Advertisement
SKIP THIS

प्रमद्वारा वैदेशिक रोजगारी नि:शुल्क बनाउन निर्देशन


फोनिज कोरिया संवाददाता

काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालाले मलेसियासहित खाडीका पाँच मुलुकमा रोजगारीका लागि जाने नेपाली कामदारसँग शुल्क लिन नपाउने निर्णय कडाईका साथ कार्यन्वयन गर्न निर्देशन दिएका छन्।

 

केही वैदेशिक रोजगार व्यवसायीले नि:शुल्क कामदार पठाउने श्रम मन्त्रालयको निर्णयको विरोध गरेपछि प्रधानन्त्री सुशील कोइरालाले श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ, गभर्नर चिरञ्जीवी नेपाल र लोकतान्त्रिक वैदशिक रोजगार व्यवसायीलाई छलफलका लागि बोलाएर यस्तो निर्देशन दिएका हुन्।

‘नि:शुल्क भिसा र टिकटमा विदेश पठाउने निर्णय राम्रो भएको भन्दै त्यसको तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो’, बैठकमा सहभागी गभर्नर नेपालले भने, ‘यसमा व्यवसायीको पनि विरोध थिएन।’

 

श्रम राज्य मन्त्री गुरुङले एक हप्ताअघि मन्त्रीस्तरीय बैठकबाट कतार, युएई, बहराईन, ओमान, साउदी अरेबिया र मलेसियामा रोजगारीमा जानेसँग वैदेशिक रोजगार व्यवसायीले शुल्क लिन नपाउने निर्णय गराएका थिए।

 

मन्त्रालयको उक्त निर्णयको विरोध गर्दै केही व्यवसायीले मन्त्रालयको निर्णय फिर्ता गराउन चौतर्फी दबाब दिँदै आएका थिए।

 

यसअघि ती मुलुकमा रोजगारीका लागि पठाउँदा कामदारबाट लाख रुपैयाँ लिने वैदेशिक रोजागार व्यवसायीले अब श्रम खर्च, विमान र न्यून सेवा शुल्कबाहेक टिकट र भिसाको रकम लिन नपाउने भएका हुन्।

 

मन्त्री गुरुङले लाख रुपैयाँ खर्च गरेर विदेश जानुपर्ने बाध्यतालाई कम गर्न यस्तो निर्णय गरेको छलफलमा जानकारी दिएका थिए।

 

तीन महिनाअघि कतारका श्रम मन्त्रीको नेपाल भ्रमणका बेला आफूहरूले नेपाली कामदारसँग कुनै शुल्क नलिएको खुलासा गरेपछि मन्त्री गुरुङले बिनाशुल्क रोजगारीमा विदेश पठाउने तयारी थालेका हुन्।

 

त्यसपछि उनले मन्त्रीस्तरीय निर्णयबाटै नेपाली कामदार बढी भएका ६ मुलुकमा भिसा र टिकटको बाहेक शुल्क लिन नपाउने निर्णय गरेका हुन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...