आस्थाले भूकम्पलाई छेक्दैन


डोलु आले मगर

ए! चेतनाको आन्धाहरु हो भूकम्पले थुप्रो जनधनको क्षति गर्यो अब तिम्रो-हाम्रो बोर्लोके र चिम्सो आँखा खोलिन्छ कि नाइँ ?

खै हाम्रो पशुपतिनाथले किन रक्षा गरेन हामीलाई ? लाखौं प्राणीको वली चढाएर पनि गढ़िमाइले किन रक्षा गरेन ? कुम्भमेला र त्यो सप्ताहा पुजा आराधना गरेर पनि यति ठुलो जन-धनको क्षति किन भयो ? दैनिक लाखौँप्रति बाइबलको थानहरु ल्यान्डिङ भएर पनि प्रभुले किन रक्षा गरेन ? किन बाइबल ,वेद,कुरान आदि आदिले काम गरेन ?

एसियाकै स्वर्णपदक बिजेता भन्दै थुप्रो दाम भेटि तोकेर आफुलाई भविष्यवाणी गर्न सक्ने ज्योतिषी बताउनेहरुले त्यत्रो ठुलो विपति आइ लाग्दै छ है भनेर किन भनेन् ? हरेक नयाँ वर्षमा नेपालको भविष्यवाणी गर्नेहरुले के केरा हेरेर बस्या थे ? भविष्यको बारेमा जान्ने मान्नेहरुले कम्तिमा महा-भुकम्प यो दिन यति बजे आँउदैछ भन्दिएको भए यति ठुलो मात्रामा धनको क्षति भए पनि जनको त् हुदैन थ्यो होला नि ? गुगल ब्वाई पनि केवल राष्ट्रको ढुकुटी चाख्न मात्र चर्चामा ल्याइदिएको जस्तो लाग्यो | त्यत्रो आदभुत क्षमताको बालकलाई अमेरिकाले उपचार गर्न मानेन रे ! सयाद अमेरिकनहरु तर्सिए होला गुगल ब्वाईले भविष्यमा अमेरिकनहरु वैज्ञानिकहरुलाई पाखा लगाउने भो भनेर होला!

यहाँ मैले कसैको आस्था र विस्वास माथि प्रश्न र आक्षेप लगाउन खोजेको होइन। म पनि मन्दिर जान्छु र पुज्छु टिका लगाउँछु ।प्रसाद पनि लिन्छु। बाइबल पढेको छु। मस्जिद गएर प्राथना गरेको छु,। गुरुद्वार गएर भोको पेट टालेको छु। र बुद्धको थुप्रै उपदेशहरु पढेको पनि छु। तर मेरै भगवान ठुलो । मेरै धर्म सर्वश्रेष्ठ अरु त् केहि होइन। अरु त् मिथ्या हो भन्नेहरुसंग भने प्रश्न नै हो। मेरो खास कुनै एउटा धर्म वा भगवान छैन। सबै धर्मको मूल मन्त्रलाई आत्मसात गर्दछु। मनन गर्दछु। सायद धर्म सम्बन्धिको अध्यनको कमीले पनि हुनसक्छ।

भगवान, धर्म र अन्य शक्तिहरुमा हाम्रो आस्था र विस्वास छदै छ र हुनुपनि पर्छ। धर्म एउटा नियम हो जसले मान्छेहरुलाई छाडा हुनबाट रोकेको छ। तर संसारमा धर्मकै अहंकार गरेर युद्ध मच्चाउनेहरु, मेरै धर्म सर्वश्रेष्ठ भनेर हुंकार गर्नेहरु वास्तवमा धर्मको विरोधीहरु हुन्। मैले त केवल दिन दुखिहरुको सेवा गर्नु, हत्या हिँसा नगर्नु, पाप-कुभलो नचिताउनु, इर्श्या त्याग्नु र घमण्ड नगर्नु धर्मको मूल आशय यतिलाई मात्रै मानेको छु। जसले जुन धर्म मानेपनि सबै धर्मको सार एउटै हो भन्ने मेरो बुझाई हो। सायद म गलत छु होला। फरक विचार राख्नेहरु सायद अरु सबै एकातिर म एकातिर हुन्छु होला संसारमा तर पनि मेरो विचारमा परिवर्तन नहुन सक्छ।

भगवानले प्राकृतिक प्रकोप रोक्न त नसक्ने रैछ नि हैन र ? तर पनि हामि भगवान भन्छौ र भन्नु पनि पर्छ। जुन आस्था र विश्वास पनि हो। तर हामीले भगवान संगै पुज्नुपर्ने र मान्नुपर्ने कुराहरुलाई नमान्दा हाम्रो जन-धनको बढी क्षति भएको देखिन्छ। जस्तो कि हामीले पशुपतिनाथमा भगवान छ भन्दछौं । केहि परे पशुपतिनाथले रक्षा गरुन् भन्दछौं। अहिलेको भूकम्पले पशुपतिलाई खासै क्षति पुगेन र सुनेअनुसर वि.स,११९० सालको भूकम्पले पनि केहि गरेको थिएन। किन त्यसो भयो त भन्दा हामीले केवल आस्था र विस्वासको कुरालाइ मात्रै प्रधान बनायौं । तर त्यहाँ निर्माण गरिएको कडा भूकम्प प्रतिरोधात्मक क्षमताको भौतिक निर्माणलाई वास्ता गरेनौ फलत हामीले आफ्नो घर निर्माणमा पनि खेलवाड गर्दै आयौं । घरलाई केहि क्षति नहोस भनेर शुभ साइत हेराइयो पुजा आजा गरियो जमिनको क्षमता भार भन्दा धेरै मात्रामा ६-७ तला छिमेकीलाई शान देखाउनकै लागि आकाश पुर्याइयो। अनि भ्रष्टाचार गरेरै भुँडी हाल्नेहरु बस्ने हाम्रा भ्रष्ट सरकारी कार्यालय, न.प.,उ.प्.म.न.पा. वा म.न,पा पुगेरै भ्रष्टहरुकै पुजा गरियो र २ तले घरको नक्सा पास लिएर ५ तला बनाइयो भाडामा दिनकै लागि धराप बनाइयो।

