Advertisement
SKIP THIS

कोरियाको चिसोमा सोनसिकको शैक्षिक गोष्ठी


 

केहिदिन अघि त्रिभुवन विश्वविध्यालयको बयालिसौँ दीक्षान्त समारोह भब्यताका साथ सम्पन्न भयो । दीक्षित सबैजना उल्लासका साथ आफु दीक्षित भएको कुरा फेसबुक, टुइटर लगायतका सामजिक सन्जालमा पोस्ट्याईरहेका थिए । सगँसगैँ केही ब्लगरहरुले दीक्षित पछिको अन्यौलता पनि ब्लग्गिङ गर्न भ्याए ।
हुन त त्रिविको दीक्षान्त समारोह बासी भात हसुरे जस्तै हो । त्रिविको शैक्षिक प्रणाली नै त्यस्तै छ । परीक्षा हुन्छ । परीक्षाफल प्रकाशित हुन्छ । विध्यार्थीहरु उत्तीर्ण हुन्छन् । पास भएको एक वर्ष पछि बल्ल उक्त विध्यार्थीका लागि दीक्षान्त समारोह आउँछ । धेरैले त बिर्सिसकेका हुन्छन् । धेरैले पत्तो पाउदैनन् । अधिकांश त प्रोभिजनल सर्टिफिकेटकै भरमा विदेशिसकेका हुन्छन् ।
त्रिविको दीक्षान्त समारोह जहिले भएपनी हाम्रो देशको सन्दर्भमा र हामी जस्ता विध्यार्थीहरुले परीक्षाफल प्रकाशित भएर उत्तीर्ण भएकै दिनलाई दीक्षान्त समारोह मान्दछौँ । त्यसैदिन पश्चात धेरै कुराका लागि योग्य ठहरिन्छौ । त्यसपछि धेरै ढोकाहरु खुल्छन् । अनि अघि बढ्ने बाटो पहिल्याउन थाल्छौँ ।
त्रिविको दीक्षान्तको विषयमा धेरै बखेडा निकाल्नु भन्दा पनि महत्वपूर्ण विषय वर्षेनी आ(आफ्नो  अध्ययन सम्पन्न गर्ने व्यक्तिहरु के गर्छन् भन्ने कुरा गम्भिर हो ।
व्यक्तिगत अनुभव र केही तथ्याङ्कगत आधारमा भन्नुपर्दा वर्तमान सेशनका हाम्रा पुस्ताहरु बढी विदेशीने फेशन मै लागीपरेका छन् । अध्ययन पश्चात हामी विदेशीन यसरी हतारिन्छौँ मानौँ युगौँ देखी कालकोठरीमा निसासिएर मर्न लाग्या छौँ । त्यहिभएर आफ्नै रारा तालको हावा बिर्सेर समुन्द्र तटमा चैनको श्वास फेर्छौ ।
समाज विकासको कसि समाजशास्त्र निर्देशित हुन्छ । देशको राज्य प्रणाली राजनीतिशास्त्रको अस्त्रमा निर्भर रहन्छ । त्यसैअनुरुप देश विकासको मेरोदण्ड विज्ञानशास्त्रको करङ्मा निहित रहन्छ । तर अफसोच विज्ञानाचार्य हुनुभएका साथिहरुले आफ्ना आचार्यकला देखाउन ठोस स्थान नपाउँदा दुरको भुगोलमा गएर सघंर्षरत हुनु परेको छ ।
म पनि त्यहि स्थान अभाव र अधेरी बाटो हिड्दा हिड्दा आजित भएर हौसिए उज्यालो संसार कोरियाको गुनगान गाउन । अन्य देशको सवाल त गुनगुनाउन सक्दिन । अनुभव पनि छैन । तर विगत दुई वर्ष देखि कोरियाको चिसोमा आफु बरफ हुदै गएको अनुभव पस्किनु पर्दा चाहिँ भुतै सवार हुन्छ ।
कोरिया भिन्न छ । अन्य देशको भन्दा भिन्न वातावरण छ । अझ नेपाली विध्यार्थीहरुको समाज भिन्न छ । हजार छेउछाउ संख्यामा रहेका नेपाली विध्यार्थी र सय पुगनपुग नेपाली प्राज्ञिक व्यक्तिहरुको सानिध्यमा कोरियाको अध्ययन अनेकन अप्ठ्याराका बाबजुद् बस्दै, पढ्दै जादाँ रमाईलो लाग्न थाल्छ ।
