Advertisement
SKIP THIS

कोरियामा महाकवि जयन्तीमा अनेसासद्धारा दुई साहित्यकारलाई विशिष्ट सम्मान


सोल
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरियाले महाकवि लक्ष्मी प्रसाद देवकोटाको कृति र व्यक्तित्वको चर्चा साथै स्रस्टा सम्मान गरेको छ ।
१०८ औं देवकोटा जयन्तीको अवसरमा आइतबार गरिएको कार्यक्रममा साहित्यकार निर्मोही व्यास र कोरियन कवि किम ह्यङ ह्योलाई अनेसासले विशिष्ट सम्मान गरेको छ । २०१७ सालदेखि लेखन यात्रा थालेका व्यासले कविता–काव्य ,आख्यान, यात्रासाहित्य, संस्मरण, समालोचना गरी दर्जन बढी पुस्तकहरु प्रकाशित छन् । साथै उनका विभिन्नपत्रपत्रिकामा लेख, समालोचना, कविता, गीत, कथा, निबन्ध, संस्मरण र नियात्रा गरी ३०० बढी फुटकर रचनाहरू प्रकाशित छन् ।

कार्यक्रममा नेपाली नाम सगरमाथा गुरुङबाट परिचित कोरियन कवि किम ह्यङ ह्योलाई विशिष्ट सम्मान गरिएको थियो । कवि किमका नेपाली भाषामा अनुवादित “आकाशे समुन्द्रको गीत” नामक कविता संग्रह प्रकाशित छन भने बाल कथाका तीन पुस्तक प्रकाशित छन् । जसमा “मुना मदनको आकाश “नेपाली, अंग्रेजी र कोरियन भाषामा प्रकाशित छन भने “बाटो हिँड्ने बटुवाहरु ” नेपाली र अंग्रेजी भाषामा त्यस्तै   “खुशी मानिस” बाल कथा  नेपाली र कोरियन भाषामा  प्रकाशित छन् । उनले महाकवि देवकोटाको  “यात्री ” र  “वन”  कविता कोरियन भाषामा अनुवाद गरि प्रकाशित गरेका छन ।

रचनाकार सुर्य खत्री घायल पनि सम्मानित भएको कार्यक्रममा साहित्यकर्मीहरुले महाकविको कृति स्मरण तथा उनका लेखन शैलीबारे चर्चा गरे । साहित्य अनुरागीहरुको जमघट भएको कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरियाका महासचिव प्रमोद सारंगले देवकोटाको लेखाईको धाराप्रवाह विशिष्ट रहेको बताए । अर्का साहित्यकर्मी बलदेव भट्टराईले साहित्यमा झ्याउरे लय र स्वच्छन्दतावादी धार देवकोटाले भित्राएको स्मरण गरे ।

कार्यक्रममा प्रमोद सारंग, कोरियन कवि किम ह्यङ ह्यो, बलदेव भट्टराई ,सुर्य खत्री घायल,गंगा बस्नेत अमृत गिरि र बिनोद साबुदले आफ्ना रचना बाचन गरे । गजलकार जितेन्द्र बानियाको गुरासहरु बिदेशिए उन्यु फुलेकोछ बानेश्वरमा , राज्य चाहनेहरु लिन जाउ पसल खुलेको छ बानेश्वरमा गजलले धेरैको ध्यान खिचेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ओन्याङ ओन्छनमा तेश्रो ‘छुङ्नाम सिनियर जुनियर पूल प्रतियोगिता’ आयोजना हुने
  • पहिलो सांगितिक कार्यक्रमका लागि कुमा सागर एण्ड द ख्वप: व्याण्ड कोरिया अवतरण
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...