Advertisement
SKIP THIS

कि रा या बुसानद्वारा कार्यक्रम सम्पन्न


कोरियाको नयाँ वर्ष तथा ठुलो चाड सलनालको दोस्रो दिन सोमबार किरात राई यायोक्खा बुसानले रातृभोज तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको थियो । बुसान स्टेशन नजिकै रहेको न्यु लिटिल इन्डिया नेपाली रेष्टुराँमा भएको कार्यक्रममा भेला भएका नेपालीहरुले विभिन्न कार्यक्रम गरि मनोरञ्जन गरेका थिए । किराती बाजा ढोल झ्याम्टासहितको साकेला गीति धुनसँगै सुरु भएको कार्यक्रममा किराती युवाहरुले साकेला सिलि गरेर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरे ।
कि रा या बुसानका सचिब बिनोद बान्तावाद्वारा सन्चालित सो कार्यक्रम सस्थाका अध्यक्ष श्री रबिन राई एन सि सि बुसानका अध्यक्ष श्री सङ्गीत अधिकारी, जनसम्पर्क समिती बुसानका सभापती श्री सुबास थापा मगर र एन सि सि बुसानका सस्थापक अध्यक्ष श्री बिश्णु श्रेस्ठ क्रमश सभापती, विशेष अतिथी र अतिथिको रुपमा रहनुभयेको थियो । फेसबुकमा मात्रै प्रकाशित सुचनाको आधारमै पनि बुसान भन्दा टाढाको सहर थेगु, छाङ्वन, उल्सान साथै बुसान लगाएत किमे याङ्सानबाट आउनुभएका लगभग ८० जना विशिष्ट ब्यक्ती ब्यक्तित्वहरु बिच सम्पन्न कार्यक्रमका सम्योजक तथा सस्थाका सकृय सदस्य सजिन राईले कार्यक्रम बारे, सस्थाका उपाध्यक्ष तथा साकेला नृत्य सम्योजक आनन्द राईले साकेला उभौली र उधौली पर्वको परिचय र किरात राई समुदायमा त्यस्को महत्वबारे  प्रकाश पारेका थिए ।
त्यसैगरि विशेष अतिथी सङ्गीत अधिकारी, अतिथीहरु सुवास थापा मगर र बिश्णु श्रेस्ठले शुभकामना साथै विभिन्न महत्वपुर्ण कुराहरु मन्तब्य मार्फत व्यक्त गरे ।  । मन्तब्यकै क्रममा कार्यक्रमका सभापती रबिन राईले सस्थाको उदेश्य र एक बर्सभित्र गरेका सामाजिक कार्यहरु प्रस्ट पार्दै बैशाख पुर्णिमामा मनाइने उभौली साकेला पर्व यस कि रा या बुसानले पनि बुसान मा भब्यताका साथ मनाउने तयारी गरिरहेको जानकारी गरे । छोटो औपचारिक कार्यक्रम पछि रात्री भोज सङ्गै सुरु भएको मनोरन्जनात्मक कार्यक्रममा स्थानिय कलाकारहरुले गित, नृत्यको माध्यमबाट उपस्थित सबैलाइ मनोरन्जन दियेका थिए साथै कोरियाको कार्य ब्यस्तताबाट केही दिन स्वतन्त्र भयेका उपस्थित नेपाली युवा युवतिहरु प्रबासमा रहनु पर्दाको दुख पीडालाई केही समयलाइ भयेपनी बिर्सेर नेपाली गित सङ्गीत मा डान्स गर्न झुमेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...