Advertisement
SKIP THIS

प्रत्यक्ष गायनमा रमे गुल्मेली तिज


सुवन

समस्त हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर कोरियामा रहेका गुल्मेली हरुले भब्य रुपामा तीज पर्व मनाएका छन्  । कोरियाको राजधानी सोल देखि करिब एक सय किलोमिटर टाढा सुवन सहर स्थित नारायणी प्यालेस नेपाली रेस्टुरेन्टमा आयोजना गरिएको उक्त तीज बिसेष कार्यक्रममा कोरियामा रहेका उल्लेखनीय नेपाली हरुको सहभागिता रहेको थियो ।

दिउसो १ बजे देखि सुरु भएको उक्त तीज बिसेष कार्यक्रममा चरित्र बिष्ट ,रमिला गौतम ,तारा तिर्सना लगाएतका कलाकारहरुले आफ्नै मौलिक शैलीमा तीज गीत गाएर उपस्थित सबैलाई भरपुर मनोरंजन प्रदान गरेका थिए । कार्यक्रममा महिलाभन्दा बढी पुरुषको उपस्थित रहेता पनि रमिते पुरुष कमै थिए । सबैले नाचेर महिलाहरुलाई साथ दिएका थिए । पश्चेमी भाका घन्काउदै महिला र पुरुष कलाकारको दोहोरी चल्दा नेपालकै झल्को दिलाएको थियो ।

सोही अबसरमा कोरियाको बसाइ अबधि समाप्त गरि नेपाल फर्किने क्रममा रहनु भएका गुल्मी सम्पर्क समितिका निबर्तमान बरिष्ठ उपाध्यक्ष रोशन कुमार पौडेल तथा निबर्तमान सचिब उपेन्द्र अर्याललाइ सम्मान समेत गरिएको थियो ।

कार्यक्रम अत्यन्तै भब्य र एतिहासिक भएको आयोजक कमिटि गुल्मी सम्पर्क समिति तथा पुर्कोट घर दक्षिण कोरियाले जनाएको छ । कार्यक्रमलाइ सभ्य र भब्यरुपले सम्पन्न गर्नको निमित्त सहयोग पुर्याउनु हुने सम्पूर्ण नेपाली समुदायलाइ आयोजक कमिटीले बिसेष धन्यवाद प्रकट गरेको छ ।

teej 5 teej 2 teej 3 teej 1

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • यस वर्षको ‘लोटस लालटेन फेस्टिभल’ अप्रील २६ मा मनाइँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...