पत्रकार तालिम फेब्रुवरी २१ मा सोल ग्लोबल सेन्टरको चौथो तलामा हुने
सोल- कोरियामा स्थगित गरिएको नेपाली पत्रकारिता तालिम फेब्रुवरी २१ मा हुने भएको छ | सलनालको बिदामा आयोजना गरिएको भए पनि प्राबिधिक कारण स्थगित गरिएको थियो | तालिम नेपाल पत्रकार महासंघ र आदिबासी जनजाती पत्रकार महासंघ कोरिया शाखाले आयोजना गर्न लागेका हुन् |
तालिम दिन नेपालबाट कान्तिपुर दैनिकका सहायक सम्पादक/क्रिएटिभ कोअर्डिनेटर अखण्ड भण्डारी कोरिया आइसकेका छन् ।
कार्यक्रमलाई चुस्त र ब्यबस्थित बनाउन दुवै संस्थाले पत्रकार महासंघका केन्द्रीय पार्षद सदस्य तथा फोनिज कोरिया शाखाका सल्लाहकार देवेन्द्र सम्बाहाम्फेलाई संयोजकको जिम्मेवारी दिएका छन् |
अनलाइन, छापा र बिध्युतीय (रेडियो टिभी) गरि तीन विधामा दिईने तालिम संचालन हुने जनाइएको छ |
तालिममा लिन इच्छुकका साथै कोरियामा कार्यरत प्रमुख र सक्रिय सस्थाबाट अनिबार्य २ जना सहभागी गराउन आयोजकले अनुरोध गरेका छन् |
बिस्तृत जानकारीको
देवेन्द्र सम्बाहाम्फे –01083576667
अशोक मैनाली –01048387287
डम्बर सुब्बा -010067664
खेम कार्की –01064533050
याम श्रीस मगर -01025012730
रंजन कुवंर – 01065337431
स्थान :- सोल ग्लोबल सेन्टरको चौथो तल्ला |
जाने तरिका १ नम्बर लाइनको छोङगाक स्टेसनको ६ नम्बर गेट अगाडी
समय:- बिहान १० बजेदेखि बेलुका ५.३० बजेसम्म (अंग्रेजी समय)