Advertisement
SKIP THIS

कोरियामा फेरी अर्को नेपालीले गरे आत्माहत्या


फोनिज कोरिया संवाददाता

सउल

दक्षिण कोरियामा एक व्यवसायी नेपालीले आत्माहत्या गरेको घाउ मेट्न नपाउदै फेरी अर्को नेपालीको आत्माहत्याको खबर आएको छ । सोमबार सउल नजिकै जोइ०गबन्दमा एक कृषी फार्ममा काम गर्दै आएका २७ वर्षिय नारायण पाण्डेले आत्माहत्या गरेको संगै काम गर्ने साथी चन्द्र राईले जानकारी दिनुभयो ।

विहान ५ बजे उठेर हेर्दा ओछ्यानमा नदेखेपछि खोज्दै जादा अर्को कोठामा घाटीमा विजुलीको तारको पासो लागई झुण्डिएको अवस्थामा भेटिएको संगै सुतेका साथी चन्द्र राईले बताउनुभयो । राईका अनुसार मृतकलाई मानसिक समस्या देखिएपछि अर्को महिना नेपाल जाने तय भइसकेको थियो । अहिले जाउ भन्दा मृतकले नै एक महिना काम गरेर जान्छु भनेका थिए ।

शुरुमा काम गर्न आउदा राम्रै रहेपनि विस्तारै सानो कुरामा पनि बढी मानसिक तनाब लिने र बढी नकरात्मक सोचाई राख्न थालेपछि साहुलाई भनेर चिकित्सकलाई समेत चाँच गरेको राईले बताउनुभयो । मृतकको समस्याबारे नेपालमा परिवारलाई खबर गरेता पनि पत्निले केही दिन काम गरेपछि नेपाल फर्के हुने भनिएको राईले थपे ।

गुल्मी ठूलो लुम्पेक ९ का मृतक पाण्डेका पत्नि र ३ वर्षका छोरी रहेका छन् । उनी कोरिया प्रवेश गरेको ३ महिना मात्र पुगेका थिए । घटनाबारे दूताबासलाई सामान्य जानकारी आएपनि आज विदाको दिन परेकाले प्रहरीबाट औपचारीक जानकारी नआएको श्रमसहचारी देवीराम ढकालले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • ‘भोटे’ शब्दको ऐतिहासिक यात्रा
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...