Advertisement
SKIP THIS

ईपीएसको जान्नैपर्ने १५ खराब पक्षहरु


उदय राई

हाल कोरियामा प्रवासी मजदुरहरु लगभग १० लाख छन् | यी प्रवासी मजदुरहरु बिभिन्न प्रणालीबाट कोरियामा आएर मजदुरी गरिरहेको छन् | यो मध्ये दक्ष  अदक्ष  सबै मजदुर पर्दछन | कोरियाले २००४ देखी रोजगार अनुमति प्रणाली लागु गरेर एसियाको १६ देशबाट अदक्ष मजदुरहरु ल्याइरहेको छ  | यो प्रणालीबाट आउनको लागि कोरियन भाषा परिक्षामा उतिर्ण हुनुपर्ने छ | यसरि भाषा उतिर्ण गरेको प्रवासी मजदुर कोरियन श्रम मन्त्रलयले तोकेको कोटा भित्रबाट कम्पनीले छनोट गरि सम्झौता पत्र पठाएमा उक्त कम्पनीमा आइ तोकिएको अवधिसम्म मजदुरी गर्न पाउने छन |

 

 

प्रवासी मजदुर पठाउने र लिने देशको सरकारको सम्बन्धित विभागले प्रवासी मजदुर पठाउने सबै प्रक्रिया पुरा गर्दछ |कोरियन कम्पनीबाट छनोट भएको प्रवासी मजदुरले तोकिएको न्युनतम रकम भन्दा बढी तिर्न पर्ने छैन |  कोरियन मजदुर कानुन समान रुपमा लागुहुने छ भनिएको छ | इपीएसको सबभन्दा राम्रो पक्ष यहि हो |  यो नियमको सराहना  सबैले गर्नुपर्छ | यसको राम्रो पक्षलाई मात्र सम्झेर  हामीले यसको नराम्रो पक्षलाइ वास्ता गरिरहेको छैनौ |

 

 

इपिएसको नराम्रो पक्ष पनि धेरै छन् | ती  के के हुन् त ? यहाँ बुँदागतरुपमा ब्याख्या गरिएको छ |

 

 

१) सम्पूर्ण अधिकार कम्पनी मालिकमा नीहित छ ( प्रवासी मजदुरको नियुक्तिदेखि अवकाससम्म ) |

 

 

२) शुरुमा ३ वर्ष भन्दा बढी काम गर्न पाइदैन | १ वर्ष १० महिनाको अवधि कम्पनीले नचाहेमा थप हुदैन |यो अवधि बढाउनकोलागि कम्पनी मालिकको सधै आज्ञाकारी मजदुर जुनु पर्नेछ | १ वर्ष १० महिनाको थप अवधि बढाउन कम्पनीलाइ बाध्य गराउन सकिने छैन |

 

 

३)कम्पनीमा काम गार्हो भयो ,वा बिरामी भएर काम गर्न सकिएन वा आफुलाई त्यो काम मन परेन वा कम्पनीको तलब सेवासुबिधा राम्रो लागेन ,कम्पनीमा सुरक्षित तरिकाले काम गर्ने व्यवस्था छैन | यसै कारणले कम्पनी परिबर्तन गर्न चाहेको खण्डमा कम्पनीले परिबर्तन गर्ने अनुमति दिएन भने आफु खुशी कम्पनी परिबर्तन गर्न सकिदैन | बिना कारण  कम्पनी परिबर्तन गर्नकोलागि अनुमति दिन बाध्य गराउन सकिने छैन | सम्झौता गरिएको अवधिसम्म काम गर्नुपर्ने हुन्छ | सो अनुसार काम नगरे वा काममा ५ दिनसम्म उपस्थित नभए भिषा रद्द गरिदिने( अबैधानिक बनाइ दिने ) अधिकार कम्पनीलाई  छ |

 

 

