Advertisement
SKIP THIS

धरानकी सन्चिता ओबामाकी सल्लाहकार कसरि बनिन्


फोनिज कोरिया संवाददाता
काठमाडौं-अमेरिकी राजनीतिमा सबभन्दा उच्च र शक्तिशाली ओहदा हो राष्ट्रपति। पहिलो अश्वेत राष्ट्रपतिका रूपमा कार्यकालको सुरुमै चर्चामा रहेका बाराक ओबामा आफ्नो कार्यकालमा विभिन्न काम र निर्णयका कारण चर्चित रहे।

 

नेपालमा भूकम्पले पुर्‍याएको विनाशपछि अमेरिकी सरकारका तर्फबाट सहयोग त छँदैछ, राष्ट्रपति ओबामाले प्रधानमन्त्री सुशील कोइरालालाई टेलिफोन गरी ढाडस दिए। त्यतिमा मात्रै रोकिएनन् राष्ट्रपति ओबामा।

 

उनले नेपाली मूलकी युवती सञ्जिता प्रधानलाई आफ्नो सल्लाहकार नियुक्त गरी आफ्नो रानीतिक विरासत र नेपालबीच साइनो जोड्ने प्रयास पनि गरेका छन्।

 

सञ्जितालाई एसिया प्यासिफिक आइसल्यान्डका तर्फबाट राष्ट्रपतिको सल्लाहकार नियुक्त गरिएको हो। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नयाँ सल्लाहकारसँग काम गर्न आफू निकै उत्सुक भएको बताएर ओबामाले सञ्जिताको नियुक्तिलाई थप प्राथमिकता दिए। नेपाली मूलका कुनै पनि व्यक्तिले अमेरिकामा पाएको यो सबभन्दा उच्च तहको पद हो।

 

करिअरको सुरुआत तथा पृष्ठभूमि कम्प्युटरमा भए पनि सञ्जिता सामाजिक कार्यमा बढी सक्रिय रहँदै आएकी थिइन्। सञ्जिता सन् २०१३ देखि आयोबास्थित एसिया प्यासिफिक आइसल्यान्डर अफेयर्सअन्तर्गत मानवअधिकार प्रमुखका रूपमा कार्यरत थिइन्।

 

सुनसरीको धरानस्थित जनपथकी सञ्जिता प्रधानले विजयपुर उच्च माविबाट २०४७ सालमा एसएलसी पास गरेकी हुन्। भारतको इन्डिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा समेत अध्ययन गरी अमेरिका पुगेकी उनी अमेरिकामा शरणार्थी व्यवस्थापन तथा सामाजिक काममा पनि सक्रिय थिइन्।
पछिल्लो समय आयोबा राज्यमा बस्दै आएकी सञ्जिता सन् २०१० देखि २०१३ सम्म क्याथोलिक च्यारिटी अफ देष मोनेस, लोवाको रिसेटलमेन्ट प्रमुख थिइन्। त्यसअघि पहिला लोवा रेफ्युजी कर्पोरेटमा ईम्प्लोयमेन्ट कोअर्डिनेटरका रूपमा काम गर्थिन्।

 

सन् २००७ देखि २००८ सम्म प्रिन्सिपल फाइनान्स ग्रुपको मार्केटिङ कोअर्डिनेटरका रूपमा काम गरेकी उनले एडभाइजरी बोर्ड फर इथिनिक माइनोरिटी बर्मा एड्भोकेसी एन्ड रिसोर्स सेन्टरमा काम गरिसकेकी छन्। -अन्नपूर्ण

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...