तमु धीँ कोरियाको अध्यक्षमा प्रदीप गुरुङ


धन गुरुङ
सोल-तमु धीँ कोरियाको सातौं साधारणसभाबाट अध्यक्षमा प्रदिप गुरुङ बिजयी भएका छन । दोङ्देमुन स्थित नेपाल हाउसको सभा हलमा आज सम्पन्न भएको साधारणसभाबाट आगामी २ वर्षका लागि नयाँ कार्यसमिति चयन भएको हो ।

 
अरु पदमा सर्वसम्मत भए पनि अध्यक्ष पदमा भने अन्तिम समयसम्म सर्वसम्मत हुन नसकेपछी निर्वाचनबाट अध्यक्षको छिनोफानो गरिएको थियो । अध्यक्षमा प्रदीप गुरुङले अर्को प्रतिद्वन्दी अमृत गुरुङलाई १८ मतान्तरले पछि पर्दै अध्यक्षमा निर्वाचित सफल भए । कुल ६८ मत खसेकोमा प्रदिप गुरुङले ४२ मत र अमृत गुरुङले २४ मत प्राप्त गरेका थिए ।

 

 

तमु धीँको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष प्रीतम गुरुङ, उपाध्यक्ष रिता गुरुङ , महासचिव श्रीराम गुरुङ , संगठन सचिव हिमांशु गुरुङ, प्रचारप्रसार सचिव सुनिल गुरुङ , कोषाध्यक्ष अनु गुरुङ र सह कोषाध्यक्ष ममता गुरुङ निर्बिरोध निर्वाचित भएका छन ।

 

सुरज गुरुङ्को सभापतित्वमा सम्पन्न सातौं साधारणसभाको प्रमुख आतिथीमा नेपाली दूतावास दक्षिण कोरियाको श्रमसहचारी अनिल गुरुङ रहनुभएको थियो । त्यसैगरी आतिथीहरुमा आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष चित्र बहादुर मोक्तान , गैरआवासीय नेपाली संघ दक्षिणका उपाध्यक्षहरु जुनु गुरुङ, लक्ष्मी गुरुङ, बिपिन गुरुङ , बौद्ध परिवारका अध्यक्ष ईश्वर गुरुङ , स्याङ्जा परिवारका अध्यक्ष धर्म गुरुङ , कास्की परिवारका अध्यक्ष खोमप्रसाद गुरुङ , लमजुङ परिवारका अध्यक्ष धन गुरुङ , नेको परिवारका अध्यक्ष बेल गुरुङ , ओखलढुंगा समाजका अध्यक्ष मानसिंह गुरुङ , रोहित गुरुङ सुनाखरी ब्याण्ड , श्रीमती लिना गुरुङ अन्नपूर्ण दुधपोखरी समाज, धावा छिरिङ अध्यक्ष मुस्ताङ परिवार र भिम गुरुङ संरक्षक तमु धीँ रहनु भएको थियो ।

 
कार्यक्रममा बोल्दै श्रम सहचारी अनिल गुरुङ्ले सामाजिक क्षेत्रमा मात्रै होइन राजनीतिक क्षेत्रमा पनि तमुहरु अग्रसर भएर लाग्नुपर्ने बताए । कोरियामा तमुलाई मात्रै नभई कुनै पनि नेपालीलाई दुःख पर्दा सम्पुर्ण तमु धीँले सघाउनुपर्ने उनकाे भनाई थियाे । त्यसैगरी जनजाति महासंघ काेरियाका अध्यक्ष चित्र बहादुर तामाङ्ले पहिचानकाे लागि बिदेशबाट पनि अावाज दिनुपर्ने बताए ।

 

 

प्रमुख आतिथी श्रमसहचारी अनिल गुरुङले दिप प्रज्वलन गरि सुरु भएको कार्यक्रममा अनु गुरुङ रिता गुरुङ र ममता गुरुङले ब्याज लगाई दिएका थिए  ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...