Monday, June 30th, 2025
पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन

गैर आवासिय नेपाली संघ दक्षिण कोरियाको आयोजना रहेको NRNA कपको उपाधि पोखरा युनाइटेडले जितेको छ। जुन २९ तारिख आयोजित प्रतियोगितामा पोखराले JNFC लाई २-० ले पाखा लगाउँदै उपाधि रक्षा गरेको हो। सेमिफाइनलमा बोङ्पो एफसीलाई २-० को हार चखाउँदै पोखरा फाइनल पुगेको थियो भने JNFC एफसी भने पेनाल्टी सूट आउटमा आस्याङ एफसीलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो। विजेताले ४५ लाख वन पुरस्कार प्राप्त गरेका छन भने उपविजेताले २२ लाख वन प्राप्त गरेका छन्। यसैगरी सेमिफाइनालिस्ट २ टोलीले पनि ६ लाख ५० हजार वनका दरले पुरस्कार प्राप्त गरेका छन्।फुर्सदमा