Advertisement
SKIP THIS

कोरियाको बिभिन्न शहरमा ‘छक्का पन्जा’ भब्य रुपमा प्रदर्शन हुदैं |


उच्च कमाइ गर्ने फिल्ममा रेकर्ड राखिरहेको ‘छक्का पञ्जा’ प्रदर्शनको छैठौं सातामा चलिरहँदा पनि ‘छक्का पञ्जा’ हेर्न आउने दर्शकको ओइरो नघटेपछि लक्ष्मीपूजाको दिन चलचित्रले प्रदर्शनको ५१ दिन पार गर्ने लगभग पक्कापक्की भएको छ । चलचित्रका निर्माता तथा अभिनेता दिपकराज गिरी यतिबेला राजधानीका सबै मल्टिप्लेक्समा ५१ दिने सफलता मनाउने तयारीमा जुटिसकेका छन् । भाद्र २४ बाट प्रर्दशन थालेको ‘छक्का पञ्जा’ को दबदबा बजारमा कायमै छ । चलचित्रले देशभित्रैबाट ४० दिनमा १३ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । जून कमाई नेपाली चलचित्र इतिहासकै सर्वाधिक हो । यसअघि ‘कोहीनूर’ ले दश करोड रुपैयाँको व्यापार गर्दै राखेको किर्तिमानलाई ‘छक्का पञ्जा’ ले तोडेको हो ।

chhaka-panja-jitu

दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल, बुद्धि तामाङ, वर्षा राउत लगायतको मुख्य भूमिका रहेको ‘छक्का पञ्जा’ ले फिल्म हेरुन्जेल दर्शक हँसाउछ । यसले गरिवीका कारण विदेशिन वाध्य आमनेपालीको अवस्था र विदेश गइसकेपछि भएको सामाजिक तथा पारिवारिक विचलन उजागर गरेको छ । यसअघि ‘छक्का पञ्जा’ फिल्म युनिटले बनाएका ‘छ एकान छ’ र ‘वडा नम्बर छ’ ले नेपाल , बेलायत र कोरियामा  पनि व्यवसायिक सफलता चुमेका थिए ।

विदेशमा समेत छक्का पन्जाको प्रदर्शन भब्य रुपमा सम्पन्न भएको छ|बेलायत को बिभिन्न शहरमा भव्यताका साथ यो चलचित्र चलिरहेको छ|त्यसै गरि कोरियामा पनि बहु प्रतिक्षारत  चलचित्र छ्क्का पन्जा गत अक्टोबर ९ को दिन दशैको अबशर पारेर जिन्जुमा भब्यताका साथ प्रदर्शन भएको थियो ।

त्यस्तै अन्य शहरहरुमा पनि धमाधम  प्रदर्शनको तयारिमा रहेको छ ।

✌✌२३ अक्टोबर मोक्पोमा अन्लाईन रेडियो गोर्खाली र नया सन्चार डट कमको संयुक्त आयोजनामा ॐ बहादुर कार्की सहयोगार्थ प्रदर्शन हुने ।

 

✌✌३० अक्टोबर जेजुदो

✌✌५ नोवेम्बर नेपाली एकता समाज गजेको आयोजनामा गजेदोमा प्रदर्शन हुने

✌✌६ नोभेम्बर छ्ङ्जुमा

✌✌१३ नोवेम्बर क्यन्सर पिडित बिरामी सहयोगार्थ बूसानमा  प्रदर्शन हुने

✌✌१३ नोवेम्बर राप्ती  समाजको आयोजनामा सौल मा प्रदर्शन हुने

chhakka-panja-poster

✌✌२० नोभेम्बर थेजनमा शेल्टर निर्माण सहयोगार्थ  प्रदर्शन हुने

 

साथै  थेगु  ,ख्वाङ्जु लगायत अन्य शहरहरुमा पनि चाडै प्रदर्शन मिती तय हुने कुरा कोरियाका लागि आधिकारिक वितरक राइजिङ स्टार ग्रुप कोरियाका अध्यक्ष सन्तोष कुमार राईले जानकारी गराएका छन् |

पशुपती प्रसाद,बिर बिक्रम जस्तो उत्कृष्ट चलचित्र भित्राएको राइजिङ स्टार ग्रुपले आफ्नो तेस्रो प्रस्तुति अन्तर्गत चलचित्र छ्क्का पन्जा भित्राएको छ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...