Advertisement
SKIP THIS

ईपीएसको जान्नैपर्ने १५ खराब पक्षहरु


उदय राई

हाल कोरियामा प्रवासी मजदुरहरु लगभग १० लाख छन् | यी प्रवासी मजदुरहरु बिभिन्न प्रणालीबाट कोरियामा आएर मजदुरी गरिरहेको छन् | यो मध्ये दक्ष  अदक्ष  सबै मजदुर पर्दछन | कोरियाले २००४ देखी रोजगार अनुमति प्रणाली लागु गरेर एसियाको १६ देशबाट अदक्ष मजदुरहरु ल्याइरहेको छ  | यो प्रणालीबाट आउनको लागि कोरियन भाषा परिक्षामा उतिर्ण हुनुपर्ने छ | यसरि भाषा उतिर्ण गरेको प्रवासी मजदुर कोरियन श्रम मन्त्रलयले तोकेको कोटा भित्रबाट कम्पनीले छनोट गरि सम्झौता पत्र पठाएमा उक्त कम्पनीमा आइ तोकिएको अवधिसम्म मजदुरी गर्न पाउने छन |

 

 

प्रवासी मजदुर पठाउने र लिने देशको सरकारको सम्बन्धित विभागले प्रवासी मजदुर पठाउने सबै प्रक्रिया पुरा गर्दछ |कोरियन कम्पनीबाट छनोट भएको प्रवासी मजदुरले तोकिएको न्युनतम रकम भन्दा बढी तिर्न पर्ने छैन |  कोरियन मजदुर कानुन समान रुपमा लागुहुने छ भनिएको छ | इपीएसको सबभन्दा राम्रो पक्ष यहि हो |  यो नियमको सराहना  सबैले गर्नुपर्छ | यसको राम्रो पक्षलाई मात्र सम्झेर  हामीले यसको नराम्रो पक्षलाइ वास्ता गरिरहेको छैनौ |

 

 

इपिएसको नराम्रो पक्ष पनि धेरै छन् | ती  के के हुन् त ? यहाँ बुँदागतरुपमा ब्याख्या गरिएको छ |

 

 

१) सम्पूर्ण अधिकार कम्पनी मालिकमा नीहित छ ( प्रवासी मजदुरको नियुक्तिदेखि अवकाससम्म ) |

 

 

२) शुरुमा ३ वर्ष भन्दा बढी काम गर्न पाइदैन | १ वर्ष १० महिनाको अवधि कम्पनीले नचाहेमा थप हुदैन |यो अवधि बढाउनकोलागि कम्पनी मालिकको सधै आज्ञाकारी मजदुर जुनु पर्नेछ | १ वर्ष १० महिनाको थप अवधि बढाउन कम्पनीलाइ बाध्य गराउन सकिने छैन |

 

 

३)कम्पनीमा काम गार्हो भयो ,वा बिरामी भएर काम गर्न सकिएन वा आफुलाई त्यो काम मन परेन वा कम्पनीको तलब सेवासुबिधा राम्रो लागेन ,कम्पनीमा सुरक्षित तरिकाले काम गर्ने व्यवस्था छैन | यसै कारणले कम्पनी परिबर्तन गर्न चाहेको खण्डमा कम्पनीले परिबर्तन गर्ने अनुमति दिएन भने आफु खुशी कम्पनी परिबर्तन गर्न सकिदैन | बिना कारण  कम्पनी परिबर्तन गर्नकोलागि अनुमति दिन बाध्य गराउन सकिने छैन | सम्झौता गरिएको अवधिसम्म काम गर्नुपर्ने हुन्छ | सो अनुसार काम नगरे वा काममा ५ दिनसम्म उपस्थित नभए भिषा रद्द गरिदिने( अबैधानिक बनाइ दिने ) अधिकार कम्पनीलाई  छ |

 

 

