राप्रपा जस्तै एन सी सी कोरिया


 

नेपाली सम्पर्क समितिका सन्दर्भमा केही दिन अघि भएको एक सवाल जवाफ को प्रसंग यस्तो छ
प्रश्न ः नेपाली सम्पर्क समिति बारे तपाईको तपाईको धारणा के छ ?
उत्तर ः अब लोकतान्त्रिक गणतन्त्रमा राजतन्त्रको कुरा गरेर कहा हुन्छ र ?
प्रश्न ः तर एन सी सी ले विगतमा धेरै राम्रो काम गरेको थियो नि ?
उत्तर ः राजतन्त्रमा पनि कहा सबै नराम्रो काम भएको थियो र ?
प्रश्न ः के एन सी सी को अस्तित्व छैन भन्न खोज्नु भएको ?
उत्तर ः हो , अब यसको काम नै के छ र ?

 कोरियामा समसामयिक विषयमा उठेको यो  कुराकानी प्रश्न माथि प्रतिप्रश्नमा सकिए । सउलको यो प्रशंग पछि यता बुसानको अधिवेशनबाट फर्कदै थियौं । साथमा थिए किम्हेका स्थानीय समाजसेवीहरु हरि थपलिया, दुर्गा  प्रसाद दहाल लगायत कम्पनीका भाईहरु । नमस्ते रेष्टुरेन्ट किम्हेका संचालक राजु तामांग आउदै थिए ।
प्रश्न ः के छ आराम हुनु हुन्छ ।
उत्तर ः आरम नै छु । कता गएर ।
प्रश्न ः एन सी सी वुसानको अधिवेशन गएर आएको तपाई जानुभएन नि ?
उत्तर ः अह , कस्तो राम्रो भयो नि कार्यक्रम । यो एन सी सी पनि राप्रपा जस्तो भयो है ।
हासो…………..(वहाँ रेष्टुरेन्ट तिर लागिहाल्नुभयो )

