Advertisement
SKIP THIS

नेपाल मुक्तक प्रतिष्ठानमा संतोष अम्गाई चयन


सोल ,कोरिया-नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाले मुक्तक मञ्जरी विमोचन गरेको छ ।दक्षिण कोरियाको राजधानी सोलबाट करिब ३ घण्टाको दुरीमा पर्ने थेगुस्थित दुर्गा रेष्टुरेण्टमा आईतबार कवि रमेश शायन,नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका सचिव ऐश्वर्य श्रेष्ठ,प्राध्यापक रोशनशर्मा पौंडेल,गंगा पौंडेल र चन्द्र लामा अनुरागले संयुक्तरुपमा विमोचन गरेका हुन् ।पुस्तकमा कोरियामा कार्यरत ४७ जना मुक्तककारको मुक्तक संग्रहित छन् ।

पुस्तकको विमोचनपछि कवि शायनले मुक्तक आफुलाई सबैं भन्दा बढी मन पर्ने विधा रहेपनि लेख्न भने नसकेको बताए ।उनले भने ‘मुक्तक चोटिलो हुनुपर्छ गोजीमा राखिएको हात स्वत निक्लिएर पररर ताली बज्नुपर्छ ।’

त्यसैंगरी पत्रकार ऐश्वर्य श्रेष्ठले दक्षिण कोरियामा पछिल्लो समय साहित्यिक माहोल बाक्लिदैं गएकोले आगामी दिनमा यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुपर्ने बताए ।साथैं प्राध्यापक रोशनशर्मा पौंडेल,चन्द्र लामा,गंगा पौंडेलले पुस्तकमा संग्रहित रचनाका श्रष्टालाई बधाइ तथा शुभकामना दिएका थिए ।

प्रतिष्ठानले नयां कार्यसमिति समेत गठन गरेको छ । जसमा अध्यक्षमा संतोष अम्गाई चयन भएका छन् । उपाध्यक्षमा सञ्जय घिमिरे, सचिव सरोज सर्बहारा, सहसचिव समीर कार्की, कोषाध्यक्षमा विष्णु वाग्ले चयन भएका छन् । सदस्यहरुमा निकुञ्ज तिवारी, मणी भुषाल, कुमार गौतम, सुर्य न्यैपाने, महेन्द्र केसी, कमल परियार, मिलन थापा र नारायण भुषाल रहेका छन् ।  सल्लाहकारमा धरती कल्पना, गंगा पौडेल र अज्ञात पाल्पाली रहेका छन् ।

कार्यक्रममा आधा दर्जन बढी श्रष्टाले आ आफनो रचना समेत वाचन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...