Advertisement
SKIP THIS

दिन र रात शिफ्टमा काम गर्ने कामदारका लागि केही सुझाव


बर्षेनी नेपालबाट रोजगारीका लागि विदेशिने युवाहरुको संख्यामा वृद्धि भइरहेको छ । काम गर्न भनेर विदेशिएका कतिपय युवाहरुले आफुले रोजे जस्तो र खोजे जस्तो काम पाउदैनन् । घर छाडेर विदेशिए पछि जस्तो काम पनि गर्नुपर्ने हुन्छ । सामान्यतया हेर्ने हो भने बढी जसो कम्पनि हरुमा शिफ्टिंग अर्थात शिफ्टमा काम गर्नु पर्ने हुन्छ । एकै नासको समय नहुन सक्छ कहिल्यै दिनमा त कहिल्यै रातमा कम गर्नु पर्ने हुन्छ । अझ कुनै कुनैमा त २४ घण्टामा ३ वा ४ शिफ्टमा काम गर्नु पर्ने हुन्छ । तसर्थ यस्तो अवस्था मा विशेष आफ्नो दैनिकी र स्वास्थ्यलाइ ध्यान दिन नसके झन् दुख पाइने सम्भावना हुन्छ । यस्तो अवस्थामा धेरै मानिसहरुलाइ निन्द्राको समस्या पर्न सक्छ र निन्द्रा नपर्ने समस्या हुन् सक्छ। कसरि सुत्ने कति सुत्ने भन्ने कुरामा अलमल परेको हुन् सक्छ साथसाथै स्वास्थ्य मा पनि असर परेको हुन्छ । त्यसैले दिन रात शिफ्टमा काम गर्ने कामदारहरुको लागि केहि टिप्स हरु तल राखिएको छ :-

  • जुन शिफ्टमा काम भए पनि एउटा सुत्ने निस्चित समय बनाउने ।
  •  दुइ शिफ्ट वा सो भन्दा बढी शिफ्ट भएमा निरन्तर( clockwise)पर्ने शिफ्टमा काम गर्ने वातावरण बनाउने त्यसको लगत्तै आउने अर्को शिफ्टमा पर्ने  प्रयास गर्ने।
  •  लागु पदार्थबाट टाढा बस्ने नसालु पदार्थले केहि हदसम्म निद्रा लाग्न सक्छ तर त्यो छ्यनिक मात्र हुनेछ र पछीलाइ त्यसले स्वास्थ्यमा नराम्रो असर पर्छ।
  •  निन्द्रा लाग्ने औषधिहरु सकेसम्म प्रयोग नगरौ किन भने यसले निन्द्रा लाग्न मदत्त त गर्छ नै तर पछी बिउझिन गाह्रो हुन्छ।
  •  दिनमा कम्तिमा ७/८ घण्टा सुत्ने गरौ ।
  •  सुत्ने बेलामा कोठाको उज्यालो ख्याल गरौ कोठाको उज्यालोलाइ हल्का अध्यारो बनाउ जसले निदाउन सहज होस।
  •  एउटा राम्रो डिजिटल घडी प्रयोग गर्ने गरौ ।
  •  काम गरि सके पछी अनावश्यक कुरा नसोचिने गरि आफुलाइ व्यस्त राखेर प्रसस्त आराम गर्ने गरौ ।
  •  चिया कफी पिउने बानि छ भने २४ घण्टामा २ देखि ४ कप भन्दा बढी नपिउने किन भने यसले डीहाइद्रेशन हुन्छ र निन्द्रा लाग्दैन तर पछी यसले असर गर्छ ।
  •  सुतेर उठी सके पछी १-२ गिलास पानि पिउने जसले स्वस्थ रहन मदत गर्छ ।
  •  सुत्ने कोठामा हावाको अवस्था व्यवस्थापन गर्ने।
  •  सुत्नु भन्दा पहिले सकिन्छ भने कसैसंग फोनमा कुरा नगरौ।
  •  सरिर सक्रिय राख्न अलि हिड्ने गरौ ।
  • इनर्जी ड्रिंक सेवन गर्ने गरौ तर धेरै मात्रामा होइन किन कि यसले पनि निन्द्रामा प्रभाव पार्छ ।
  •  सुत्ने समयमा तरल पदार्थ बढी मात्रा मा सेवन नगरौ किन कि बेला बेला लाग्ने पिसाबने निन्द्रा हराउन सक्छ।
  •  सुत्नु भन्दा अगाडी धेरै खाना नखाउ स्वास्थ्यमा असर पर्न सक्छ ।
  •  पानिले शरिरको इम्युन प्रणालीलाइ बलियो बनाउछ काम गरि रहदा हाम्रो सरिरमा पानिको कमि हुन् सक्छ त्यसैले बढी पानि पिउने गरौ ।
  •  कामबाट आइसके पछी मनतातो पानिले नुहाउने गरौ यसले थकान कम महशुस हुन्छ र शरीरलाइ आराम भएको महशुस हुन्छ ,निन्द्रा लाग्न सहयोग गर्छ ।
  • कामबाट आए लगत्तै सुत्ने बानि त्यागौ ।

यसरी हामि आफै गर्न सक्ने कुराहरुमा सुधार ल्याउने हो भने र आफ्नो दैनिकीलाइ अलि परिवर्तन गर्ने हो भने सहज हुन्छ ।आफ्नो स्वास्थ्यको ख्याल गरेर कुनै पनि काम गर्ने गरौ स्वास्थ्य नै पहिलो धन हो।

youtube.com/watch?v=gGZK09Ax2_M

YouTube 동영상(night shift workers tips | शिफ्ट मा काम गर्ने कामदार ले ध्यान दिनु पर्ने कुरा हरु) 미리보기

night shift workers tips | शिफ्ट मा काम गर्ने कामदार ले ध्यान दिनु पर्ने कुरा हरु

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...