मजदुर संघको शान्तिपुर्ण आन्दोलन सम्पन्न
सोल-शनिबार दक्षिण कोरियाको राजधानी सोलमा मजदुर संघले सरकारको नीतिको विरोध गर्दैं आफनो मागहरु पुरा गर्न माग राख्दैं गरेको शाान्तिपुर्ण आन्दोलन सम्पन्न गरेको छ ।आन्दोलन शान्तिपुर्ण सम्पन्न भएपनि कोरियन मजदुर संघको प्रमुख हान सांग ग्यानलाई सरकारले सोल स्थित जोख्यो गुम्बा छोडन आग्रह गरेको थियो ।
गत हप्ता अध्यक्ष हानले शनिबारको शान्तिपुर्ण आन्दोलनलाई प्रहरीले नबिथोलेमा आफुले जोख्यो मन्दिर छोडने प्रतिज्ञा गरेका थिए ।
उनी गत नोभेम्बर १४ मा भएको सरकार विरोधी आन्दोलनमा उत्रिएका थिए सरकारले सो विरोध रयालीको दमन गरेको भन्दैं उनले सो मन्दिरमा धर्ना दिएर बसेका थिए।उक्त गुम्बाका बुद्धिस्टहरुले उनलाई मन्दिर छाडन आग्रह गर्दा उनले जवाफमा शनिबारको आन्दोलनमा शान्तिपुर्ण र सरकारले दमन नगरेमा छोडने भनेका थिए ।
शनिबारको प्रदर्शनमा १४ हजार किसान,मजदुर,नागरिकहरु सम्मिलित थिए ।सो गुम्बाको प्रतिनिधिसंगको शनिबार बेलुका अबेरसम्मको छलफलपछि विना शर्त अध्यक्ष हानले सो क्षेत्र छाडेका थिए ।प्रहरी प्रशासनको अनुसार प्रर्दशनकारीहरुले सरकार मजदुरको मागमा सुधार गर्नुपर्ने,सरकारले निर्माण गरेको ईतिहास पुस्तकमा परिमार्जन लगायतका माग राख्दैं विरोध प्रर्दशन गरेका थिए ।पछिल्लो अभिव्यक्तिमा राष्ट्रपति पार्क गुन हेले प्रदर्शनकारीहरुलाई आतंकवादको संज्ञा दिएका थिए ।