उज्यालोको खोजी
सन्सार गतिसिल छ । कुनै पनि पदार्थ स्थिर रहन सक्दैन। हामिले देखेका धेरै स्थिर पदार्थहरु पनि समयको लामो काल खन्डमा अस्थिर हुन जान्छन।हामीले पढी आएको इतिहासलाई नै आधार मान्ने हो भने यो पृथ्वी कुनै समय आगोको डल्लो थियोे र समय क्रममा यो आजको अबस्थामा छ।एउटा मानिस को छोटोे आयुमा याबत देखिएका अस्थिर पदार्थको गतिशीलतालाई बुझ्न नसकेतापनि समग्र समयलाई आधार मान्दा सन्सारको नियम गतिशील छ।आज हामीले देखि भोगिरहेको समय भोलि यहि स्थान र अबस्थाम रहिरहन सक्दैन ।
सन्सार नै गतिशील हुदा यसको अभिन्न गतिशिल प्राणी मानिस गतिशिल हुनु अस्वभाविक हैन। मानिस सधै नयाँ प्रयोग गर्न चाहन्छ।नयाँ अनुभव गर्न चाहन्छ। मानवीय स्वाभाब यति गतिशिल छ कि यो कुनै पनि समय एउटै अबस्थामा रहिरहन सक्दैन। यो नयाँ नयाँ अनुभव लिने क्रममै आफ्नो जीवनलाई उत्सर्ग गर्दछ। एउटा मानिस मानिसको रूपमा यी दुई कुरा द्वारा निर्देशित हुन्छ।एउटा उ आफैले जन्मदै लिएर आएको प्राकृतिक गुण र अर्को उ जन्मी हुर्केको समाज बाट सिकेको कुरा , यी दुई कुराको मिश्रणबाट ब्यक्तिले सोच्ने, बुझ्ने, जिउने ब्याबहार गर्ने कुरामा फरक पर्दछ ।
हरेक मानिसले आफ्नो जिवन सुखमयी, आनन्ददायी, प्रगतिशिल र गतिशिल रूपमा जिउन चाहन्छ। येशैका लागि मानिस अनवरत संघर्स गरिरहेको हुन्छ। प्राकृतिक रुपमै कुनै पनि ब्यक्तिले भबिस्य कस्तो छ भनेर थाहा नपाउनुनै हामी गतिशिल हुनाको कारण हो। हामी सबै सुनिस्चित भबिस्यको लागि बर्तमानमा जिइरहेका छौ ।अर्थात भोलिको आशामा बर्तमान बाचिरहेछ। हामिले हाम्रो जिबनलाइ एउटा सामान्य प्रक्रियाको रुपमा मात्र बुझ्नलाइ पनि कयौं घट्ना , अबधारणा, सिधाान्तसंग पौठाजोरी खेल्दै निश्कर्शमा पुग्न कठिन भैरहेको छ। ब्यक्ती पिच्छेको फरक बुझाइका कारण भिन्न समाजको निर्माण भैरहेको छ। यदि निस्चित समयलार्इ आधार नमान्ने हो भने बिकाश र बिनाशवीचको फरक छुट्याउन कुनै पनि विद्वान सफल बन्ने छैनन ।
आइन्स्टाइनको बिचारलाई आधार मान्नेहो भने थाहा छैन मलाई तेश्रो बिश्वयुद्ध कस्ता हतियारले लडिन्छ तर अबस्य पनि चौथो बिश्वयुद्द भाला र ढुङ्गाहरुले लडिनेछ। अब यो भनौ कि आजका बिकसित भनिएका राष्ट्रहरुले बिकास गरिरहेक छन कि बिनाश । आखिर हामी कुन बाटो हिडिरहेका छौ ? आखिर हामी केलाई आदर्श मानेर पच्छ्याइरहेका छौ ? आखिरिमा हाम्रो गन्तव्य ? प्राकृतिक रुपमा जन्मनु, प्राकृतिक रुपमै हुर्कनु र प्राकृतिक रुपमै सन्सार बाट बिदा लिनु अबिकास अनि कृतिम रुपमा जन्मनु कृतिम रुपमै हुर्कनु र कृतिम रुपमै सन्सारबाट बिदा हुनु बिकास हो ?
आत्मिक इच्छा चाहनाहरुलाइ आत्मैमा मारेर बाहिर फिस्स हासेको देखाउनु आजको समाजले निर्माण गरेको आधुनिक समाजको बिल्ला लाईनै पछ्याउने हामिले ?
आत्मा र शरिरको मिश्रणबाट नै एउटा मानिस जन्मन्छ।यहासम्म त मानिस प्राकृतिक हुन्छ यसपछि किन एउटा सामान्य प्रकृयाको रुपमा नलियेर राम्रो , नराम्रो , धनी, गरिब, शिक्षि,असिक्षित, कालो( गोरो, यो जाती( उ जाती, शासक ( शासित, बिकसित( अबिकसित याबत असामान्य प्रकृतिका कुराहरु किन सिकाइन्छ मान्छेलाइ ?
स्वतन्त्ररूपमा जन्मलिएको मानिस किन जन्म पश्चात् सामाजिकताको नाममा डरलाग्दो कालो अन्धकार युगभित्र प्रबेश गर्द छ ?
यदि तपाईंसग कुनै मापन गर्ने यन्त्र छ भने मापन गर्नुस त प्रकिर्तिक रुपमै हुर्किरहेका परम्परागत भनिएका समाजका मानिसहरु र बिकसित भनिएका आधुनिक समजका मानिसहरुको बढी संतुष्ट छन ? सन्तुष्ट जीवन नै आदर्श जीवन हैन र ? के उज्ज्यालो खोज्दा खोज्दै हाम्रो जीवन सकिरहेको त छैन ?