Advertisement
SKIP THIS

बिदेशमा बस्ने नेपालीलाई लगानीको मौका


फोनिज कोरिया संवाददाता

 

काठमाडौ – विदेशमा दिन रात नभनी रगत पसिना बगाई आफु र आफ्ना परिवारको भबिष्यको लागि पैसा कमाई रहनुभएको छ तर त्यो रकम रेमिट्यान्स कम्पनीहरु मार्फत स्वदेश पठाएर फजुल खर्चमा सकिरहनु भएको छ भने अब नेपाल सरकारले रोजगारीको सिलसिलामा विदेशिएका नेपालीहरुलाई सरकारले महंगो ब्याज प्राप्त हुने सरकारको बचत पत्र किन्ने अवसर जुटाउदै छ |
नेपाल राष्ट बैंकले ९ प्रतिशत व्याजदरमा वैदेशिक रोजगार बचतपत्र २०७७ निष्कासन गर्ने तयारी गरेको छ । आगामी असार ६ देखि १९ गतेसम्म विक्री खुल्ला हुन लागेको उक्त ऋणपत्रमा २४ गते बांडफांड गरिसकिने राष्ट्र बैंकले जनाएको छ ।
पाँच वर्षका लागि आह्वान गरिएकोे वैदेशिक रोजगार वचतवर्ष कूल २५ करोड रुपैंयाको बिक्री गरिने भएको छ । उक्त वचतपत्र किन्नेले हरेक छ महिनामा ९ प्रतिशतका दरले ब्याज पाउने छन् । वचतपत्रमा वैदेशिक रोजगारीको सिलसिलामा विदेशी भूमिमा रहेका नेपालीका अलवा वैदेशिक रोजगारबाट फर्किएको चार महिना नपुगेकाहरुले मात्र लगानी गर्न सक्नेछन । कम्तीमा पाँचहजार देखि बढीमा पाँच हजार रुपैयाँले भाग गर्दा निशेष रहने रकमसम्म वचतपत्रमा लगानी गर्न सकिने जनाईएको छ । पाँच बर्ष अबधि नपुग्दै रकमको आबश्क्यकता परेमा बचत पत्रलाई बिक्री गरेर रकम प्राप्त गर्नसकिने ब्यवस्था पनि गरिएको छ ।
बचतपत्रमा मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य जस्तै बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी मात्रको नाममा खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
बचत पत्र अमेरिका, बेलायत, खाडीका मुलुकहरु र मलेशियालगायतका अन्य मुलुकहरुमा बिक्री गरिने भएको छ । आइएमई मनि टान्सफर,प्रभु मनि टान्सफर, प्रभु बैंक, सिटि एक्सप्रेस,सेञ्चुरी कर्मसियल,सनराइज बैकको शाखाहरुबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।
हाल नेपालका बाणिज्य बैंकहरुले मुद्धती खातामा रकम राख्दा सात प्रतिशतसम्म ब्याज दिईरहेको अबस्थामा सरकारले बिदेशिएका नेपालीहरुलाई प्रत्यक्ष लाभ पुग्ने गरी ९ प्रतिशत ब्याज दरको बचत पत्र जारी गर्न लागेको हो । सरकारले हालैको भुकम्पबाट भएको भौतिक संरचनाको पुननिर्माण र बिकासका लागि ५२ अर्ब राष्ट्र ऋण उठाउने क्रममा बचत पत्र बिक्री गर्न खोजेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...