कोरिया कहर


 

नयाँ कम्पनीमा आएको दुई हप्ता मात्रै भयो । ज्यान दुखेर हैरान छु । काम त सजिलै देखिन्छ । त्यही देखिनेले झुक्यायो ।

साना साना डम्बा छन् । त्यसलाई मिलाएर अलि ठूलो कार्टुनमा हाल्नु र टेप लगाएर बेल्डमा गुडाउनु । बस त्यति हो मैले गर्नु पर्ने । काम कन्फर्म गर्नु पहिले हेर्दा सजिलै देखेरै म आउँछु हुन्छ भनेको हुँ । पहिलेको कम्पनीमा प्लास्टिकको सामान बन्थ्यो । ठूलो भाँडामा प्लास्टिकका भाँडा बन्ने दाना हालिन्थ्यो । बजारबाट जस्तो खालको प्लास्टिक भाँडा डिमान्ड आयो । त्यस्तै डिजाइनमा बन्थ्यो ।  काम त त्यो पनि गाह्रो होइन । तर तातो हुने । बाहिर फुस फुस हिउँ पर्दा पनि आफू भने पुरै पसिनाले भिज्नु पर्ने ।

जोखिम पनि थियो । भाँडाको आकार बन्नका लागि प्लास्टिकका दाना दुई सय डिग्रिमा पगालिन्थ्यो ।  पगालिएको प्लास्टिक दाना पुरै झोल हुने । कतै झुक्किएर ज्यानमा परे के हुन्थ्यो भन्नै परेन । दुई बर्ष अघि एउटा भियतनामी काम गर्दा गर्दै चिप्लेर लड्दा हात टेक्यो रे । अनि हात डढे पछि कम्पनीले निकाल्देको रे । पहिले देखि काम गर्दै आएका फिलेहरु अंग्रजीमा कुरा सुनाउथे ।

एक बर्ष त बस्छु भनेर जोड गरेँ । थेजिकम आउँथ्यो नी । तर गर्मी मौसम लागे पछि मेसिनको तातो र बाहिरको तातोले मर्नु भयो । काम गर्दा जति पानी खाए पनि जिउबाट पसिना भएर जान्थ्यो । पिसाब त आउँदै नआउने । पन्ध्र दिन कन्टिन्यु काम गरे पछि बिरामी नै परेँ । नेपालमा हुँदा एक लाख रुपैया महिनाको पाए त जस्तो काम पनि गर्छु भन्ने मेरो आत्मविस्वास फेल खायो । अनि थेजिकम सेजिकम हान गोली भनेर मैले एक दिन डराउदै डराउँदै साहुलाई मलाई यता काम गर्दा सन्चो भएन कृपा गरेर लेटर दिनुस न भने ।

लेटर दिनु भनेको साहुले कलेजो दिनु भनेको सुनेछ कि क्या हो चिम्से आँखा झन्डै बाहिर निस्किने गरि हेर्यो । त्यसपछि ग्लानी, रिस र खै केले हो मेरो टाउको निहुँरिएको निहुरिएकै भयो । शायद एक लाखको बिटोले थिचेको होला कि ? बिचरा म, साहुका लागि कामदार भन्दा अरु केही थिइन फगत एउटा भाडाको मान्छे ।

शरीरमा शक्ति त थिएन नै भएको अलि अलिको जाँगर पनि मरेर गयो । जतिखेर पनि साहुले आँखा तरेको मात्रै मनमा आए पछि बिरामी झन् बढ्यो । शायद फ्रस्टेशनले पनि काम गर्यो होला । घरबाट फोन आउँथ्यो । म काम तिरै छु भन्दिन्थेँ । महिना मरे पछि पैसाका कुरा गरे । मैले हुँन्डिको रेट बढेको छ । अघि घटे पछि पठाउँला भनेँ ।

बिचारा घरका मान्छेलाई छोराले रुपैया छापेको छापेकै छ भन्ने लागेको हुँदो हो । म पनि नेपाल तिर हुँदा त्यस्तै सम्झन्थे । बिदेश पुगेका पैसाका रुखैमा चढ्छन् । गाउँ घरमा डालेघाँस झारे जस्तै भकाभक झार्छन् । अनि घर फर्कन्छन् ।
झन्डै दुई महिना ओछ्यान सुतेको सुतेकै गरिदिएँ । पहिले पहिले त बिरामी भएरै सुतेकोथेँ । पछि त तन ठीक थियो मन बिरामी भो । कम्पनीमा काम गर्ने अरु दुई जना नेपाली थिए । ती साथी मलाई हेरेर चिन्ता गर्थे । भन्थे बिदेश हो भाइ अलि अलि दुःख त सहनु पर्यो नी । नत्र कसरी पैसा कमाइन्छ त ?

तिनका कुरा बेठीक थिएनन् । मेरो मन मात्र बेठीक थियो । मलाई लाग्यो यो कम्पनी छाड्न पाए तातोले सातो जान लागेको म बाँच्छु । अनि अर्को कम्पनीको काम हेरेर सजिलो काम मात्र भएको छान्न पाउँछु ।
म दुब्लाएर मरन्च्यासे भएँ । हावाको एक झोक्का आयो भने पनि उडाएर लैजाला जस्तो । पचहत्तर किलोको म एक्कासी पचपन्न किलोको भएँ । खाने कुरा खानै मन नलाग्ने । जे हेरे पनि वाक्क लाग्ने । साथीहरु बिहानै उठ्थे । खाने कुरा पकाउँथे । अनि काममा जान्थे । भात खाने समयमा ती आउँथे । मलाई पनि भाग लाउँथे । म कहिले खान्थे कहिले खान्नथेँ । धन्न यी साथी थिए र पो ।

साथीहरुले महिना महिनामा हिसाब सुनाउँथे । तेरो भागमा यति पर्यो । म टाउको हल्लाउँथे । हुन्छ तिरौला भन्ने भाबमा । कोठाको पैसा तिर्न पर्दैनथ्यो । कम्पनीले नै बस्नेको ब्यबस्था गरेको थियो । खासै खर्च के हुन्थ्यो र ? बाहिर घुम्न जाँदैनथेँ । म काठमाडौ हुँदा एक घन्टा फुर्सत हुँदा पनि साथीभाइसँग चियागफ नगरि नहुने थियो । दुई महिना एउटै कोठामा बस्न सक्छु भनेर सोचेको पनि थिइन ।

सबै सोचेको जस्तो कहाँ हुन्छ र ? बल्ल लेटर पाएँ । अर्को कम्पनीको लागि अबसर । नोदोम्बो गएँ । सउल नजिक जता भए पनि हुने गरि कम्पनी खोजेँ ।

यो कम्पनीमा नेपाली धेरै छन् । काम सजिलै लागेकोथ्यो । अहिले गाह्रो भाको छ । अर्को महिना घर तिर पैसा पठाउनु छ । त्यही भएर यस्ता ढाड र अप्ठ्यारा मतलब नगरि खट्नु छ । निरन्तर । यस्तै त हो कोरिया । जता पनि पेलिनु ।

[email protected]

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...