र्ईपिएस कामदारले बिदामा घर जांदा ध्यान दिनुपर्ने ६ महत्वपूर्ण कुराहरु


हरिकृष्ण (नाम परिवर्तन) कोरिया आउनु भएको दुई बर्ष भएको थियो ।  साहुसंग कम्पनी परिवर्तनका लागि लेटर लिए । नोर्दम्बुबाट प्राप्त अनुमतिपत्र लिएर घर गए । डेढ महिनाको नेपाल बसाई पछि कोरिया फर्के तर ईन्छन एयरपोर्टबाट कोरिया छिर्न पाईएन । कारण थियो हरिकृष्णको भिसाको अवधि सकिएको । अर्थात् हरिकृष्णको एलियन कार्डमा भिसाको अवधि समाप्त भई सकेको कारणले हरिकृष्णले कोरिया छिर्न पाएनन् । हरिकृष्णलाई जस्तो अरु कसैलाई नपरोस् तर आफू पनि सजग हुनै पर्छ । भिसा नै सकिने गरी विदामा बस्नु कदापि  भएन । यस्ता समस्या यदाकदा कोरियामा कार्यरत प्रवाशी कामदारहरुमा देखिने गरेको र त्यसमा नेपालीहरु नपर्ने कुरा नै भएन । यस सम्बन्धमा बिदामा घर जाने नेपाली कामदारहरुलाई निम्न सुझाव छ ।

 

 

१. विदामा घर जांदा अपनाउनु पर्ने सावधानी के के हुन ?

 

 

विदामा घर जांदा अन्य कुराका अतिरिक्त, आफनो राहदानी तथा एलियन रजिष्ट्रशन कार्डको फोटोकपि एक प्रति कम्पनीमा छाडेर जानु वेस हुन्छ । कतिपय ईपिएस कामदारले एलियन रजिष्ट्रेशन कार्ड तथा राहदानी समेत नेपालमा हराएको वा कतिपयको एलियन रजिष्ट्रेशन कार्डको अंक घिसिएको (गोजामा पर्समा राखेर हिड्दा) समस्या परेको समेत देखिएकोले नेपालमा जांदा राहदानी तथा एलियन कार्ड सुरक्षित रुपमा घरमा राख्नु बेस हुन्छ । गोजामा बोकेर हिडी राख्नु पर्दैन् । एलियन कार्ड तथा राहदानीको म्याद छ छैन एकिन गर्न नबिर्सनु होला ।

 

२. विदामा घर (नेपाल) जांदा एलियन रजिष्ट्रेशन कार्ड वा राहदानी हराएमा के गर्ने ?

 

 

विदामा घर जांदा एलियन रजिष्ट्रशन कार्ड वा राहदानी हराएमा एलियन रजिष्ट्रेशन कार्डको लागि तुरुन्त आफनो कम्पनी मार्फत कोरियाको सम्बन्धित अध्यागमन कार्यालयमा सम्पर्क राख्नु पर्छ । सम्बन्धित अध्यागमन कार्यालयले यस्तो अवस्थामा एक प्रमाणपत्र दिने गरेको छ ।  राहदानीको लागि नेपालको राहदानी विभागमा सम्पर्क राखी राहदानी बनाउने । यो प्रकृया झझटिलो भएको हुनाले यस्ता बिषयमा सर्तक रहनु बेस हुन्छ । याद राख्नुहोस् कि नयां राहदानी बनाउन पुरानो राहदानीको एक प्रति फोटोकपि भएमा विवरण उल्लेख गर्न सहज हुन्छ ।

 

 

३. म विदामा घर गई फर्कदा  श्रीमति (वा श्रीमान) लिएर कोरिया ( घुमाउन) आउन चाहन्छु  के गर्ने ?

 

 

ईपिएस कामदारहरुले परिवारलाई कोरिया ल्याउने सुविधा प्राप्त गर्दैनन्  ।

 

 

४. मैले पुरानो पासपोर्टमा श्रम स्वीकृति लिएको थिए, अहिले मसंग नयां पासपोर्ट छ , नयां पासपोर्टमा  थप श्रम स्वीकृति लिनु पर्छ कि पर्दैन ?

 

 

आफूले यस अघि कोरिया प्रवेश गर्दा श्रम स्वीकृति ५ बर्षको लिएको छ भने  नयां राहदानीमा सोही अवधिका लागि श्रम स्वीकृति लिई राख्नु पर्दैन, तर नेपालको विमानस्थलमा मांग गर्दा पुरानो राहदानीको श्रम स्वीकृति अनिवार्य देखाउनु पर्ने हुनाले पुरानो राहदानी समेत साथै लिई यात्रा गर्नु पर्छ । ४ बर्ष १० महिना पछि नेपाल गई  पुनः कोरिया प्रवेश गर्दा भने पुनः श्रम स्वीकृति लिनु पर्छ । ईपिएस कामदारहरुले श्रम स्वीकृतिका लागि ईपिएस शाखा ग्र्वाकोमा सम्पर्क राख्नु पर्दछ । अवधियुक्त श्रम स्वीकृति बिना वैदेशिक रोजगारमा जान पाईन्न् ।

 

 

५.मसंग कोरियाको सवारी चलाउने अनुमतिपत्र ( लाईसेन्स) छ , कोरियाको लाईसेन्सले नेपालमा सवारी चलाउन पाईन्छ कि पाईन्न् ?

