पत्रकारितालाई नयाँ आयाम दिने सोचमा छु, खेम कार्की


रोजगारीका लागि राम्रो गन्तब्य मुलुक हो दक्षिण कोरिया । अनि, हजारौं नेपालीहरुको सपनासँगै आयस्रोतको भरपर्दो माध्यम पनि । त्यसैले त बेरोजगार युवादेखि प्रतिष्ठित पेशामा संलग्न हरेक युवाहरुको रोजाइमा पर्ने गरेको छ दक्षिण कोरिया । रोजगार भिषादेखि विभिन्न भिषामा कोरिया भित्रिने नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दो छ ।
नेपालमा पत्रकारिता गर्दागर्दै रोजगारीका लागि कोरिया भित्रिएका नेपालीहरु र पत्रकारितामा रुचि राख्ने नेपालीहरुको पहलमा सन् २००६ मा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको स्थापना भएको हो । पछिल्लो समय कोरियामा अनलाइन मिडिया र पत्रकारहरुको संख्यामा उल्लेख्य रुपमा वृद्धि भएसँगै नेपाल पत्रकार महासँगको दायित्व पनि बढ्न थालेको छ । कोरियामा कामसँगै पत्रकारिता गरिरहेका हरेक पत्रकारहरुलाई एकजुट गरी पत्रकारिताको आचार संहिताभित्र रहेर पत्रकारितालाई व्यवस्थित र व्यवसायिक रुपमा अगाडि बढाउने सोचसहित पछिल्लो कार्यभार सम्हाल्न पुगेका पत्रकार हुन् खेम कार्की ।
रौतहट जिल्लाको चन्द्रपुर नगर पालिका वडा नं. ६ मा जन्मेका खेम कार्की गाउँकै विद्यालयबाट एसएलसि गरेर बिरगञ्जबाट बिबिएस अध्ययन गर्दागर्दै रेडियो बिरगञ्ज ९९ मेघाहर्जमा २०५९ सालदेखि रेडियो पत्रकारिता क्षेत्रमा प्रवेश गरेका हुन् । त्यसपछि हेटौंडा एफएम, नारायणी एफएम सहित राष्ट्रिय रेडियो तथा स्थानीय पत्रिकामा सम्वाददाताको रुपमा कार्यरत रहे ।

सन् २००८ मा काठमाडौको नेपाल कमर्श क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्दागर्दै इपिएसबाट दक्षिण कोरिया आएका उनले कोरियामा काम गर्दै पत्रकारितालाई निरन्तर दिन अनलाइन खबर पत्रिका परदेशी लाइफ डट कम संचालनमा ल्याए । कोरियाको पहिलो कार्यकाल ४ बर्ष १० महिना पुरा गरेर पुनः २०१४ मा सिबिटि मार्फत् कोरिया आएका कार्की नेपाल पत्रकार महासंघ कोरिया शाखाको अध्यक्ष पद समेत सम्हालिसकेका छन् ।

त्यस्तै एनआरएन कोरियाका केन्द्रीय सदस्य समेत भएका उनी भर्खरै भएको नेपाल पत्रकार महासंघ कोरियाको पाँचौं अधिवेशनले पुनः अध्यक्ष पदमा चयन गरेको छ । उनै महासँघका अध्यक्ष खेम कार्कीसँग फोनिज कोरियाका लागि बाला राईले गरेको कुराकानी ः

पत्रकार महासंघ दक्षिण कोरिया शाखाको अध्यक्ष पदमा चुनिनु भएको छ कस्तो लागेको छ ?

पत्रकार महासंघ दक्षिण कोरिया जस्तो प्रतिष्ठित संस्थाको अध्यक्ष हुन पाउदा मलाई खुशी लागेको छ । खुशीसँगै चुनौतीहरु पनि आएको महशुस गरेको छु ।

जिम्मेवारी कतिको बोध गर्नुभएको छ ?

जिम्मेवारी पक्कै पनि छ । हामीले सिंगो महासंघलाई एउटा शसक्त संगठनको रुपमा विकास गर्नुपर्ने छ । यसको लागि महासंघमा धेरै कामहरु गर्नुपर्ने जिम्मेवारी काँधमा आएको ठानेको छु ।

कोरिया शाखालाई अझ प्रभावकारी रुपमा अगाडि लैजान के कस्तो योजना बनाउनुभएको छ ?

