Advertisement
SKIP THIS

सुनिता मगरलाई घर फर्काउन रकम अभाव


काठमाडौं-दलालले सिरिया पुर्‍याएर बन्धक बनाइएकी धादिङकी सुनिता मगरको उद्धारका लागि रकमको अभाव भएको छ।

 

 

नेपाल फर्किने टिकट किन्न आवश्यक रकमको अभावमा सुनिता द्वन्दग्रस्त मुलुक सिरियाबाट नेपाल फर्कनबाट बञ्चित भएकी छिन्।

 

 

धादिङ नीलकण्ठ नगरपालिका –८ मगर गाउँकी सुनिता दलालमार्फत् एक बर्ष अघि सिरिया पुगेकी थिइन्। विवाहको केही बर्षपछि नै श्रीमान्ले सौता भित्र्याएपछि एक छोरा र एक छोरीलाई माइतीमा छोडेर सुनिता वैदेशिक रोजगारीमा गएकी थिइन्।

 

 

काम  गरेको तलब समेत दलालले अग्रिम भुक्तानी लिएर गएकाले उनको बिचल्ली भएको हो।

 

 

फिनल्याण्डमा बस्ने गैर–आवासिय नेपाली संघ(एनआरएन)का सदस्य बालकृष्ण श्रेष्ठको पहलमा सुनिताको पछिल्लो अवस्था पत्ता लागेको हो। हाल धादिङ मैदीका घर भएका श्रेष्ठकै पहलमा सुनिताको पासपोर्ट भेटिएपछि उनलाई त्यहाँबाट उद्धारको प्रयास सुरु भएको हो।

 

 

श्रेष्ठका अनुसार खर्च अभावकै कारण सुनितालाई नेपाल फर्काउन सकिएको छैन।

 

 

सिरिया पुर्याइएपछि केहि समयअघि उनले माइतीमा आमालाई फोन गरी आफू बाँचेर घर फर्कन सक्ने अवस्था नरहेको भन्दै आफ्नो घरफिर्तीका लागि पहल गर्न आग्रह गरेकी थिइन्। त्यसपछि उनको सकुशल उद्धारका लागि परिवारले हारगुहार गरिरहेको छ।

 

 

लामो प्रयासपछि रोजगारदाताले उनलाई घर फर्काउन सहमति जनाएपनि दलालले लगेको रकम फिर्ता दिनुपर्ने शर्त राखेपछि समस्या भएको हो।

 

 

सिरियाबाट नेपाल फर्कनका लागि करिब ८ सय अमेरिकी डलर खर्च लाग्ने भएकाले अहिले सोही रकमको अभावले सुनितालाई नेपाल फर्काउन नसकिएको भन्दै श्रेष्ठले सहयोगका लागि आग्रह गरेका छन्। आर्थिक अवस्था कमजोर भएकाले उनको परिवारले यो रकम जुटाउन सकेको छैन।-सेतोपाटि

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...