Wednesday, June 4th, 2025
दक्षिण कोरियाको २१औं राष्ट्रपतिमा ली जे-म्यांग

सियोल, ४ जुन २०२५ – दक्षिण कोरियाको राष्ट्रपति पदमा डेमोक्रेटिक पार्टी अफ कोरियाका नेता ली जे-म्यांग निर्वाचित भएका छन्। पूर्वराष्ट्रपति यून सुक–योलको महाभियोग र पदमुक्ति पछिको समय अगावैको निर्वाचनमा लीले ४९.४२% मत प्राप्त गरी पिपल्स पावरपार्टीका किम मून–सूलाई (४१.१५%) पराजित गरे। राष्ट्रिय निर्वाचन आयोगका अनुसार, ६२.१% मतदाताले मतदान गरे, जुन सन् २०२२ को निर्वाचनभन्दा उच्च हो । सन् २०२४ डिसेम्बर ३ मा यून सुक–योलले असफल मार्शल ल घोषणा गरेपछि संवैधानिक संकटउत्पन्न भएको थियो। सन् २०२५ अप्रिल ४ मा संवैधानिक अदालतले यूनको महाभियोग सर्वसम्मतिले सदर गरेपछि संविधानअनुसार ६० दिनभित्र निर्वाचन गर्नुपर्नेफुर्सदमा