योजनाहरु धेरै छन् । पहिलो त कोरियामा रहेका सम्पूर्ण नेपाली पत्रकार साथीहरुलाई महासंघको छातासंगठनभित्र आवद्ध गराउनु छ । त्यसपछि सबैले एकतावद्ध ढंगले काम गर्ने वातावरण बनाउनु छ । अर्को कोरियामा रहेका विभिन्न नेपाली संघसंस्था र समुदायसँग हातेमालो गरेर अगाडि बढ्ने योजना छ । यसको लागि यहि ७ तारिख आइतबार कोरियामा रहेका सबै संघसंस्थासँग चियापन तथा अन्र्तक्रिया कार्यक्रम राखेका छौं ।

त्यस्तै कोरियामा रहेका नेपाली पत्रकार र कोरियाका पत्रकारबिच सम्वन्ध विकास गर्ने आधारहरु खोज्नु छ । नयाँ ढंगको सम्वन्ध बनाउन सकियोस् भन्ने सोचेको छु । त्यसैगरी नेपाली दुतावास, सोनसिक, एनआरएन, एनसीसी, जनजाती महासँघ, वुमनफर वुमन जस्ता संघसंस्थासँगको सहकार्यमा विशेष कार्यक्रमहरुको आयोजना गर्दै संस्थालाई प्रभावकारी रुपमा अगाडि बढाउने आधार खोजी गर्ने छौं ।

मेरो कार्यकालमा कोरियाको नेपाली राजनैतिक संघसंस्थासँगको सहकार्यमा कोरियाको राजनैतिक संस्कार नेपाली दलहरुमा पुर्याउन पहल गर्नेछु । त्यसैगरी कोरियामा रहेको नेपालीहरुले आफुले आर्जन गरेको सम्पत्ति नेपालमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न जलविद्युतलगायतका क्षेत्रमा सरकारले सोचेको उचित वातावरणको खोजि गर्न पत्रकार मित्रहरुलाई खोजमूलक पत्रकारिता मार्फत् अझ वातावरणको खोजी गर्ने पहल गरिने छ ।

खासगरी कोरियाले छोटो समयमा गरेको आर्थिक, राजनैतिक, सामाजिक सुधारसँगै द्रुत गतिको विकासबाट नेपाल र नेपालीले पत्रकारिता मार्फत उजागर गर्नुपर्नेछ । त्यसको लागि कोरियाका राष्ट्रिय मिडियाहरु र सरकार अनि संघसंस्था मार्फत सहकार्य गर्ने र नेपाली पत्रकारहरुलाई प्रशिक्षण दिने काम पनि महासंघले गर्नेछ ।

कोरियामा महासंंघको स्थापना कालदेखि अहिलेसम्म भएको उपलब्धिलाई कसरी केलाउनुभएको छ ?

कोरियामा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखा २००६ मा स्थापना भएको हो । यो बिचमा नेपाली पत्रकारहरुलाई एक ठाउँमा ल्याउन मिडियासँगै पत्रकारहरु बढ्दै जाने क्रममा महासंघमा आवद्ध गर्दै जानु पनि उपलब्धि हो । महासंघले पत्रकार रविन्द्र मिश्रलाई कोरिया बोलाएर कोरियाका पत्रकारहरुलाई प्रशिक्षण दिएको थियो । यसबाट पनि कोरियामा पत्रकारिता सिक्दै गरेका युवाहरुले धेरै सिक्ने र बुझ्ने मौका पाएका थिए । त्यस्तै परोपकारको विशेष अभियान, कोरियाका संघसंस्थासँग सहकार्य गरी आफुलाई स्थापित गर्नु उपलब्धि ठानेको छु ।

अबको कार्यकालमा तपाईको मुख्य भूमिका के रहने छ ?

अब म पत्रकारितालाई नयाँ आयाम दिने सोचमा छु । हामी आफैमा रुमलिने होइन हामीले पत्रकारिता मार्फत् नेपाली समुदायमा प्रगतिको आधारको खोजी गर्नुछ । कोरियाबाट यसले गरेको आर्थिक प्रगतिको आधारहरु पहिल्याउने, सामाजिक विकास र एकतावद्ध रुपमा काम गर्ने अभियानको थालनी गर्नुछ ।

कोरियामा नेपाली अनलाइन र पत्रकारको अवस्था कस्तो देख्नुभएको छ ?