जबरजस्तीकाम नगरेमा कोरियन कामदार र मालिकले घर फर्काइ दिने भनि धम्कि दिने गर्छन |रोजगार केन्द्रमा आफ्नो समस्याको सुनुवाई होलाकी भनेर गए पनि काम गर्न आएको गएर त्यहि काम गर भन्ने जवाफ धेरैले सुन्नु भएकै होला | त्यहाँ पनि कुनै सुनुवाई हुदैन त्यहाँ कर्मचारीले सहुकै समर्थन मात्र गर्छन ,जसले गर्दा कम्पनीको दबाबमा जबर्जस्ति काम गर्नु पर्ने हुन्छ | सेवा सुविधा तलब राम्रो नदिने ,भेदभाब गरेपनि सहनुपर्ने अनि अनेकौ अप्रिय घटना घट्ने साथै बिभिन्न शारीरिक समस्या आउने गर्छ |  कम्पनीको बिना अनुमति स्वतन्त्र रुपमा परिबर्तन गर्न पाउने कानुन लागु गराउन सकिएमा ७०/७५ प्रतिसत  प्रवासी मजदुरको समस्या समाधान हुने एक अध्ययनले जनाएको छ |

४) कम्पनीले चाहेमा बिना कारण जुनसुकै समयमा निस्कासन गर्न पाउछ |

५) कम्पनीबाट निस्कासन भएको मजदुरले आफुले चाहेको कम्पनी छनोट गर्ने अधिकार छैन | आफूखुसी आफुले चाहेको कम्पनीमा काम गर्न पाइदैन |

६) कम्पनी परिबर्तन गरेछि काम खोज्ने अवधि ३ महिना मात्र दिइन्छ |

७ ) यदि कम्पनी मालिकले कम्पनी परिवर्तन गर्ने अनुमति दिएमा पहिलो ३ बर्षमा ३ पटक र पछी १० वर्ष १० महिनाको अवधि थप भए पछी २ पटक मात्र कम्पनी परिबर्तन गर्न पाइने छ |

८ ) लगातार ४ बर्ष १० महिना भन्दा बढी काम गर्न पाइदैन | जसले गर्दा विभिन्न अधिकारबाट बन्चित हुने छौ |

९ ) कम्पनी परिबर्तन गरेकोले सिबिटी नदिई आउन पाइदैन | ३ वर्ष भन्दा घटी अवधि काम गरेकोले सिबिटि दिन पाइदैन |

१० )आफ्नो परिवार झिकाउन पाइदैन |

११ ) मानिस ७० /८० बर्षसम्म काम गर्न सक्छ तर प्रवासी मजदुरलाई ४० बर्षपछि  काम गर्न सक्तैन भनेर काम गर्ने योग्य सुचीबाट हटाईन्छ |

१२ )  कृषि क्षेत्रबाट उत्पादन क्षेत्रमा परिबर्तन गर्न पाइदैन भने कृषि क्षेत्रको मजदुरलाई पूर्णरुपमा मजदुर कानुन लागु हुदैन |

१३) थेजिकगुम पाउनकोलागि कोरिया छोड्नुपर्ने हुन्छ | यो गम्भीर भेदभाब हो |

१४) मजदुर कानुन पूर्ण रुपमा लागु हुदैन |

 

 

१५) ४ वर्ष १० महिना १ कम्पनीमा लगातार काम गरेपनि कम्पनी साहुले फेरी ल्याउन नचाहेमा सिधै आउन पाइदैन | सिबिटि पिबिटि मार्फत मात्र आउनुपर्ने हुन्छ | यसको अर्थ यो होकी प्रवासी मजदुरहरु जस्तो सुकै गार्हो काम ,सेवासुबिधा  र कम्पनीको काम गर्ने स्थितिको अवस्था नाजुक भए पनि सहेर काम गर भन्ने हो | कम्पनीमा साहुसंग सेवा सुविधाको लागि माग गर्ने कामदारलाई  अर्कोचोटी कोरिया बोलाउदैनन |

 

 