यहाँ नेपालीहरु माझ सबैको सबैलाई वास्ता रहन्छ । कसैलाई केही पर्दा सहयोगका निम्ति अग्रजहरु हुनुन्छ । सबैको सेयरिङ र केयरिङ मिसिएको पाईन्छ । र त पृथक समाजको काडेँ दलदलमा हामफाले पनि हाम्रो अध्ययन सहज भईरहेको छ ।
अधिकांशले एकाअर्कालाई चिन्छन् यहाँ । अन्य देशको भन्दा कोरियाको भुगोल सानो भएर पनि होला हामी विध्यार्थीहरु एक अर्कालाई नचिन्ने कमै हुन्छौँ । सउल देखी बुशानको सम्बन्ध होस या छुन्छन् देखी खुवान्जु । जो जहाँ अध्ययनमा रहनु भएपनि कोरियामा हामी एक परिवार भएर बसेका छौँ ।
यस सौहार्दता र प्रगाढ सहयोगका लागि पारिवारीक साङ्लोमा सबैलाई बाध्न यहाँ स्थित अग्रजहरुले स्थापना गर्नु भएको नेपाली विध्यार्थी समाज, दक्षिण कोरिया ९सोनसिक० को पनि अहम भूमिका रहेको पाईन्छ । वर्षौ देखी एउटै छानोमा सबैको वेदना अटाउन र प्रगतिको गाथा गुथ्न सफल हुदै आईरेहेको छ सोनसिक ।
सबै नेपाली विध्यार्थीहरुलाई एक ढिक्का राख्न र कोरियाको हाम्रो जीवन सहज बनाउन सोनसिकले विविध कार्यक्रमहरु गर्दै आईरहेको छ । यसै सन्दर्भमा सोनसिकको शैक्षिक गोष्ठी सबै कार्यक्रमहरु मध्येको एक विशेष र महत्वपूर्ण कार्यक्रम मानिन्छ । यस ब्लगमा सोनसिकले गर्न लागेको शैक्षिक गोष्ठी सम्बन्धि केही प्रसगंहरू पस्किने जमर्को गरिएको छ ।
सोनसिकको पाँचौ शैक्षिक गोष्ठी यही आउँदो जनवरी १४(१५ मा खुवान्जु स्थित छोसुन विश्वविध्यालयमा हुदैछ । “विज्ञान, ईन्जिनियरिङ र प्रविधि” मुल मन्त्र बोकेको यसपालीको शैक्षिक गोष्ठीमा अनुसन्धानात्मक जर्नल लेखन विषयक वर्कशप, विविध विषयमा विज्ञहरुको मौखिक प्रेजेन्टेशन तथा पोष्टर प्रेजेन्टेशन मुख्य आकर्षण रहेकाछन् ।
त्यस्तै यसपालीको शैक्षिक गोष्ठीको अर्को मुख्य केन्द्र हो जापानका नेपाली प्राध्यापक डा। हरि प्रसाद देवकोटाको( “औषधीय वनस्पतिमा जापानी शिक्षा र अनुसन्धानको भूमिका तथा नेपाल स्थित यसका नविनतम प्रवर्द्धन” विषयक प्रस्तुती ।
कार्यक्रमको ढाचाँ हेर्दा आमन्त्रित मौखिक प्रस्तुतीकरणलाई दुई भागमा छुट्याईएको छ । प्रथम “आधारभुत तथा चिकित्सक विज्ञान अनुसन्धान” शिर्षकीय भागमा रहेर तीनजना विज्ञहरुको प्रेजेन्टेशन र दोस्रो “ईन्जिनियरिङ र प्रविधि अनुसन्धान” शिर्षकीय भागमा रहेर अर्का तीनजना  विज्ञहरुको ओजपूर्ण प्रस्तुतीकरण ।
शैक्षिक गोष्ठीमा हुने डा। विनोद लुईटेलको “बागवानी तथा औद्योगिक वाली” विषयक प्रस्तुतीकरणले नेपालमा यस्ता वालीको प्रयोग र यस्ता विधिहरु अपनाउने बारे सबैलाई गहन कुरा सिकाउने छ । त्यस्तै विध्यावारिधि सोधकर्ता विमला शर्माको “आत्महत्या” सम्बन्धि संवेदनशील प्रेजेन्टेशनले अवश्य नै बढ्दो आत्महत्या रोकथामको लागि केही अचुक तौरतरिका बारे छलफल हुनेछ । अर्का विध्यावारिधि सोधकर्ता कन्चन मिश्रको ूनेनो प्रविधिू सम्बन्धि प्रस्तुतीकरणबाट नेपालमा यस्ता नविनतम प्रविधिको उपयोग सम्भवयता बारे पक्कै केहि ठोस वर्णनहरु निस्कनेछन् ।