कोरियामा नेपाली अनलाइन र पत्रकारको अवस्था मध्यम स्तरको छ । किनकी कोरियामा अझै पनि  व्यवसायिक रुपमा पत्रकारितालाई अगाडि बढाउन सकिराखेको अवस्था छैन । पछिल्लो समय अनलाइन पत्रिका र पत्रकारहरुको संख्या बढीरहेको छ । नेपालमा राष्ट्रिय मिडियामा काम गरिरहेका अनुभवि पत्रकारहरु पनि अहिले कोरिया आएकोले पत्रकारिताको स्तरमा पहिला भन्दा अहिले धेरै राम्रो वृद्धि भएपनि यसलाई पेशागत रुपमा लान सक्ने वातावरण अझै बन्न सकेको छैन ।

कसरी यसलाई अझ प्रभावकारी रुपमा लैजान सकिन्छ ?

प्रभावकारी रुपमा लैजाने भनेको स्तर वृद्धि गर्ने हो । यहाँ कामको लागि आउनु भएका पत्रकारहरुले पार्टटाइम या फुर्सदको समयमा गरेको पत्रकारिताले नै यसलाई धानिरहेको छ । यसको लागि लगानी गर्ने र यसमा पत्रकारहरुले पारिश्रमिक पाउने वातावरण भए मात्र प्रभावकारी बन्न सक्छ नत्र काम चलाउ पत्रकारिताले थेग्न सकिदैन ।

संघसंस्थाको प्रचारबाजी मात्र नभई स्वच्छ र निस्पक्ष रुपमा अगाडि बढाउन के गर्नुपर्ला ?

हामी पत्रकार र मिडिया कुनै संघसंस्थाको प्रचारबाजीमा मात्र नलागी स्वच्छ र निस्पक्ष रुपमा अगाडि बढाउन सत्यतथ्य समाचारलाई अगाडि ल्याउनुपर्छ । त्यस्तै संघसंस्थासँग आपसी सहकार्य गर्नु जरुरी छ । यहाँ संघसंस्थाले गर्ने भनेको परोपकारी काम हो । परोपकारी काम नै गर्ने हो भने हामी एक जुट हुन चाँही किन सकेनौ ? संघसंस्थाका केही व्यक्तिहरु संस्थाको नामको टाउको बेचेर दुई नम्वरी धन्दा गरिरहेका छन् यसले समाजमा संस्थागत बदनामी भइरहेको छ । यसको लागि हामीले एउटा आधार बनाऔं सामाजिक संस्थामा आवद्ध हुने भने भने कम्तिमा गैरकानुनी व्यवसायमा संलग्न रहेका व्यक्तिहरु आवद्ध हुन नपाउने विधान तयार गर्नुपर्छ । संघसंस्थालाई सुद्धिकरणको वार्तामा हामी आफै मिलेर लैजानुपर्छ ।

अन्तमा केही भन्नु छ कि ?
अन्तमा, हामी कुनै व्यक्तिको विरोध वा सपोर्ट गर्ने होइन । पत्रकारले कसैले राम्रो गरे राम्रो गर्यो भनेर प्रोत्साहन गर्ने हो नराम्रो काममा लागे त्यसले गलत गर्यो भनेर यसले समाज बिग्रन नपाओस भने निरुत्साहित गर्ने हो । हामीले कसैलाई उचाल्ने र कसैलाई पछार्ने होइन । हाम्रो कारणले कसैलाई व्यक्तिगत रिस इबि राख्ने काम हुनुहुँदैन । हामीले प्रतिष्ठित व्यक्तिको रुपमा आफ्नो आचार संहिताको पालना गरेर काम गर्नुपर्छ । यति हुँदाहुँदै पनि आफु अनुकुल नहुँदा पत्रकारहरुमाथि अनावश्यक दवाव वा धम्की दिने कामलाई भने पत्रकार महासंघले गम्भीर रुपमा लिने छ । हामी शशक्त ढंगले कोरियाको नेपाली समाजको सुद्दिढिकरणको वार्तामा लाग्नेछौं । पत्रकार महासंघको अबको यात्रामा कोरियाको नेपाली दूतावास, सम्पूर्ण संघसंस्था र नेपाली समुदायले हातेमालो गर्दै अघि बढने छन् भन्ने विश्वास लिएको छ । यहि अगस्ट ७ तारिख हुने महासंघको परिचयात्मक तथा अन्तरक्रियामा उपस्थित भइ नयाँ योजना बनाउन सहयोग गर्नुहुन पनि सबै संघसंस्थालाई अनुरोध छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...