एन सी सी संग जोडिएको राजतन्त्र र राप्रपा सम्बन्धि यो प्रसंगले दिमाग नमजाले हल्लायो । के कोरियामा एन सी सी अस्तित्व खतरामा परेकै हो कि भनेर सोच्न बाध्य बनायो ।
किम्हेमा रहेको एन सी सी एन आर एन ख्यंगसांगमा मर्ज भयो । वर्तमान एन सी उपाध्यक्ष भुवन बस्नेत कार्यवाहक अध्यक्ष हुदा एन सी सी किम्हे,ख्यगंनाम मर्ज भएको थियो  ।
यस अघि, एन सी सी ख्यंगसांग, वुउल्ख्यंग, थेजन , थेगु ,बुसान लगायत विभिन्न शहरहरुमा शाखा रहे पनि अहिले एन सी सी बुसान मात्र शाखाको रुपमा रहेको छ ।
अन्य संस्थाको शाखा बढदै गए पनि एन सी सी भने ओरालो लाग्ने क्रममा रहेको यो रेकर्डले पनि देखाउछ । त्यसैले पनि एन सी सी लाई एन आर एन मर्ज गर्ने कि निरन्तर राख्ने बहस पनि बेला बेलामा चल्ने गर्दछ  ।
हाल नेपालमा रहेका एन सी सी पूर्व अध्यक्ष सिद्धी चन्द्र बरालले एक भेटको क्रममा एन सी सी कोरियाले धेरै महत्वपूर्ण कार्य गरेको हुदा यसलाई त्यही अनुसार सक्रिय बनाउन जोड दिनु भएको पनि यहा सम्झन चाहन्छु ।
संयोग भनौं एन सी सी कोरियाको स्थापना भएको वर्ष १९९३ मा कोरिया आएका डेविट राई १९ वर्षको कोरिया बसाई पछि एन सी सी कोरियाको अध्यक्ष भएकै अवस्थामा पक्राउ परे ।
अवैधानिक व्यक्तिहरु संस्थाको अध्यक्ष हुने र विचमा पक्राउ परेर जादा कार्यकाल राम्रो संग वित्न नपाउने पुरानो रेकर्ड छ ।
१विवाद र किचलोमा एन सी सी फसेपछि
१९ वर्ष कोरिया बसेका एन सी अध्यक्ष डेविट राई २०१२ पक्राउ परि नेपाल फर्किए । त्यसपछि कार्यवाहक अध्यक्ष शंकर बस्नेत बने । कार्यवाहक अध्यक्ष शंकर बस्नेत नेपाल गएकै बेला केही दिन अधिवेशन रोक्न अनुरोध गर्दा गर्दै जवरजस्ती अधिवेशन संगै एन सी सी कोरियामा विवादको विउ रोपियो । एन सी सि भित्रको आर्थिक विषयमा पनि प्रश्नवाचक चिन्ह खडा भयो । विभिन्न चरणमा भएका कार्यवाहक अध्यक्षको कारण आर्थिक विवरण बुझ्न र बुझाउन कठिन बन्दा अविश्वासको वातारण सृजना भयो ।
यसले ठूलो रुप लिदै गयो कोरिया आएपछि बस्नेतले छुट्टै अधिवेशन गनै धम्की समेत दिए । पछि लोचन राईको अध्यक्षतामा भएको अधिवेशनमा भएको विवादले एन सी सी लाई झन भूमरिमा फसाईदियो ।
एन सी सी कोरियाको अधिवेशन कै दिन सम्म फर्म भर्न पाउने व्यवस्था थियो । अधिवेशन कै दिन केही फर्महरु अधिवेशन स्थलमा च्यातिने काम हुदा यसले विवादको रुप लियो । तत्कालिन अध्यक्षका उम्मेदवार शंकर बस्नेतले अधिवेशन वहिस्कार गरेर हिडे भने अर्का उम्मेदवार बलराम पुन ले पनि अधिवेशनको नतिजा नमान्ने घोषणा गरे ।
एन सी सी को विवाद यतिमा मात्र सिमिति रहेन ।
कार्यक्रम बाडफाडको विवाद पनि अन्य समय भन्दा झन बल्झिदै गयो ।  एन सी सी को अकस्मात कार्यक्रम गर्दा व्यवस्थापनको अवस्थालाई मध्यनजर गरी कोरियाको २१ वटा संघ संस्थाले अधिवेशन सार्न अनुरोध गर्दा पनि एन सी सी ले वेवास्ता गरेर अगाडि बढदा एन सी सी एक्लिदै गयो ।
जनजाती महासंघले एन सी सी लाई नमान्ने भन्दै आफैले कार्यक्रम गर्न थालेपछि एन सी सी झन पछि पर्दै गयो । कार्यसमितिकै महत्वपूर्ण महासचिव शान्ति लामाले कार्यपद्धती माथि असन्तोष व्यक्त गर्दै राजिनामा दिएपछि एन सी सी भित्रको किचलो पछि छताछुल्ल भयो ।
अहिले कोरियामा एन सी सी को अस्तित्व माथि नै प्रश्न चिन्ह खडा भएको छ ।