 

 

आफूसंग कोरियामा प्राप्त गरेको सवारी चालक अनुमतिपत्र छ भने, नेपालमा गएर सो अनुमतिपत्रलाई नेपालीकरण गर्न सकिन्छ । त्यस्तै नेपालको सवारी चालक अनुमतिपत्रलाई कोरियामा कोरियालीकरण गर्न सकिन्छ । त्यसकोलागि नेपालमा यातायात व्यवस्था कार्यालय बागमती ( लाईसेन्स शाखा) मा सम्पर्क राख्ने । कोरियको हकमा भने नेपालको सवारी चालक अनुमतिपत्रको सक्कल, तथा राहदानी सहित नेपाली राजदूतावास, सिओलमा सम्पर्क राख्ने । तोकिएको प्रकृया पुरा गरेपछि सवारीचालक अनुमतिपत्र परिवर्तन गर्न सकिने व्यवस्था छ ।

 

 

५. साहुले घर बिदामा जाउ भनेको छ, मैले के गर्ने ?

 

 

सामान्य अवस्थामा रोजगारदाताको अनुमतिमा बिदामा घर जान हुन्छ । विदामा घर जांदा तथा फर्कदा आफनो भिसा अवधि भने बहाल रहनु पर्छ । साहुसंग सुसम्बन्धका आधारमा अनुमति लिएर मात्र घर बिदामा जाने तथा तोकिएको समयमा फर्कने । विदामा घर जांदा यथाशक्य कम्पनीमा काम कम हुने सिजन छनौट गर्ने जस्ले गर्दा कम्पनीको काममा पनि कुनै बाधा नपरोस ।  सम्बन्धमा केही खटपट छ भने बिदामा घर जादा भने केही बिचार गर्नु पर्ने नै हुन्छ । यस्तो अवस्थामा साहुले  घर बिदामा  जाउ पनि भनेको छ तथा आफूलाई पनि घर जाने ईच्छा छ ( ईच्छा छैन भने नजाने) भने यथाशक्य साहुसंग “घर विदामा जान लागेको हो फर्केर यसै कम्पनीमा काम गर्ने हो” भन्ने बिदा स्वीकृति गरेको आशयको पत्र मांग गर्नु बेस हुन्छ । त्यसरी साहुबाट प्राप्त पत्रलाई फोटोकपि गरेर एक प्रति सम्बन्धित जब सेन्टरमा जानकारी गराउदै , बुझाई तथा सक्कल प्रति आफैसंग लिएर घर जाने ।

 

 

६. मैले नोदङबुबाट कम्पनी परिवर्तनको अनुमति (लेटर) लिएको छु , अब म केही समयको लागि बिदामा घर गएर कोरिया फर्कन चाहन्छु मैले के गर्नुपर्ला ?

 

 

कम्पनी परिवर्तनको आधिकारिक पत्र नोर्दबु ( जब सेन्टर) बाट प्राप्त भई सकेपछि कामको खोजीलाई प्राथमिकता दिनु बेश हुन्छ । तथापि यस अवधिमा बिदामा घर जान लागेको अवस्थामा आफू  घर बिदामा जान लागेको र सो अवधि सम्म आफूलाई नयां कामको मेसेज नपठाई दिनुहोला भनि नोर्दबुलाई जानकारी गराउने । घर बिदामा जांदा कम्पनी परिवर्तनका लागि नोर्दबुबाट प्राप्त आधिकारिक पत्र अनिवार्य साथै लिई जाने तथा फर्कने ।  फर्कदा आवश्यक परे अध्यागमनमा देखाउने ।  फर्कने बेलामा अध्यागमनले अब गएर कहां बस्छौ ? भनेर ठेगानाको बारेमा पनि सोधपुछ गर्नसक्छ । त्यसतो अवस्थामा अध्यागमनलाई जानकारी गराउनका लागि यथाशक्य आफू फर्केर बस्ने स्थानको ठेगाना साथै लिएर जाने (कुनैकम्पनी वा सेल्टर वा कुनै साथी ईत्यादिकोमा आफू जहां बस्ने हो ) ।

 

 

कम्पनी परिवर्तनको लेटर लिएकाहरु घर बिदामा जांदा पछि फर्कि आउदा काम प्राप्त गर्न सहज हुने समय बांकी रहने गरी (तोकिएको मिति भित्र पर्ने गरी तथा भिसा समेत बहाल रहने अवधि भित्र हुने गरी) मात्र घर जान उपयुक्त हुन्छ । कम्पनी परिवर्तन गरी सक्नुपर्ने कुल नब्बे दिनको अवधि नै अन्तिम हुने अवस्था सम्म घर नबस्नु होला । मनासिब माफिकको समय राखेर फर्कनु बेस । यसरी कम्पनी परिवर्तनको अवधिमा  घर जांदा तथा फर्कदा आफनो भिसा अवधि भने बहाल रहनु पर्छ । जाडो महिनामा काम पाउन गाह्रो हुने देखिएकोले सके सम्म जाडो महिनामा कम्पनी परिवर्तन नगरेको बेस ।

लेखक सोलस्थित नेपाली राजदूताबासका श्रम सहचारी हुन् |

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...