Advertisement
SKIP THIS

कोरियन सरकारलाई दबाब दिन केसिटियुले अक्टोबर १ मा बृहत जुलुसको आयोजना गर्ने


फोनिज कोरिया संवाददाता

दक्षिण कोरिया – कोरियन सरकारले कानुन उल्लंघन गर्दै एकतर्फि रोजगार नियम निर्देशिका बनाएको छ । सो निर्देशिका बमोजिम कम्पनीहरुले आफु खुशि कम्पनीको नियमहरु परिबर्तन गर्न सक्नेछ । यसै रोजगार निर्देशिकालाई आधार मानी सरकारले सर्बाजनिक क्षेत्र (रेल, बिधुत, अस्पताल, सडक लगायत १०२ वटा)मा मुल्याङकन ज्याला प्रणली (सबैलाई समान तलब नदिने कामको मुल्याङकनको आधारमा तलब तोकिने र मुल्याङकनको आधारमा निस्कासन गर्ने)लागु गर्ने भएको छ ।
यो प्रणाली पहिला सर्बजनिक क्षेत्रबाट शुरु गरि निजि क्षेत्रमा पनि लागु गर्ने सरकारको योजना छ । यो प्रणाली लागु भएको खण्डमा कम्पनीहरुमा मजदुरको तलब घटने, मजदुरको काम गर्ने स्थानको स्थिति (Working condition) नाजुक हुने, मजदुर अधिकार हनन हुने, सर्बजनिक क्षेत्र सेवामुखि नभए नाफामुखि हुने जसले गर्दा मुल्य बृद्घि भई जनतालाइ गाह्रो हुने, मजदुर बिच अनावाश्यक प्रतिस्पर्धा हने, शुरक्षा लगायतमा खतरा हुने, मजदुरहरु सगठित हुन नपाउने, मजदुरहरुलाई हरेक बाहानमा जुनसुकै समयमा निस्कासन गर्न सक्ने अवश्था सृजना हुनेछ ।
त्यसकारण यस्ता अवस्थाहरु सृजना गराउने मुल्याङकन तलब प्रणाली र सरल निस्कासन नितिको खारेजी साथै अस्थाई मजदुरलाई स्थाई गर्नु पर्ने माग गर्दै यहि सेप्टेम्बर २७ देखि कोरियन मजदुर माहासंघ (केसिटियु)को सर्बजनीक क्षेत्रको घटक मजदुर संगठनहरु र धातु मजदुर संगठनले चरण बद्ध अनिस्चितकालीन आम हडताल शुरु गरेको छ । आम हढतालमा गर्ने मजदुर संगठनहरु रेल मजदुर (सार्बजनीक यातायात) संगठनको ६३ हजार सदस्या, स्वस्थ्य बिमा, स्वास्थ्य सेवा र धातु मजदुर सगठनको १ लाख ८० हजार सदस्यले आम हडतालमा सहभागी भएको छन ।
यसै गरि मजदुरहरुको मागहरुलाई सम्बोधन गर्न र सरकारलाई दबाब दिन केसिटियुले २८ तारीक आम हडताल गरेको थियो भने अक्टोबर १ तारीक सउल र थेगुमा बृहत जुलुसको आयोजना गर्न गई रहेको छ । केसिटियुले मजदुरको काम गर्ने समयप्रतिहप्ता ३५ घण्टा हुनु पर्ने, ठुलो कम्पनीलाई कर बढि तोक्नु पर्ने, सबै मजदुरको मजदुर ३ अधिकार सुनिस्चित हुनु पर्ने, एकलौटी परिबर्तन गर्नको लागि तयार गरिेएको मजदुर कानुन रद्ध गर्नु पर्ने माग गर्दै संघर्ष गर्दै आई रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...