Advertisement
SKIP THIS

कोरियाबाट नेपालीले के सिक्ने ?


दक्षिण कोरिया विश्वमै छोटो समयमा आर्थिक छलाङ मार्ने राष्ट्र हो । दक्षिण कोरिया एसियामा मात्र नभइ विश्वव्यापी रुपमा नै आर्थिक दृष्टिकोणले शक्तिशाली राष्ट्रको रुपमा आफुलाई उभ्याउन सफल भएको छ ।
कोरियामा बहुसाँस्कृतिक वातावरणको निमार्ण भइरहको छ । विश्वव्यापीकरणको अहिलेको अवस्थामा हामीले कोरियाबाट धेरै कुरा सिक्न जरुरी छ । अहिले करिब ३२ हजारको हाराहारीमा नेपालीहरु कोरियामा छन् । कोरियामा रहेका नेपालीले कम्तिमा बेसिक तलब रु एक लाख भन्दा बढि कमाउछन् । यसको आधारमा पनि मासिक ३ अर्व र वार्षिक रुपमा ३६ अर्व नेपालीहरुले कमाउछन् ।
मासिक २ देखि ३ लाख बढी कमाउने पनि नेपालीहरु छन् । यसको आधारमा कोरियामा भएको नेपालीले गुणात्मक रुपले आकर्षक आम्दानी गर्दछन् ।  आम्दानी गर्नुमात्र ठुलो कुरा होइन हामीले त्यो रकमलाई रेमिट्यान्सको रुपमा भित्र्याएपछि उत्पादनमुलक काममा कसरी प्रयोग गर्न सकिन्छ भन्ने मुख्य कुरा हो ।
कोरियाले छोटो समयमा गरेको तिब्र विकासबाट हामीले धेरै कुरा बुझ्नुपर्दछ । चाहेको खण्डमा छोटो समयमा विकासको काम गर्न सकिन्छ भन्ने उदाहरण सिक्न सकिन्छ ।
कोरियाले गरेको आर्थिक विकास नेपाल र नेपालीको लागि एउटा पाठ हुन सक्छ । जसरी कोरियाले सुरुमा साना तथा मझौला कम्पनीको स्थापनाबाट सुरु गरेर आज विश्वका ठुलठुला कम्पनी एलजी, सामसुङ, हुन्डाइ जस्ता स्थापित कम्पनीका ब्राण्डहरु निमार्ण गर्न सफल भएको छ । कोरियासँगको सहकार्यमा यस्ता औधोगिक क्षेत्रको विकास गर्न नेपाल सरकारबाट अझ पहल गर्न जरुरी छ ।
यसैगरी कोरियामा रहेका नेपालीले कोरियाबाट फर्केर यहाँ सिकेका सीप, ज्ञान र क्षमताको प्रयोग गरी देश विकासमा योगदान गर्न सकिन्छ । हामीले कोरियाको समाज, यहाँको राजनीति यहाँको मानिसहरुबाट पनि सकरात्मक कुराहरु सिक्न सक्छौं ।
कोरियनहरुले आफ्नो देशप्रति गर्ने माया, कामको सम्मान, निरन्तरको परिश्रमले आज कोरिया यति अघि बढ्न सफल भएको छ । कोरियाले सुरुको विकास चरणमा आफ्ना जनताबाट सुनचाँदी नगद जस्ता सम्पत्ति संकलन गरेर आफ्नो देश विकासमा लगाउन सफल भयो । सेमाअल अन्हेङ जस्ता यहाँको गाउँ विकास गर्ने अभियानबाट हामीले आफ्नो गाउँ आफैं बनाउन सिक्नुपर्छ ।
यहाँको राजनैतिक, सामाजिक र कानुनी वातावरणले पनि देश विकासमा सहज वातावरण सृजना गरेको छ । हामीले ठुला कुरा मात्र गर्न जरुरी छैन । हामीसँग भएका आम्दानीलाई कृषि, पशुपालन, घरेलु व्यवसाय, साना तथा मझौला उद्योग खोलेर काम गर्न सक्छौं ।
कोरियामा रहेका नेपालीहरुले आपात विपतको बेलामा मुलुक र जनता अनि देशको विभिन्न ठाउँमा सामाजिक र परोपकारी काम गरिरहेका पनि छन् । तर यो बेला हामीले कृषि सहकारी, उद्योग, व्यवसाय तथा जलविधुत जस्ता ठुला क्षेत्रमा लगानी गर्ने वातावरणको खोजी गर्न जरुरी छ ।
हामीले संयुक्त लगानीको अवधारणाको विकास गरी कोरियामा इपिएस तथा मजदूरको रुपमा कार्यरत नेपाली, विद्यार्थी, व्यापारीलगायत सम्पूर्ण नेपालीहरुले सामाजिक पछि आर्थिक अभियानका रुपमा नमुना काम गरेर देखाउनुपर्छ । सरकारले पनि रेमिट हाइड्रोजस्ता जलविधुतको क्षेत्रमा काम गर्ने योजना ल्याएको छ । सरकारले कोरियासँगै प्रवासका नेपालीको रेमिट्यान्सको आम्दानीलाई सदुपयोग गर्न अब ठोस कदम चाल्न जरुरी छ । कोरियामा कमाएको आम्दानीबाट नेपालमा घर र घडेरी मात्र नभइ उतपादनमुलक क्षेत्र, कृषि, पशुपालन, उद्योगका साथै पर्यटन, स्वास्थ्य, शिक्षा, शेयर, सहकारी जस्तामा लगानी गर्नु राम्रो हो ।
लेखक नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अभ्यक्ष हुन ।

(लेखक नेपाल पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष हुनुहुन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...