Advertisement
SKIP THIS

अनेसास कोरियाले देवकोटा जयन्ती मनाउदै


सौल, कोरिया,
कार्तिक १६
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरको आयोजनामा आउँदो कार्तिक २१ गते (नोभेमबर ६ तारिख्) आईतवार महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्म जयन्ती मनाइने भएको छ । नेपाली भाषासाहित्यमा रूमानी प्रवृत्तिलेखनका श्रीगणेश गर्नु हुने देवकोटाको जीवनी ,कृतित्व , कवित्व लगायत सामाजिक बिषयमा दिनुभएको योगदानहरुका वारेमा साहित्यकार हरु सुर्य खत्री ‘घायल’,प्रमोद सारंग,क्रीस गुल्मेली बाबु र बलदेव भट्टराइ आदिले चर्चा गर्नु हुनेछ ।
ब्यापक र व्यबस्थित साहित्यिक भेला गर्ने हेतुले कार्यक्रममा कोरियाम छरिएर रहनु भएका साहित्यनुरागीहरुका रचनाहरुसमेत प्रस्तुति गरिने भएको छ । रचना वाचन कार्यक्रमपछि अर्को आकर्षण अनेसास कोरिया विशिष्ट सम्मान हुनेछ । नेपाली नियात्रासाहित्य,संस्मरण र कविता-काव्य विधामा पाँचदशक देखि समर्पित रही आफ्ना अमुल्य सिर्जनाहरुको माध्यमबाट नेपाली भाषा- साहित्यको उन्नयन र विकासमा उच्च योगदान पुर्याउनु हुने साहित्यकार निर्मोही व्यास तथा कोरियन र नेपाली कविता- काव्य र दुबै भाषा -साहित्यको निरन्तर विकास, विस्तार र अन्तर्राष्ट्रियकरण गर्दै अतुलनीय योगदानको कदरस्वरुप कोरियन स्रष्टा किम यङहोलाई देवकोटा जयन्तीको अवसरमा अनेसास कोरिया विशिष्ट सम्मान अर्पण गरिने भएकोछ ।
सोही समारोहमा अनेसास कोरियामा सदा समर्पित रहेर आफ्नो उपाध्यक्ष पद्को कार्यकाल पुरा गर्नु भएका साहित्यकार सुर्य खत्री ‘घायल’ को विदाइ कार्यक्रम रहेको अनेसास कोरियाले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...