Advertisement
SKIP THIS

कोरियामा ‘हिमालय’ कथा


सोल-अम होङ गील प्रख्यात कोरियाली पर्वतारोही हुन् । उनी ८ हजार मिटरभन्दा अग्ला संसारका १६ शिखरहरुको सफल आरोहण गर्ने पहिलो व्यक्ति हुन् । अमको  जिबनी, सहास र सफलतालाई लिएर कोरियामा सयौं पुस्तक प्रकाशन र डकुमेन्ट्री बनेका छन् । यसै सिलसिलालाई पछिल्लो समय लेखक तथा निर्देशक ली सक हुन चलचित्र ‘हिमालय’ निर्माण गरेर जोडेका छन् ।

 

चलचित्र ‘हिमालय’ सत्य कथामा आधारित चलचित्र हो । सन् २००० मा आरोहणको क्रममा पर्वतारोही गीलले दुई जना सहयोगी गुमाएको बिषयलाई निर्देशक लीले मार्मिक रुपमा पर्दामा उतारेका हुन् । अमका ती दुई सहयोगी सगरमाथा आरोहरणका क्रममा हिउं पहिरोमा परेर हराएका थिए । उनीहरुको शव २००४ मा फेला परेको थियो ।

 

२ घण्टा ४ मिनेट लामो ‘हिमालय’मा पचास प्रतिशत दृश्य सगरमाथा र कन्चनजङघा आधार क्षेत्रको देख्न पाइन्छ भने बांकी दृश्य कोरियाको खावन्दो र याङजु क्षेत्रमा छायाङकन गरिएको हो  । चलचित्रमा सुपरस्टार नायक ह्वाङ जङ मीनले अमको भूमिकामा रहेका छन ।

 

हिमालय क्षेत्रमा छायााङकन गरिको पहिलो कोरियन चलचित्र मानिएको यस चलचित्रको प्रथम प्रिमियाम शो आज सोलमा गरिएको छ । कोरियाका बिशिष्ठ नायक, नायिका, लेखक निर्देशक र पत्रकार उपस्थितिमा यङदम्फो सीजीभी हलको चारै तलामा बिहिबार बेलुकी ६.३० देखि सो शुरु भएको हो । यो सिनेमा हल कोरियाकै ठुलो सिनेमाहल मानिन्छ ।

 

सीजे इन्टरटेन्मेन्टले प्रस्तुत गरेको यस चलचित्रमा नायक ह्वाङ जङ मीनसहित छङ हु, छो सङ हा, कीम इन क्वन र ला मी रान आदि कोरियनको प्रमुख रुपमा भमिका रहेको छ । यसमा गम्भीरमान श्रेष्ठ लगायत तीन नेपाली कलाकारहरुले पनि अभिनय गरेका छन ।

 

प्रिमियम शो उदघाटन निर्देशक लीले छायाङकनका बेला कठिनाई सुनाए । उनले भने ‘हिमालयको कामगर्दा धेरै कठिनाइ भएको थियो तर कलाकार र स्टेपहरुको सहयोगले सफल भएको छ । सबैलाई धन्यवाद दिन चाहान्छु ।’

korean hero

                                                                              चलचित्रका  नायक ह्वाङ जङ मीन

 

त्यस्तै नायक मीनले पनि आफलाई भन्दा दुख गर्ने स्टाफलाई ताली दिन अनुरोध गरेका थिए ।

 

डिसेम्बर १६ देखि कोरियाभर प्रर्दशन हुने ‘हिमालय’ हिउं पर्ने सिजनसंगै शुरु भएकाले दर्शकको मन जित्ने आशा चलचित्र टिमले लिएको छ ।

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...