दोङदेमुनमा कोरियन र नेपाली कविको फ्युजन
निश्चल काउचा
सोल – कोरियाको १२ / १४ घन्टे काम रात दिन नभनी काम गर्नु पर्ने बाध्यता हप्ताको एकदिन बिदा त्यहि बिदालाई सदुपयोग गर्दै मे २४ तारिखको दिन कोरियाको राजधानी सोलस्थित दोङदेमुनमा नेपाली र कोरियन कविहरुको भावनामा फ्युजन देखियो | डीआर ईन्टरनेशनलको समारोह हलमा कविता सून्ने सुनाउनहरुको लर्को उत्तिकै थियो | यो साईत नेपाली साहित्य समाज दक्षिण कोरियाले जुराई दिएको थियो | समाजले आफ्नो चौथो बार्षिकीको उपलक्ष्यमा स्मारिका प्रकाशन गरेर बिमोचन गर्दै थियो | स्मारिका कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामाको बाहुलीवाट विमोचित भए पछि कोरियन कवि मंचमा झुल्किए र नेपालमा गएको विनाशकारी भुकम्पको प्रतिध्वनि स्वरुप गुन्जिए |
माछापुच्छ्रे माथिका ताराहरु
फेवाताललाई टन्न भर्दै रोईरहेछन ……
उसै गरी नेपाली कवि रमेश सायेन मंच उभिएर
आमालाइ एकलै छाडेर किन हिँडेँ
ईश्वरलाइ किन टेरिनँ
धर्म किन मानिनँ
घर फर्केर किन जिन्दगी सम्हालिनँ ?
दिमाग उम्लियो
वाफ बनेन ………
सुनाउदा दर्शक दीर्घामा सन्नटा छायो र केहीका आँखा टिलपिल गर्दै थियो | उसो त अर्का कोरियन कवि मुन येजिनले गत वर्ष अप्रिल १७ मा ४७७ जना चढेको सेवल नामक पानीजहाज दुर्घटना हुदा ज्यान गुमाउने ३०४ यात्रीको सम्झनामा सुनाए
ऐया ऐयाको स्वर ओकल्दै छ
समुन्द्रलाई पनि भिजाउने आँसु जस्तै
सुनाउदा उपस्थित कोरियनहरु निकै भावुक देखिए | उसै गरी कविता सुनाउने क्रमलाई निरन्तरता दिए कोरियन कविहरु किम ह्यङ ह्यो , मुन छाङगील , किम ई ह्वा ,युन जुङमोक , किम ग्योसा , वाग जेउङ र नेपाली कविहरु प्रगति राई , प्रमोद सारंग , निश्चल काउचा , सयुद एकलव्य , मंजु रेग्मी , प्रविण राई , यज्ञमुर्ति पौडेल , अनिल शर्मा सुबेदी , केशव चापागाई , धनुजा राई . सुर्य खत्री ” घायल” ,बिदुर शर्मा , श्रीराम तमु , पूर्वेली गाउले , अगमसिंह विकराल , सजनी याक्सो , झबिन्द्र बेल्वासेले पनि|