Advertisement
SKIP THIS

कोरियाको चिसोमा सञ्चारकर्मी ऐश्वर्य श्रेष्ठको दमदार प्रस्तुती (भिडियोसहित )


सोल-शनिबार दक्षिण कोरियाको राजधानी शहर सोलको नजिक तुंगदेमुनस्थित लक्ष्मी रेष्टुरेष्ट एण्ड बारमा विस्तारैं जमघट बाक्लिदैं थियो । कोरियामा चिसो बढेसंगैं नेपालीहरुको चहलपहल कम थियो । त्यसमा पनि शनिबार प्राय कम्पनीमा काम हुने गर्दछ । एक दुई जना गदैं रात छिप्पिदैं जांदा भिड पनि निक्कैं बढीसकेको थियो । यो दृश्य ऐश्वर्य सांझको हो । कोरियामा रोजगारीसंगैं रेडियो टिभि र अनलाईन पत्रकारितामा जमेका सञ्चारकर्मी ऐश्वर्य श्रेष्ठ आफनो सांगीतिक प्रस्तुतीको साथमा साहित्यिक रचना लिएर हाजिर भएका थिए ।
नेपाल ललितकला मन्च दक्षिण कोरिया र छन्देरी ग्रुपले संयुत्तरुपमा आयोजना गरेको सो साँझमा कोरियामा बढेको चिसोलाई समेत गर्मी महशुस गरे दर्शकले ।कोरियामा कामसंगैं सञ्चारजगतमा फरक नाम बनाएका श्रेष्ठले पहिलो पटक लाईभ सांगीतिक प्रस्तुती तथा रचना वाचन गरेका हुन् ।अनौंपचारिक रुपमा शुरु भएको कार्यक्रममा सञ्चालक मेघप्रसाद वाईवाले श्रेष्ठको सञ्चार क्षेत्रमा प्रवेश र कोरिया बसाईको क्रममा मिडियामा उनको संलग्नताको चर्चा परिचर्चा गरेका थिए ।

त्यसपछि स्टेजमा उक्लेका श्रेष्ठले मुक्तकबाट कार्यक्रम अघि बढाएका थिए ।

उसले आफनै कात्रो सिउदैं थियो
पिउदिन भनेर पनि ऊ पिउदैं थियो
धोक्नसम्म धोकेको थियो त्यो रात
मरो ठानेको त साला जिउदैं थियो

पहिलो मुक्तकले नैं दर्शकको वाह वाह बटुले । आफु साहित्य र संगीतमा रुचि राख्ने विधार्थी भएको बताउदै हतारको साहित्यकारमात्र भएको उल्लेख गरे । उनको प्रस्तुती शैंली कम रोचक थिएन् ।त्यसपछि गोपाल योञ्जनको राष्ट्रप्रेम बोकेको गीत बनेको छ पहराले गाईरहदा दर्शकदिर्घामा सन्नाटा छाएको थियो भने ताली बजाएर साथ दिएका थिए ।

सगरमाथाको काखमा जन्मेर
अरुण नदीलाई शिरान लाएर
ग्रेटवालतिर फर्केको मान्छे हुं म
यसरी कविताको हरफहरु बोल्दैं थिए कवि श्रेष्ठ,घटनाक्रम,जीवनभोगाईलाई जोडदैं अंग्रेजी कविता ‘ब्लु डेथ,नेपाली कविता म देउता, सूर्य बुढा’ प्रस्तुत गरेर उनले साहित्यमा समेत आफनो राम्रो दख्खल रहेको सबैंमा आभास दिलाए ।

त्यसपछि कोरियामा कार्यरत नेपालीहरुको पिडालाई उतारिएको श्रेष्ठको कोरियामा हरेक नेपालीको ओठमा झुन्डिएको गीत ‘हरमा हर’ २ चोटी गाउदा समेत दर्शकले वान्स मोर भनीरहेका थिए ।पुन त्यसपछि केही मुक्तक वाचन गरेपछि उनको विल्कुलैं नयां गीत हितैंको मायालुमा दर्शक उठेर छमछमी नाचेका थिए ।
त्यसपछि औंपचारिक कार्यक्रम शुरु भएको थियो ।

नेपाल पत्रकार महासंघ कोरिया शाखाका सचिव समेत रहेका श्रेष्ठलाई कोरियामा पत्रकारिताको क्षेत्रमा पुराएको यागदानलाई कदर गदैं ललितकला र छन्देरी गु्रपले संयुक्त रुपमा सम्मान गरेको थियो ।कार्यक्रमका प्रमुख अतिथी कवि जीवन खत्री,चित्रकार बाबु साईला लगायतले खादा ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष रन्जनराज कुंवर,कवि जीवन खत्री,अन्नपुर्ण पोस्टका कोरिया संवाददाता लिलु डुम्रेले श्रेष्ठको चर्चा गरेका थिए ।

सो कार्यक्रममा कवि जीवन खत्रीले केही मुक्तक र गजल वाचन गरेका थिए भने अर्का बाबु साईलाले कविता, गजल प्रस्तुत गरेका थिए ।
साथमा स्थानीय गायक अमन थिंग र छन्देरी गु्रपले समेत भरपुर मनोरञ्जन दिलाएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...