जबरजस्तीकाम नगरेमा कोरियन कामदार र मालिकले घर फर्काइ दिने भनि धम्कि दिने गर्छन |रोजगार केन्द्रमा आफ्नो समस्याको सुनुवाई होलाकी भनेर गए पनि काम गर्न आएको गएर त्यहि काम गर भन्ने जवाफ धेरैले सुन्नु भएकै होला | त्यहाँ पनि कुनै सुनुवाई हुदैन त्यहाँ कर्मचारीले सहुकै समर्थन मात्र गर्छन ,जसले गर्दा कम्पनीको दबाबमा जबर्जस्ति काम गर्नु पर्ने हुन्छ | सेवा सुविधा तलब राम्रो नदिने ,भेदभाब गरेपनि सहनुपर्ने अनि अनेकौ अप्रिय घटना घट्ने साथै बिभिन्न शारीरिक समस्या आउने गर्छ |  कम्पनीको बिना अनुमति स्वतन्त्र रुपमा परिबर्तन गर्न पाउने कानुन लागु गराउन सकिएमा ७०/७५ प्रतिसत  प्रवासी मजदुरको समस्या समाधान हुने एक अध्ययनले जनाएको छ |

४) कम्पनीले चाहेमा बिना कारण जुनसुकै समयमा निस्कासन गर्न पाउछ |

५) कम्पनीबाट निस्कासन भएको मजदुरले आफुले चाहेको कम्पनी छनोट गर्ने अधिकार छैन | आफूखुसी आफुले चाहेको कम्पनीमा काम गर्न पाइदैन |

६) कम्पनी परिबर्तन गरेछि काम खोज्ने अवधि ३ महिना मात्र दिइन्छ |

७ ) यदि कम्पनी मालिकले कम्पनी परिवर्तन गर्ने अनुमति दिएमा पहिलो ३ बर्षमा ३ पटक र पछी १० वर्ष १० महिनाको अवधि थप भए पछी २ पटक मात्र कम्पनी परिबर्तन गर्न पाइने छ |

८ ) लगातार ४ बर्ष १० महिना भन्दा बढी काम गर्न पाइदैन | जसले गर्दा विभिन्न अधिकारबाट बन्चित हुने छौ |

९ ) कम्पनी परिबर्तन गरेकोले सिबिटी नदिई आउन पाइदैन | ३ वर्ष भन्दा घटी अवधि काम गरेकोले सिबिटि दिन पाइदैन |

१० )आफ्नो परिवार झिकाउन पाइदैन |

११ ) मानिस ७० /८० बर्षसम्म काम गर्न सक्छ तर प्रवासी मजदुरलाई ४० बर्षपछि  काम गर्न सक्तैन भनेर काम गर्ने योग्य सुचीबाट हटाईन्छ |

१२ )  कृषि क्षेत्रबाट उत्पादन क्षेत्रमा परिबर्तन गर्न पाइदैन भने कृषि क्षेत्रको मजदुरलाई पूर्णरुपमा मजदुर कानुन लागु हुदैन |

१३) थेजिकगुम पाउनकोलागि कोरिया छोड्नुपर्ने हुन्छ | यो गम्भीर भेदभाब हो |

१४) मजदुर कानुन पूर्ण रुपमा लागु हुदैन |

 

 

१५) ४ वर्ष १० महिना १ कम्पनीमा लगातार काम गरेपनि कम्पनी साहुले फेरी ल्याउन नचाहेमा सिधै आउन पाइदैन | सिबिटि पिबिटि मार्फत मात्र आउनुपर्ने हुन्छ | यसको अर्थ यो होकी प्रवासी मजदुरहरु जस्तो सुकै गार्हो काम ,सेवासुबिधा  र कम्पनीको काम गर्ने स्थितिको अवस्था नाजुक भए पनि सहेर काम गर भन्ने हो | कम्पनीमा साहुसंग सेवा सुविधाको लागि माग गर्ने कामदारलाई  अर्कोचोटी कोरिया बोलाउदैनन |

 

 

मजदुर सबैलाइ एउटै नियम कानुन लागु हुनुपर्ने भए पनि कोरियामा स्वदेशी मजदुर र प्रवासी मजदुर बिच  भेदभाब हुने गर्दछ | ईपीएसका यिनै नकारात्मक पक्षहरु भएका कारण कोरियाका मजदूर संगठनहरुले कार्य अनुमति प्रणालीको माग गरेका हुन् | प्रवासी मजदुरलाई पनि ३ अधिकार लगायत स्वतन्त्र रुपमा कम्पनी परिवर्तन गर्ने र छनोट गर्ने अधिकारको प्रत्याभूति माग गर्दै आन्दोलन गरिरहेका छन् |