मजदुर सबैलाइ एउटै नियम कानुन लागु हुनुपर्ने भए पनि कोरियामा स्वदेशी मजदुर र प्रवासी मजदुर बिच  भेदभाब हुने गर्दछ | ईपीएसका यिनै नकारात्मक पक्षहरु भएका कारण कोरियाका मजदूर संगठनहरुले कार्य अनुमति प्रणालीको माग गरेका हुन् | प्रवासी मजदुरलाई पनि ३ अधिकार लगायत स्वतन्त्र रुपमा कम्पनी परिवर्तन गर्ने र छनोट गर्ने अधिकारको प्रत्याभूति माग गर्दै आन्दोलन गरिरहेका छन् |

उनीहरुले प्रवासी मजदुरलाई स्वतन्त्र रुपमा जति पटक पनि कम्पनी परिबर्तन गर्न पाउने कानुन बनाउन , कम्पनी छनोट गर्न पाउने , लामो अवधि ( लगातार ५ वर्ष भन्दा बढी ) सम्म काम गर्न पाउने , परिवार झिकाएर सबै बस्न पाउने , ४० वर्ष उमेर नाघेपछि पनि काम गर्ने पाउने , कार्य क्षेत्र परिबर्तन गर्न पाउने , थेजिक्गुम कोरियामै पाउने लगाएतको कानुन बनाउन ,इपीएसको नराम्रो पक्ष हटाउन बिभिन्न कार्यक्रम तय गरेर सरकारलाई दबाब दिईरहेका छन् |

 

 

आफ्नो हक अधिकारको ग्यारेन्टी गर्न प्रवासी मजदुर संघ एमटियु ,केसीटियुमा एकजुट भइ सुधारकोलागि संघर्ष गरौ |  माथिको नराम्रो पक्षहरु हटाउन एकजुट भइ प्रवासी मजदुर स्वयम संघर्ष गर्नुको विकल्प छैन |

 

 

त्यसो त हामीलाई बिभिन्न आरोप पनि लाग्ने गरेको छ | केहिले   एमटियु इपिएसको बिरोधि हो भनेर पनि भन्ने गरेका छन् |  यो इपिएस खारेज  गर्न चाहन्छ , इपिएस खारेज भयो भने प्रवासी मजदुर आउने बाटो बन्द हुनेछ ,भाषा परिक्षा दिएर आउने नियम हुदैन | भाषा परिक्षा दिने नियम खारेज भयो भने मानब शक्ति केन्द्रबाट धेरै पैसा तिरेर आउनुपर्छ | गरिब निम्न बर्गको मजदुरहरु आउन पाउदैनन | एमटियु कुनै दलालबाट संचालित छ भन्ने भ्रम छ |

 

 

तर मित्रहरु यसरी भ्रमित नहुनुहोस | एमटियुको माग इपिएसको नराम्रो पक्षको सुधार हुनुपर्छ भन्ने हो | कोरियामा प्रवासी मजदुर सम्बन्धि जुनसुकै नीति नियम लागु भए पनि सम्बन्धित देशबाट आउने ब्यबस्था अहिलेको भाषा परिक्षा नै हुनुपर्छ भन्ने माग हो एमटियुको हो | त्यसकारण सबै प्रवासी मजदुर मित्रहरुले एमटियु प्रतिको भ्रम हटाउन आग्रह गर्दछौ | एमटियुले कोरिया भित्र प्रवासी मजदुरलाइ लागुहुने नराम्रो कानुनको मात्र बिरोध गर्दछ | सबै मित्रहरुलाई एमटियु प्रवासी मजदुर स्वयमले स्वतन्त्ररुपमा स्थापना गरेको प्रवासी मजदुरहरुको कोरियन सरकारबाट मन्यता प्राप्त मजदुर संगठन हो | यो सबै तपाई हामी प्रवासी मजदुरद्वार संचालित छ | यसले प्रवासी मजदुरको हकअधिकारकोलागि प्रवासी मजदुरलाई सगठित गराई संघर्ष गर्ने छ | अहिलेको भन्दा राम्रो वा अहिलेको भन्दा कडा कानुन जुनसुकै कानुन बनाए पनि त्यो लागुहुने तपाई हामी सबै प्रवासी मजदुरलाइ नै हो |

लेखक प्रबासी मजदूर युनियन (एमटियु) कोरियाका अध्यक्ष हुन् |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...