अब पनि नियम विपरित घर निर्माण गरेर घरलाई केहि क्षति नहोस् भन्दै देवी देउता पुज्दै हिड्ने अनि नक्सा पास लिन झोलमा दाम बोकेर भ्रष्ट पुज्ने कि ? भगवन र धर्मलाई आस्था अनि विस्वासमै कैद गर्दै बैज्ञानिक आधारलाई पनि व्यबहारमा उतार्ने हो ?

भूकम्पसंगै चलेका केहि अन्धविस्वासका भ्रामक हल्लाहरु यस पटक पनि विद्वानहरुले निकै फैल्याए। जस्तो कि मान्छेको जस्तो अनुहार भएको सर्प मारेर भूकम्प गएको रे ! ए मनुवा हो हामीले कहिँ कतै पढेको सुनेको होइन र ? भूकम्प जाने बेलामा जीवजन्तुहरुले सबै भन्दा पहिला थाहा पाउँछन्। र तिनीहरुको अस्वाभाविक क्रियाकलाप देख्न सकिन्छ। भूकम्प जाने बेलामा सर्पहरु बाहिर निस्कने, कुरकुर कुइकिने र चराहरु बढी कराउने, गाई-भैसी कराउने आदि आदि। यदि हामीले तिनको क्रृयाकलापलाई बुझ्न सकेको भए र खुला ठाउँ तिर निस्कन सकेको भए सायद ठुलो मानवीय क्षति हुने थिएन होला।

भुकम्प जाँदा जमिन हल्लिन्छ। अनि जमिन हल्लिएपछि जुन ठाउँबाट पानीको मूल थियो त्यो अन्तै सर्नसक्छ। अनि नयाँ ठाउँमा पानी निस्कन सक्छ। अहिले नेपालमा पनि कहीं कहीं त्यस्तै भएको र यो देउता रिसाएर यस्तो भएको भन्ने हल्लाहरु पनि निकै चले फेसबुकमा भाइरल बनेर।

पशुपतिनाथमा हिन्दुहरुको देउता छ जसलाई भूकम्पले केहि गर्न सक्दैन भन्ने एक खालको समाचार भारतीय मिडियाले पनि फुकेको थियो। अरे यार हाम्रा पुर्खाले अति मिहनत गरेर तल सुरुमा ठुलो साइजको जग लगाउंदै बनाइ दिएका थिए। जग बलियो भए घर बलियो हुन्छ भन्ने अनपढ भए पनि बुझेका थिए र मठ मन्दिरहरु त्यसै अनुरुप बनाए तर आफु बस्ने घरमा भने बुद्दि पुर्याउन सकेनन्। पशुपतिनाथलाई कहिल्यै जस्तोसुकै भुकम्पले पनि क्षति नगरोस् किनभने पशुपतिनाथ हाम्रो आस्थाको मन्दिर हो। पशुपतिमा हाम्रो आस्था र विस्वास छ। त्यहाँ भगवानको बास छ। र हुनपनि पर्छ। तर एकखाले प्रचार यस्तो गरियो कि पशुपति हिन्दुहरुको भएकै कारण केहि भएन। त्यसो भए हिन्दुहरुलाई छोडेर अन्यलाई रोजी रोजी लैजानु पर्ने नि भूकम्पले होइन र ? अनि प्रभुले पनि इसाइहरुलाई बचाएर अन्यलाई मात्रै छानी छानी भूकम्पसंगै पठाउनु पर्ने नि तर प्राकृतिक प्रकोपको अगाडी कसैको केहि सिप चल्दैन। न हिन्दु न इसाई, न जैन न मुस्लिम, न बुद्धिस्ट न किराँत। त्यसैले धर्मको अहंकार र घमण्ड गर्नेहरुले अलिकति वैज्ञानिक आधारलाई पनि मान्ने हो कि? फेरी उही घरलाई केहि नहोस भनेर विभिन्न खाले पुजा आराधाना गर्ने अनि मापदण्ड बिपरित धराप निर्माण गरेर सरकारी कार्यालयमा बस्ने भ्रष्ट देउतालाई भेटि चढाएर नक्सा पास लिने ?

अन्त्यमा धर्मको निन्दा गरेको भन्ने गलत अर्थ नलागोस् |

क्याक्मी-८ ओम्जर ,स्याङजा, हाल- दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...