ०१०५९४५१९३७

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...