Advertisement
SKIP THIS

जापानमा मध्यरात नृत्यमाथिको प्रतिबन्ध फुकुवा


फोनिज कोरिया संवाददाता
 
 
जापान – निकै अँध्यारो नभएसम्म टोकियोमा मध्यरातपछि पनि नाच्नु अब गैरकानुनी नहुने भएको छ । विश्वमा क्लब संस्कृति भएका मुलुकमध्ये एक जापानको संसदले बुधबार मध्यरातपछि नाच्न हालसम्म लगाइएको प्रतिबन्ध हटाउन मतदान गरेको छ । अघिल्लो कानुनमा हालसम्म जापानभरका नृत्य क्लबहरूले रातको १२ बजेपछि आफ्नो व्यापार बन्द गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
उक्त कानुनी व्यवस्था अमेरिकाले जापानलाई नियन्त्रणमा लिएपछि सन् १९४८ मा लागु गरिएको हो । त्यस समयमा सामाजिक रूपमा उदार प्रवृत्ति राख्ने अमेरिकीहरूले जापानी युवाको आचरण बिगारेको भनी चिन्ता व्यक्त गरिँदा उक्त कानुन कार्यान्वयनमा आएको हो ।
दोस्रो विश्वयुद्ध पछि जापानमा गरिबी बढिरहेको थियो र त्यस समयमा यौनकर्मी नियन्त्रण गर्न पनि उक्त कानुन ल्याइएको थियो । मनोरञ्जन व्यवसाय नियन्त्रण र सुधार नामक कानुनी व्यवस्थाले जोडी मिलेर नाच्ने बलरुम नाचमाथि र त्यसका कक्षामा पनि प्रभाव पारेको थियो ।
जापानी अर्थतन्त्र सन् १९६०, ७० र ८० का दशकमा निकै अगाडि बढ्दा यस कानुनलाई केही खुला बनाइएको थियो र क्लबहरू ठूला नगरमा खुल्न थालेका थिए । दशकौँसम्म यस्ता रात्रि नृत्यक्लबहरूमाथि ध्यान नदिएपछि सन् २०१० मा ओसाका क्लब झगडा हुँदा २२ वर्षीया एक विद्यार्थीको मृत्यु भएपछि प्रहरीले तिनीहरूमाथि कारवाही गर्न थालेको छ ।
उक्त समयमा प्रहरीले आवश्यकताभन्दा बढी भोगी वातावरण नियन्त्रण गर्न पनि यस प्रकारको पाइला लिइएको बताएको थियो । प्रहरीले नगरका प्रमुख नृत्यस्थलले अनुमतिपत्रमा राखिएको सर्त उल्लङ्घन गरेको आरोपमा त्यस्ता स्थान बन्द गरिदिएको थियो र यसबाट ओसाकामा विस्तार भइरहेको नृत्यको परिदृष्यमा रोक लागेको थियो ।
नृत्य तथा सङ्गीतका प्रमुख व्यक्तिहरूले सरकारले जापानको बढ्दो नृत्य संस्कृतिलाई प्रबर्धन गर्नुपर्छ भनी मध्यरातमा नृत्यमाथि लगाइएको प्रतिबन्धको कडा आलोचना गरेका थिए ।
पूर्णरात नृत्यका लागि वकालत गर्नेहरूले प्रहरीको कार्य सामयिक नभएको र पाखण्डपूर्ण भएको आरोप लगाएका थिए । सरकारले माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि २०१२ मा हिपप नृत्य नियमित विषयको रूपमा राखेको छ ।
नयाँ कानुन आउँदो वर्ष जुनदेखि लागु हुनेछ । पर्याप्त मात्रामा प्रकाशको व्यवस्था भए मध्यरातपछि पनि नृत्य गर्न अनुमति दिइने व्यवस्था यस कानुनले गरेको छ । क्लबहरूमा प्रकाशको व्यवस्थाका विषयमा प्रहरीले अनुगमन गर्ने जिजी प्रेसले उल्लेख गरेको छ । नयाँ कानुनले २४ घण्टा खुल्ने क्लबहरूले पनि मध्यरातपछि मदिरा बिक्री गर्न नपाउने व्यवस्था गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...