Advertisement
SKIP THIS

उत्तर कोरियाको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गम्भिर चुनौंती :राष्ट्रपति पार्क


ऐश्वर्य श्रेष्ठ,सोल-
दक्षिण कोरियाका राष्ट्रपति पार्क गुइन हेले उत्तर कोरियाले हालैं गरेको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण आफनो देशको लागि गम्भिर चुनौंती भएको बताएकी छिन् ।राष्ट्रपति पार्कले उत्तरकोरियाप्रति आफु कठोर हुनसक्ने समेत चेतावनी दिईन ।

उत्तर कोरियाले हालै विकास गरेको ब्यालेस्टिक क्षेप्यास्त्र सफल प्रक्षेपण गरेकोमा दक्षिण कोरियाले गम्भीर रुपमा चासो व्यक्त गरेको हो ।उत्तर कोरियाले शनिबार पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गरेको हो । दक्षिण कोरियाको प्रतिरक्षा मन्त्रालयका प्रवक्ता किम मिन सिकले भने– हाम्रो सैनिक उत्तर कोरियाले गरेको भनेको सो क्षेप्यास्त्र परीक्षणबाट गम्भीर रुपमा चिन्तित र दुःखी बनेको छ ।

सोमबार राजधानी सोलमा आयोजित सो नियमित पत्रकार सम्मेलनका क्रममा उनले उत्तर कोरियाले गरेको यस परीक्षणबाट उत्तरपूर्वी एसिया र कोरियाली प्रायद्वीपमा नराम्रो असर पार्ने बताए ।

उत्तर कोरियाली नेता किम जोङ उनले व्यक्तिगत रूपमा उक्त क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गर्न आदेश दिएका थिए ।

यसअघि पनि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको थियो तर पनडुब्बीबाट नभई भूमि वा पानीको माथिल्लो सतहबाट क्षेप्यास्त्र प्रक्षेपण गरेको विश्वास गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...