Advertisement
SKIP THIS

नेपालले क्यानाडालाई दियो दक्ष कामदारको सूची


फोनिज कोरिया संवाददाता
काठमाडौं- नेपालले क्यानडालाई विभिन्न २१ वटा क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति पठाउन सक्ने जानकारी गराएको छ । क्यानडाले कामदार लिने संकेत गरेपछि नेपालले आफ्ना मुलुकमा भएका दक्ष कामदार पठाउने सूची उपलब्ध गराएको हो ।

क्यानडालाई दिइएको सूचीमा धेरैजसो प्राविधिक क्षेत्रमा काम गर्ने जनशक्ति छन् । भूकम्पप्रभावित जनतालाई सहयोग गर्न नेपाल आएकी क्यानडाकी श्रममन्त्री केल्ली लेइचसमक्ष श्रम तथा रोजगार मन्त्रालयले यस्तो सूची उपलब्ध गराएको हो ।

नेपालले क्यानडाको आवश्यकताअनुसार उपलब्ध गराउन सक्ने जनशक्तिमा दन्त चिकित्सक, मेडिकल ल्याब प्राविधिक, शिक्षक, नर्स, कृषि विज्ञ, अनमी, अकाउन्टेन्ट, इन्जिनियर, सूचना प्रविधिसम्बन्धी विज्ञ, प्लम्बर, इलेक्ट्रिसियन,मेकानिक, सुरक्षा गार्ड, कृषि विज्ञ, रसायनशास्त्री, तालिमप्राप्त मजदुर,जीवविज्ञान सम्बन्धी जनशत्तिः छन् ।

नेपालले आकर्षक पारिश्रमिक तथा सेवा सुविधा दिएमा प्राविधिक तथा दक्ष जनशक्ति पठाउन सक्ने बताएपछि त्यहाँकी श्रममन्त्री लेइचले नेपालबाट कामदार लैजान विशेष पहल गर्ने आश्वासन दिएकी छन् ।-अन्नपूर्ण

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...