कोरियामा नेपाली पत्रकारिता तालिम हुने


सोल-कोरियामा रहेर नेपाली पत्रकारिता सिक्न चाहनेले आउदो सलनालको बिदालाई सदुपयोग गर्न सक्ने भएका छन् | नेपाल पत्रकार महासंघ र आदिबासी जनजाती पत्रकार महासंघ कोरिया शाखाको संयुक्त आयोजनामा दुई दिने नेपाली पत्रकारिता तालिम संचालन गर्न लागिएको हो |

 

तालिम दिन नेपालबाट कान्तिपुर दैनिकका सहायक सम्पादक/क्रिएटिभ कोअर्डिनेटर अखण्ड भण्डारी आउने भएका छन् । उनले कान्तिपुरमा लामो समय समाचार डेस्क सम्पादकको जिम्मेवारी बहन गरेका थिए । उनको ‘समाचारको भाषा’ नेपाली पत्रकारिता जगतमै चर्चित कृति हो भने  ‘मलाया एक्सप्रेस’ उपन्यासले प्रताप स्मृति पुरस्कार प्राप्त गरेको थियो |

 

कार्यक्रमलाई चुस्त र ब्यबस्थित बनाउन दुवै संस्थाले पत्रकार महासंघका केन्द्रीय पार्षद सदस्य  तथा फोनिज कोरिया शाखाका सल्लाहकार देवेन्द्र सम्बाहाम्फेलाई संयोजकको जिम्मेवारी दिएका छन् |

 

अनलाइन, छापा र बिध्युतीय (रेडियो टिभी) गरि तीन विधामा दिईने तालिम फेब्रुवरी ८ तारिक र ९ तारिक संचालन हुने जनाइएको छ |

 

२ दिनमा ६ सिफ्ट गरेर संचालन गर्न लागिएको तालिम लिन चाहनेले ५० हजार वन शुल्क तिर्नुपर्ने छ | तालिमबाट  नेपाली पत्रकारिताको प्रारम्भिक ज्ञान सिक्न चाहने प्रतिभाहरुलाई सहयोग पुग्ने अपेक्षा आयोजकले गरेका छन् |

 

तालिममा लिन इच्छुकका साथै  कोरियामा कार्यरत प्रमुख र सक्रिय सस्थाबाट अनिबार्य २ जना सहभागी गराउने योजना बनाइएको छ | कार्यक्रम स्थल पछि जानकारी गराइने पनि जनाइएको छ |

 

तालिम लिन  इच्छुकले शुल्क निम्न बैंक खातामा जम्मा गर्नुपर्ने छ |

 

shrees magar yam woori bank1002138623350

 

अथवा याम श्रीस मगर -01025012730 लाई नगद बुझाउन पनि सकिनेछ |

 

बैंकमा शुल्क बुझाएपछि नाम,ठेगाना र फोन नम्बर सहित yamsh[email protected] मेल गरेर वा 01025012730 मा फोन गरेर दर्ता गर्ने

 

बिस्तृत जानकारीको

देवेन्द्र सम्बाहाम्फे –01083576667

अशोक मैनाली –01048387287

खेम कार्की –01064533050

याम श्रीस मगर -01025012730

रंजन कुवंर – 01065337431

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नेपालमा बस्न चाहान्छु – टेरिसा तामाङ
  • मकवानपुर म्यूजिकल शो स्थगित
  • कोरियन एयरको उडान प्रतिबन्ध ल्याउने तयारी
  • बा
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...