उनीहरुले प्रवासी मजदुरलाई स्वतन्त्र रुपमा जति पटक पनि कम्पनी परिबर्तन गर्न पाउने कानुन बनाउन , कम्पनी छनोट गर्न पाउने , लामो अवधि ( लगातार ५ वर्ष भन्दा बढी ) सम्म काम गर्न पाउने , परिवार झिकाएर सबै बस्न पाउने , ४० वर्ष उमेर नाघेपछि पनि काम गर्ने पाउने , कार्य क्षेत्र परिबर्तन गर्न पाउने , थेजिक्गुम कोरियामै पाउने लगाएतको कानुन बनाउन ,इपीएसको नराम्रो पक्ष हटाउन बिभिन्न कार्यक्रम तय गरेर सरकारलाई दबाब दिईरहेका छन् |

 

 

आफ्नो हक अधिकारको ग्यारेन्टी गर्न प्रवासी मजदुर संघ एमटियु ,केसीटियुमा एकजुट भइ सुधारकोलागि संघर्ष गरौ |  माथिको नराम्रो पक्षहरु हटाउन एकजुट भइ प्रवासी मजदुर स्वयम संघर्ष गर्नुको विकल्प छैन |

 

 

त्यसो त हामीलाई बिभिन्न आरोप पनि लाग्ने गरेको छ | केहिले   एमटियु इपिएसको बिरोधि हो भनेर पनि भन्ने गरेका छन् |  यो इपिएस खारेज  गर्न चाहन्छ , इपिएस खारेज भयो भने प्रवासी मजदुर आउने बाटो बन्द हुनेछ ,भाषा परिक्षा दिएर आउने नियम हुदैन | भाषा परिक्षा दिने नियम खारेज भयो भने मानब शक्ति केन्द्रबाट धेरै पैसा तिरेर आउनुपर्छ | गरिब निम्न बर्गको मजदुरहरु आउन पाउदैनन | एमटियु कुनै दलालबाट संचालित छ भन्ने भ्रम छ |

 

 

तर मित्रहरु यसरी भ्रमित नहुनुहोस | एमटियुको माग इपिएसको नराम्रो पक्षको सुधार हुनुपर्छ भन्ने हो | कोरियामा प्रवासी मजदुर सम्बन्धि जुनसुकै नीति नियम लागु भए पनि सम्बन्धित देशबाट आउने ब्यबस्था अहिलेको भाषा परिक्षा नै हुनुपर्छ भन्ने माग हो एमटियुको हो | त्यसकारण सबै प्रवासी मजदुर मित्रहरुले एमटियु प्रतिको भ्रम हटाउन आग्रह गर्दछौ | एमटियुले कोरिया भित्र प्रवासी मजदुरलाइ लागुहुने नराम्रो कानुनको मात्र बिरोध गर्दछ | सबै मित्रहरुलाई एमटियु प्रवासी मजदुर स्वयमले स्वतन्त्ररुपमा स्थापना गरेको प्रवासी मजदुरहरुको कोरियन सरकारबाट मन्यता प्राप्त मजदुर संगठन हो | यो सबै तपाई हामी प्रवासी मजदुरद्वार संचालित छ | यसले प्रवासी मजदुरको हकअधिकारकोलागि प्रवासी मजदुरलाई सगठित गराई संघर्ष गर्ने छ | अहिलेको भन्दा राम्रो वा अहिलेको भन्दा कडा कानुन जुनसुकै कानुन बनाए पनि त्यो लागुहुने तपाई हामी सबै प्रवासी मजदुरलाइ नै हो |

लेखक प्रबासी मजदूर युनियन (एमटियु) कोरियाका अध्यक्ष हुन् |

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • फोनमनीको एक करोड विजेता मिलनलाई नगद पुरस्कार हस्तान्तरण
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...