Advertisement
SKIP THIS

वैदेशिक रोजगारीमा रहेकालाई लगानीको अवसर


पुष्प दुलाल

काठमाडौंरोजगारको शिलसिलामा विदेशी भूमिमा रहेर पनि नेपालमा सुरक्षित लगानी गर्न चाहनेहरुका लागि सुवर्ण अवसर । आकर्षक व्याजदर दिने गरी नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँ बराबरको ‘बैदेशिक रोजगार बचतपत्र २०७७’ जारी गर्दैछ ।

आगामी असार ६ देखि १९ गतेसम्म बिक्री खुल्ला हुने यो बचतपत्रमा ९ प्रतिशत व्याज दिने राष्ट्र बैंकले जनाएको छ ।

बैदेशिक रोजगार बचतपत्रमा सरकारले दिने यो व्याज हाल बैंकहरुले निक्षेपमा दिने व्याजभन्दा दोब्बर बढी हो । सरकारले अान्तरिक ऋणमा दिएको सबैभन्दा बढी व्याजदर पनि हो । केही दिनअघि जारी भएको नागरिक बचतपत्रमा ८ प्रतिशत व्याज दिएको थियो ।

त्यसैले बैदेशिक रोजगारीमा रहेकाहरुका लागि यो आकर्षक र सुरक्षित लगानीको अवसर हो । यो बचतपत्र नेपाल सरकारको प्रमिसनरी नोट भएकाले यसमा गरिएको लगानी शतप्रतिशत सुरक्षित हुन्छ ।

छरिएर रहेको पुँजीलार्इ एकत्रित गरि विकास निर्माणका काममा लगाउने उदेश्यले सरकारले बचतपत्र निस्काशन गर्न लागिएको राष्ट्र बैंकको अान्तरिक ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशन नरबहादुर थापाले अनलार्इनखबरलार्इ जानकारी दिए ।

खरिदकर्ताहरूको बचत गर्ने बानीको विकास पनि हुन्छ, उहाँहरूले अाकर्षक व्याज पनि पाउनुहुन्छ’ थापाले भने यो पैसा सरकारले पनि विकास निर्माणका काममा खर्च गर्छ रेमिटान्सको अधिकांस रकम उपभोगमा खर्च भएको त्यसलार्इ एकत्रित गरी उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने विज्ञहरूले बताउँदै अाएका छन्

 

प्रत्येक / महिनामा व्याज भुक्तानी गरिने यो बचतपत्रमा लगानी गर्नेले पाँच वर्षपछि सावाँ रकम फिर्ता पाउनेछन् एक व्यक्तिले कम्तीमा हजार रुपैयाँदेखि बढीमा ५० हजार रुपैयाँसम्म लगानी गर्न पाउने राष्ट्र बैंकले जनाएको

 

परिवारले पनि किन्न पाउँछन्

बैदेशिक रोजगारीमा बहाल रहेको, बैदेशिक रोजगारबाट फर्किएको महिना नपुगेका नेपाली नागरिक वा एनआरएनले आफू वा आफ्नो परिवारका नाममा यो बचतपत्र खरिद गर्न सक्नेछन्

 

जग्गा जस्तै हो

बचतपत्र खरिदकर्तालाई पैसाको आवश्क परेको खण्डमा बचतपत्रको प्रमाणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन पाइन्छ त्यसैले यो जग्गा, सुन सेयरजस्तै हो सुरक्षाका हिसाबमा भने जग्गा, सेयर वा सुनभन्दा बढी सुरक्षित हो

 

केके चाहिन्छ ?

बचतपत्र खरिदकर्ताले आवेदन दिँदा राहदानी, कार्यरत मुलुकको समयावधि ननाघेको भिषाको फोटोकपी, दुईप्रति पासपोर्ट साइजका फोटा, विदेशी मुद्रा सटहीको कागजात, बैंक खाताको विवरणसमेत पेस गर्नुपर्ने राष्ट्र बैंकले जनाएको

 

 

कुन देशमा कुन एजेन्ट ?

मुलुकभित्र राष्ट्र बैंकका कार्यालबाट आवेदन फारम पाइन्छ । मुलुक बाहिरका लागि भने राष्ट्र बैंकले ६ वटा एजेन्टलाई इजाजत दिएको छ । अावेदन फारम लिँदा वा भरेर बुझाउँदा कुनैपनि अतिरक्त शुल्क नलाग्ने राष्ट्र बैंकले जनाएको छ ।

आइएमइः मलेसिया, दुबई, साउदी अबर, कतार, अमेरिका, बेलायत, जापान, बहराइन, रसिया, अष्ट्रेलिया, इजरायल कुबेतमा इन्टरनेसलन मनी एक्सप्रेस (आइएमइ)का शाखा तथा एजेन्टमार्फत आवेदन फारम भर्न सकिन्छ

 

प्रभू मनी ट्रान्सफर : मलेसिया, कतार बहराइन, साउदी अरब अमेरिकामा रहेका प्रमू मनी ट्रान्सफरका कार्याल तथा एजेन्टमार्फत पनि आवेदन फारम लिन सकिनेछ

 

प्रभू बैंक : त्यस्तै, अमेरिका, मलेसिया कतारमा रहेका प्रभू बैंकका कार्यालय तथा एजेन्टबाट आवेदन फारम भर्न सकिनेछ

 

सिटी एक्सप्रेसः त्यसैगरी, जापान, मलेसिया, कतार अमेरिकामा रहेका सिटि एक्सप्रेस मनी ट्रान्सफरका शाखा तथा एजेन्टहरुमार्फत आवेदन फारम र्झन सकिनेछ

 

सेञ्चुरी बैंक : त्यस्तै, कतार, दुबई, कुबेत, साउदी,बहराइन, मलेसिया, अष्ट्रेलिया, इजरायल, अमेरिका बेलायतमा रहेका सेञ्चुरी बैंकका शाखा तथा एजेन्टमार्फत आवेदन फारम लिन सकिनेछ

 

सनराइज बैंक :  दुबइ, कतार, इजरायल ओमनमा रहेका सनराइज बैंकका शाखा तथा एजेन्टमार्फत आवेदन फारम भर्न सकिनेछ

 

चालूर्थिक वर्षको बजेटमा सरकारले ५२ अर्ब ७५ करोड रूपैयाँ अान्तरिक ऋण उठाउने उल्लेख गरेको थियो सरकारसँग खर्चगर्ने रकम पर्याप्त भएकाले अार्थिक वर्षको १० महिना बितेसम्म अान्तरिक ऋण उठाएको थिएन तर, बिनासकारी भूकम्पले क्षति पुर्याएका संरचनाहरूको पुननिर्माणमा मोटो रकम खर्च गर्नु पर्ने भएकाले सरकारले अान्तरिक ऋण उठाएको हो

 

सरकारले ३५ अर्ब विकास ऋणपत्र, १८ अर्बको ट्रेजरी बिल, अर्ब ५० करोडको नागरिक बचतपत्र, २५ करोडको बैदेशिक रोजगारपत्र गरी यो वर्ष ५२ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने कार्यक्रम राखेको थियो ।-अनलाइन खबर

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...