प्रिय भुईचालो (कविता)
प्रेम सि एन-
प्रिया भुईचालो
तिमीलाई बिदाइ गर्न निकैं गाह्रो भैंरहेछ
हेर त
तिम्रो आगमनले
सारा मौंसम रोमाञ्चित भैंरहेको छ
यस्तो लाग्छ
हावा हुरी बतास पनि सबैं तिमैं पक्षमा छन्
थाहा छ ?
अनिदो रात बोकेर
राहतको पालभित्र
वृद्ध ,बालक सबैं तिम्रो कारण जागीरहेछ
चिउरा र चाउचाउका पाकेटसंगैं
रित्तिसकेका पानीका बोतलहरु लगेर
प्रिय भुंइचालो
तिमी कहिले जान्छौं ? माथि भन न
(कवि चियर्स नेपालका अध्यक्ष हुनुहुन्छ ।)