Advertisement
SKIP THIS

फेन्थेकमा नेपाली नयाँ बर्ष भब्य हुने


कृष्ण पुरी
प्यान्थेक -दक्षिण कोरियामा रहेका नेपालीहरू आउदै गरेको नेपाली नयाँ वर्ष २०७२ लाई  बिबिध कार्यक्रम गरी स्वागत गर्ने  तयारीमा रहेका  छन् ।
यसै क्रममा कोरियामा  फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र (फेन्थेक माईग्रेन्ट सेन्टर) नेपाली समुदायको आयोजनामा  नयाँ वर्ष  बिबिध सास्कृतिक मनोरंजन कार्यक्रम सहित हर्षोउल्लासका साथ् मनाउने  तयारी गरेका छन् |
आउदो आईतबार अप्रिल १२ तारिखका दिन बिदाको अवसर पारेर नै  फेन्थेक वरपरका नेपालीहरु साथै अन्य क्षेत्रका नेपालीहरुको उपस्थितिमा नयाँ वर्षको शुभकामना आदानप्रदान  सहित नेपाली परिकारहरुका  खानाको प्रबन्ध पनि  गरिएको सेन्टरका अध्यक्ष बिजुबिक्रम थापाले बताएका छन्  ।

 

नेपाली संगीत , कला, सस्कृति र नेपालीपन झल्काउदै पारिवारिक बातावरणमा  बिबिध मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम सहित मनाउन लागिएको उक्त  कार्यक्रममा कोरियाका स्थानीय कलाकारहरुको प्रस्तुति रहने  फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र सांस्कृतिक विभागका प्रमुख भक्त थापाले जनाएका छन्  ।

 

कोरियामा स्थापना कालदेखि नै बहुसंख्यक  नेपालीहरूको साझा सस्थाको रूपमा स्थापित फेन्तेक माईग्रेट सेन्टरमा हाल पाँच सय बढी नेपालीहरू आबध्द रहेका छन् ।यस संस्थाले आपत् बिपतमा परेका दैनिक दर्जन भन्दा बढि नेपालीहरूलाई खान बस्न सहितको आश्रय,विभिन्न सहयोग तथा परामर्श पनि  दिदै आएको छ।

 

आयोजकले सम्पूर्ण कार्यक्रमको तयारी पुरा भएको जानकारी गराउदै उक्त दिन  कोरियामा रहेका विभिन्न सङ्घ संस्था/ प्रतिनिधि , पत्रकार ,बिध्यार्थी, बुद्धिजिबि तथा सम्पूर्ण नेपालीहरुलाई  समयमै उपस्थित भएर नया वर्ष भब्य रुपमा मनाउनुहुन हार्दिक निमन्त्रणा गरेको  छ ।

 

कार्यक्रम सम्बन्धि विवरण :-
आवश्यक सम्पर्कका  लागी :-
बिजुबिक्रम थापा – ०१० ६८५३१२२०
नारायण पाठक -०१० ६४१२२५१५
कार्यक्रम :- नया वर्ष २०७२को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा बिबिध  सास्कृतिक मनोरन्जनात्मक कार्यक्रम
मिती :- १२ , अप्रिल २०१५ l
समय :- आईतबार , दिउसो १२ बजेदेखि
स्थान :- फेन्थेक प्रवासी मजदुर सहयोग केन्द्र (फेन्थेक माईग्रेन्ट सेन्टरको हल )
फेन्थेक ट्रेन स्टेसन बाट -५०० मिटर भित्र ( उरी बैंक नजिकै )
फेन्थेक   प्रवासी मजदुर सहयोग केन्द्र (फेन्थेक माईग्रेन्ट सेन्टर) नेपाली समिती, दक्षिण कोरिया |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...