Advertisement
SKIP THIS

तुलसी बचाउ अभियानद्धारा रक्त कयान्सरपिडित तुलसीको सहयोगको लागि अपिल


सोल –तुलसी बचाउ अभियानले रक्त क्यान्सरको उपचाररत घ्याल्चोक -५ गोरखा निबासी तुलसी खनालको सहयोगका लागि कोरियाबासी नेपालीहरुमा अपिल गरेको छ । २४ बर्षिय खनालको हाल बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा उपचारका भैरहेको छ । उपचारको क्रममा गत महिना खनाललाइ रक्त क्यान्सर भएको पुष्टि भएको थियो ।

 

परिवारको पहिलो सन्तान खनालको घर महाबिनासकारी भुकम्पले गर्दा पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । हाल पालको आश्रय लिईरहेका उनको परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको अभियानकर्ता प्रज्ञान कार्कीले जानकारी गराए । उपचाररत खनालका बाबुको उनि बाल्यकालको हुँदा रक्त क्यान्सरबाट मृत्यु भएको थियो ।

 

उपचारका क्रममा दुइलाख रुपयाँ भन्दा बढी खर्च भइसकेको छ भने पूर्ण निको हुन् १२ लाख रुपयाभन्दा बढी लाग्ने अस्पतालले जानकारी गराएको कार्कीले बताए । पारिवारिक आर्थिक अवस्थाले उनको रोग निको गर्न असम्भव हुदाँ सहयोगको आशा राखिएको अभियान स्पष्ट पारेको छ । तुलसी बचाऊ अभियानले कोरियाबासी नेपालीहरुको सानो सहयोगले तुलसीको जीबन रक्षा हुने आशा राख्दै सबैलाई सहयोगको लागि विनम्र अनुरोध गरेको छ ।

 

तुलसी बचाउ अभियानले सहयोगको लागि इच्छुकले नेपालमा त्रिबेणी बिकास बैकमा रहेको बिरामीको खाता नं 010010000042504000001 मा

साथै कोरियामा रहनुहुने साथीहरुले प्रज्ञान कार्कीको खाता नं … Karki pragyan (1002152964308)우리은행 Code no. (20) उपलब्ध गराएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...