कोरियामा ईन्जिनियरिङ र प्रविधि क्षेत्रमा अध्ययन गर्ने नेपालीहरु पनि थुप्रै हुनुन्छ । मौखिक प्रस्तुतीकरणको दोस्रो अध्यायमा ईन्जिनियरिङ र प्रविधि क्षेत्रका उपयोगी ज्ञानमुलक प्रेजेन्टेशनहरु रहेका छन् ।
सुवन विश्वविध्यालयका प्राध्यापक सिद्धार्थ विक्रम पण्डेको ूवायोमेकानिक्सू, डा। रमेश कुमार लामाको ूविग डाटा फर डेभ्लोपिङ कन्ट्रिजू, र डा। विनायक भण्डारीको ूविल्डिङ ट्रान्स(हिमालयन रेलरोडू विषयक प्रस्तुतीकरणले ईन्जिनियरिङ र प्रविधि क्षेत्रको थुप्रै पाटोहरु उजागर गर्ने छ । जसले यस्ता थुप्रै प्रविधिहरु नेपालमा कसरी उपयोग गर्ने बारे एउटा मार्गचित्रको स्केच तान्न टेवा पुग्छ ।
त्यस्तै ३० वटा साधारण र दश वटा आमन्त्रित पोष्टरहरुमा उल्लेख हुने अनुसन्धानात्मक जानकारीहरुले कार्यक्रम स्थलका भित्ताहरु पोष्टिदाँ गोष्ठीको रौनक नै भिन्नै देखिने छ। अझ आयोजक कमिटिको पाँचवटा वेस्ट पोस्टर अवार्ड घोषणा गर्ने निर्णयले सुनमा सुगन्ध थपेको छ । यसबाट आफैलाई वैज्ञानिक जगतमा प्रस्फुटन गर्न चाहने थुप्रै अनुसन्धानकर्ताहरुलाई थप उर्जा पनि प्राप्त हुनेछ ।
सरसर्ती कार्यक्रमको रुपरेखा नियाल्दा सोनसिकको पाँचौ शैक्षिक गोष्ठी हामी जस्ता कोरियामा अध्ययनरत व्यक्तिको लागि निकै नै उपयोगी देखिन्छ । विज्ञानका धेरै क्षेत्रका नेपाली विज्ञहरुलाई एउटै चौतारीमा भेट्न पाउदाँ सहभागीहरु सबैले पक्कै फलदायी महशुस गर्नेछन् ।
साथसाथै यदि अध्ययन पश्चात नेपाल र कोरियाको रोजगारी सम्बन्धी एक, दुई वटा थप अग्रजहरुको अनुभवयुक्त प्रेजेन्टेशन सुन्न र मनन गर्न पाउने अवसर जुट्ने हो भने कोरियाको चिसोमा शैक्षिक गोष्ठीमा सहभागी भईरहदा थप न्यानोपना महशुस हुने थियो ।
दिवेश झाको संयोजकत्वमा हुन गईरहेको सोनसिकको पाँचौ शैक्षिक गोष्ठीमा डा। भुषण श्रेष्ठको अध्यक्षतामा गठित वैज्ञानिक समिति र आराजना श्रेष्ठको अध्यक्षतामा गठित आयोजक समितिहरुको अथक मिहिनेतले पक्कै पनि यो कार्यक्रम व्यवस्थित ढङ्गले सम्पन्न हुने छ । र धेरै भन्दा धेरै अनुसन्धानकर्ताहरुको सहभागिताले निश्चित रुपमै गोष्ठीको सार्थकता पुष्ठी गर्ने छ । कोरियाको चिसोमा सोनसिकको पाँचौ शैक्षिक गोष्ठीको सफलताको लागि कोरिया स्थित हामी सबै विध्यार्थी लगयात अनुसन्धाकर्ताहरुको तर्फबाट हार्दिक शुभकामना ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...