Advertisement
SKIP THIS

सल्नालमा गरिने सुम्निमा सांगीतिक सौगातको कलाकारको नाम सार्वजनिक


सौल,

किराँत राई यायोक्खा दक्षिण कोरियाले सलनालको दोस्रो दिन जनवरी २८ तारिक गरिने सुम्निमा सांगीतिक सौगात भाग(३ सांस्कृतिक कार्यक्रमको पोष्टर गत आईतबार तुङ्गदेमुनमा आयोजित पत्रकार भेटघाटमा सार्बजनिक गरेको छ।

किराँत राई यायोक्खा दक्षिण कोरियाले “दीर्घकालीन तथा ब्यवस्थित सुम्निमा घर (सेल्टर) निर्माण सहयोगार्थ” कोरियाली नयाँ बर्ष सलनालको उपलक्ष्यमा नेपालबाट चर्चित कलाकारहरु झिकाई सलनालको दोस्रो दिन अर्थात जनवरी २८ मा बृहत् सुम्निमा सांगीतिक सौगात भाग(३ कार्यक्रम गर्ने भएको हो।

कोरियामा नेपाली कामदारको संख्या दिनानुदिन बढ्दो सँगै बिभिन्न समस्याहरु पनि बढिरहको छ बिशेष त कम्पनी परिबर्तनको बेला बसको अशुबिधालाई मध्य नजर गर्दै बिरामी र महिलाको लागि छुट्टा(छुट्टै कोठा भएको ब्यवस्थित सुम्निमा घर (सेल्टर) निर्माणको लागि सहयोगार्थ उक्त कार्यक्रम गर्न लागेको कार्यक्रमको संयोजक लोचन राईले जानकारी दिनु भयो ।

कोरियामा सेल्टरहरु धेरै भए पनि बिरामी र महिलाको लागि छुट्टै ब्यबस्थित र सुबिधाजनक सेल्टर कम भएकोले यस्तो सेल्टरको निर्माण गर्न लागेको उहाँले थप्नुभयो । किराँती संस्कृति सम्वन्धीको कलाकृति, भेष भूषा र बाजागाजाहरु पनि सँगै राखिने भएको हुँदा सुम्निमा घरको नामकरण गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

उक्त कार्यक्रमका दर्शकहरुलाई भर पुर मनोरञ्जन दिन नेपालका चर्चित तथा नव प्रतिभाका कलाकारहरु आउने भएका छन । जसमा अहिलेका बहु चर्चित भर्सलटाईल गायकका उपाधी पाएका राजेश पायल राई, स्वीट भोईस मिलान आमात्य, चर्चित लोक गायिका तथा उदघोषिका कोमल ओली, चर्चित हाँस्य कलाकार राजा राजेन्द्र पोखरेल, दोहोरी गायिका प्रीति आले मगर, चर्चित डान्सर तथा मोडेल रंजीता लिम्बु, चर्चित गायिका कला राई, र अन्य नव प्रतिभाका कलाकारहरु मीना राई, भीम लिम्बु, राजेशराई रहेका छन।
कोरियामा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधि, मजदुर, बिद्यार्थी, पत्रकार, ब्यापारी बुद्दिजीबी, महिला लगायत बिभिन्न पेशागत नेपालीहरु उपस्थित भई कार्यक्रमलाई सभ्य तथा भब्य बनाई दिन संस्थाका अध्यक्षले हार्दिक अनुरोध गर्नु भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...