कोरिया आउनेको स्वास्थ्य परीक्षण शुरु


सोल – कोरिया जान ईपीएस भाषा परीक्षा पास गरेकाहरूको बुधबारदेखि स्वास्थ्य परीक्षण सुरु भएको छ। स्वास्थ्य परीक्षणमा सफल नभए भाषा परीक्षा पास गरे पनि कोरिया आउन पाइदैन । काम गर्न कोरिया आउने तयारी गरेकालाई स्वास्थ्य परीक्षण दोस्रो महत्वपूर्ण खुड्किलो हो।

स्वास्थ्य परीक्षामा पास भएपछि मात्र रोजगारदाताले छान्ने सूची रोस्टरमा नाम समावेश गरिने प्रावधान छ। सन् २०१६ मा दक्षिण कोरिया जानका लागि भाषा परीक्षा पास गरेका युवाको ईपीएस कोरिया शाखाले बुधबारदेखि एक सातासम्म स्वास्थ्य परीक्षण गर्ने कार्य तालिका बनाएको हो।

 

पाटन अस्पताल, टेकु, सिभिल र कोरियामैत्री अस्पतालबाट मात्र स्वास्थ्य परीक्षण गर्न पाइनेछ। स्वास्थ्य जाँच गरेको रिपोर्ट अस्पतालले सीधै ईपीएस कार्यालयलाई दिनुपर्ने व्यवस्था गरिएको छ।

स्वास्थ्य परीक्षणमा सफल भएकाले तेस्रो चरणमा जब एप्लिकेसन फारम भर्नुपर्छ। ईपीएस कोरिया शाखाले मंसिर ६ देखि जब एप्लिकेसन फारम भराउन थाल्नेछ। जब एप्लिकेसन दिँदा एमआरपी पासपोर्ट, परीक्षा दिँदाको प्रवेशपत्र, प्रहरी प्रतिवेदन अनिवार्यरूपमा पेस गर्नुपने छ।

 

 

स्वास्थ परीक्षणको ५५ अमेरिकी डलर र जब एप्लिकेसनका लागि ६० डलर शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले सन् २०१६ मा कोरिया जान भाषा परीक्षा पास गरेकाहरूको बुधबारदेखि स्वास्थ्य परीक्षण सुरू हुने जानकारी दिए।
स्वास्थ्य परीक्षणसँगै मंसिर ६ देखि जब एप्लिकेसन फारम भर्ने व्यवस्था मिलाइएको छ’, उनले भने। रोजगारदाताले छनोट गर्ने ठाउँ रोस्टरमा नाम राख्न यी प्रक्रिया पूरा गर्नैपर्ने उनले बताए।
यसैगरी, ईपीएस कोरिया शाखाले मंसिर ९ देखि स्कील टेस्ट परीक्षा सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ। उपत्यकाको तीन स्थान र पोखरामा एक ठाउँबाट स्कील टेस्ट हुनेछ।
यो टेस्टमा सीप परीक्षण, अन्तर्वार्ता र शारीरिक तन्दुरुस्तीका बारेमा जानकारी लिइने शाखाका प्रमुख बास्तोलाले जानकारी दिए।दक्षिण कोरिया नेपाली कामदारका लागि रोजगारीको आकर्षक गन्तव्य मुलुक हो।

 

उत्पादनमूलक र कृषि गरी दुई क्षेत्रमा नेपालीले काम गर्दै आएका छन्। रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कोरियामा सरकारले नै कामदार पठाउने गरेको छ।

 

प्रशिक्षार्थी कामदारका रूपमा सन् २००८ देखि दक्षिण कोरियामा नेपाली काम गर्न जान थालेका हुन्। कोरियाले यो प्रणालीमार्फत विभिन्न १५ वटा मुलुकबाट कामदार लिने गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...