२ईतिहासको हिरा
वगतमा अवैधानिक कामदार तथा श्रमिकहरुको दुख कष्टको साथी बन्न स्थापना भएको एन सी सी ले कोरियामा दुतावास स्थापना नहुदा दुतावासले गर्ने महत्वपूर्ण कामहरु गरेको अनुभवीहरु बताउछन ।
विगतमा यस भित्रका तित्तताहरु, नेतृत्वको मनोमानी , कार्यसमितिको भद्रगोलको अवस्था, आर्थिक हिनामिना , अपारदर्शिता जस्ता कारणले एन सी सी बदनाम हुदै गयो । समय अनुसार नया कार्यक्रम गर्न नसक्दा पनि एन सी सी पछि परयो । यता एन आर एन हावी हुदै जादा एन सी सी लाई चुसेर मोटाएकाहरु पनि एन सी सी को अस्तित्व सकियो भन्दै एन आरएन तिर लाग्न थाले ।
२०१५ नोभेम्बर १५ मा राहत कोष स्थापना गर्ने भनेर यही कार्यसमितिले पनि छलफल चलायो विभिन्न संघ संस्थाका प्रतिनिधि बोलाएर । तर त्यो हल्लामा मात्र सिमित भयो ।
कोरियाभरि रचनात्मक कार्य गरेर स्थापित संस्था रहेको यसको विभिन्न ठाउका संस्थाहरु मार्फत आफूलाई जिवन्त राखेको थियो ।
२००८ जुलाई १३ मा थेजनमा नवराज राईको अध्यक्षमा कार्यसमिति बनेको रेकर्ड फेला परयो ।
यो हेर्नुस तस्वीर
तर वर्तमानमा कोरियाको बुसानमा मात्र शाखा हुनुले यसको कमजोरीलाई देखाउछ । अर्कोतिर एन आर एनको फैलदो सञ्जाल र कोरियामा दुतावासको स्थापनापछि एन सी सी ले आफ्नो भूमिकालाई प्रष्टयाउन नसक्दा आफै भूमरिमा अडकिन पुग्यो ।
३कार्यक्रम छनौटको विवाद
कोरियामा सलनाल र चुसकमा गर्ने सांस्कृतिक कार्यक्रम र चिठ्ठाको कार्यक्रम एन सी सी कोरियाले गर्दै आएको हो । यसमा पूर्णता असफल भएको एनसीसी ले यही कारणले आफ्ना अस्तित्व समेत संकटमा पारेको छ । यसकारण एन सी सीले अब कार्यक्रम छनौट गर्ने काम बन्द गरी विभिन्न संघ संस्थाको प्रतिनिधि सहितको कार्यदल बनाएर त्यसलाई जिम्मा दिनुपर्छ । आफू मातहतको कार्यदल बन्न समय लागे कोरियाका स्थापित अन्य संघ संस्था संगको सहकार्यमा पत्रकार महासंघले घोषणा गरेको “आपतकालिन परोपकार कोष” कोरियामा संचालित “नेपाल हाउस” जस्ता योजनालाई जाने गरी एक समिति मार्फत कार्यक्रम छनौट गर्ने विधि तय गर्नुपर्छ । सधै विवादमा तानिईरहनु भन्दा सुरक्षित अवतरण एन सी सी को लागि लाभदायक हुन्छ । एन सी सी तानाशाही भएको , मनोमानी चलेको ५ लाख र ३ लाखको सलामी मागेर सिन्डिकेट लादेको भन्ने एन सी सी माथि लागेको आरोप पनि हटनेछ ।
४कस्तो बनाउने स्वरुप
एन सी सी कोरियाको स्वरुप लाई परिवर्तन गर्नुपर्छ । कोरियामा रहेका विभिन्न संघ संस्थाका अध्यक्ष , उपाध्यक्ष ,सचिव र कोषाध्यक्ष सहित ५ जना प्रतिनिधिलाई समावेश गर्ने । ५० वटा संस्था भए २५० जना प्रतिनिधि हुन्छन । यही प्रतिनिधिहरुको सहभागितामा एन सी सी कार्यसमिति बनाउन पर्छ । प्रत्येक संस्थाका अध्यक्ष पदेन सदस्य रहने गरी कार्यदल बनाउन सकिन्छ यसले संस्थालाई दिर्घकालिन रुपमा स्थापित गराउन सहयोग गर्छ ।
संस्था आफैमा नराम्रो हुदैन संस्थालाई वदनाम गराउने गलत व्यक्तिहरुलाई दण्डित गरी एन सी सी लाई पुरानो अवस्तामा फर्काई नेपालीहरुको छाता संस्थाको रुपमा विेकास गर्न सक्षम नेतृत्व एन सी सीमा आउन आवश्यक छ ।
अन्तमा यही २०१७ जुलाई २३ तारिख नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले दिउँसो १२ बजे नेपाल हाउसमा “कोरियामा एन सी सी को भूमिका र भावी नेतृत्व ” विषयक अन्तरक्रिया गर्न लागेको हुदा एन सी सी का पदाधिकारी, उम्मेदवारहरु , विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रनिनिधिहरुहरुलाई उपस्थित भएर एन सी सी को भुमिका र भावी नेतृत्वको सम्बन्धमा हुने अन्तरक्रियामा सहभागी हुन अनुरोध छ  ।
सबैको सहभागिता र विचार र प्रयन्तबाट एन सी सी कोरियालाई नया बाटोमा हिडाउन सकिन्छ । नत्र आफूलाई वैकल्पिक शक्तिमा उभ्याउने लागिपरेको राप्रपा  राजतन्त्र मान्ने कि नमान्ने , चुनाव चिन्ह के राख्ने , आफ्नो एजेन्डा के हुने भनेर आफै भित्र आन्तरिक द्धन्द्धमा फसेको  हाल एन सी सी कोरियामा नहोला भन्न सकिन्न ।
(लेखक नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष हुन । )

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...