Advertisement
SKIP THIS

भ्यु अफ नेप्लीज ग्रुपद्वारा सिन्धुपाल्चोकमा राहत वितरण


जीवन जीसी

गुन्सान-यहि ७, मे २०१५ मा भ्यु अफ नेप्लिज ग्रुप गुन्सान दक्षिण कोरियाले सिन्धुपाल्चोक जिल्लाको शिखरपुर गाबिस वार्ड नं. ९ का ६७ घरपरिवारका भुकम्प पिडितहरुलाई करिब रु. १लाख ५० हजार बराबरको राहत सामग्री वितरण गरेको छ | ग्रुपका सदस्य उमेश भट्ट र रोशन श्रेष्ठको प्रतिनिधित्वमा चामल, दाल, नुन तेल, साबुन, टुथपेष्ट ब्रस, लगायतका समान वितरण गरिएको हो |

दुर्गम ठाउँ भएको कारण अहिलेसम्म कुनै पनि राहत नपाएको यो नै पहिलो चोटी निष्पक्ष र सन्तोषजनक राहत वितरण भएकोले त्यहाको जनताले एकदमै खुसि ब्याक्त गर्दै धन्यवाद दिएका कुरा प्रतिनिधि उमेश भट्टले जानकारी दिए l गत १२ गते गएको बिनाशकारी भूकम्पले सिन्धुपाल्चोक जिल्लामा गरिब ४ सय भन्दा बढीको ज्यान गएको, हजारौ घाइते भएका र करोडौको भौतिक क्षेती भएको छ |

नेपालमा गएको बिनाशकारी भूकम्पमा परेका पिडितहरु लाई राहत दिने उदेस्यले भ्यु अफ नेप्लिज ग्रुप र ओसिक्दो माइग्रेन्ट सेन्टरको संयुक्त आयोजनामा गुन्सानको विभिन्न ठाउँमा राहत संकलन कार्य र कोरियामा रहेका विभिन्न क्षेत्रबाट नेपालीहरुले व्यक्तिगत सहयोग गरि करिब ५० लाख वन संकलन भएकोछ |

यसैगरि भुकम्प पिडित राहत संकलन निस्पक्ष र पारदर्शी पार्न प्रशान्त आचार्यको संयोजकत्वमा १३ सदस्य चयन गरिएकोछl
यस संस्थाले भुकम्पमा परेका पिडितहरुलाई दुर्गम ठाउमा रहेका कुनै पनि संघ संस्था वा सरकारी मातहतबाट राहत नपुगेको ठाउँहरुमा निस्पक्ष र पारदर्शिताको साथ राहत वितरण गरिदै आएकोले भुकम्प पिडितका लागि राहत सहयोग गर्न चाहनु हुने जो कोहि व्यक्तिलाई यस संस्था बाट निश्चिन्त भई सहयोग गर्न संस्थाका आध्यक्ष उमेश राईले आवहान गरेका छन् l
सम्पर्क:
उमेश राई:- 01059502875
अशोक गुरुङ:- 010-9776-९७४४
प्रशान्त आचार्य:-01021952047

सहयोग को लागि:
Kookmin Bank
Gurung Ashok.
Account No . 75930-10153-5992

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...