कोरियन राजदूतले भने, ‘ ठुला छिमेकिको बीचमा रहेर कोरियाले इतिहास जोगाएको छ, नेपालले पनि सक्छ


 

काठमाडौं– नेपालका लागि कोरियाली राजदूत योङग जिनले नेपालजस्तै कोरियापनि ठुला दुई छिमेकिको विचमा रहेको भन्दै अहिलेको संकट समाधान गर्न नेपाल सक्षम हुने विश्वास व्यक्त गरेका छन् |

 

 

गृहमन्त्री शक्ति बस्नेतसँग आज भएको भेटमा उनले भने, ‘हामीपनि तपाईहरु जस्तै ठुला दुई छिमेकिको विचमा वसेर चार हजार वर्ष इतिहास जोगाउन सफल भएका छौ, तपाईहरुपनि लामो इतिहास भएको मुलुक हो, यस पटकको समस्यापनि छिटो समाधान होस् भन्ने कोरीयाली चाहना छ ।’

 

 

कोरियन राजदुतले कोरियामा शरिरलाई आनन्द दिनुछ भने थाइल्याण्ड जानु र मन र मष्तिकलाई आनन्द दिनुछ भने नेपाल जानु भन्ने धारणा रहेको समेत सो अवसरमा बताएका थिए ।

 

 

सिंहदरवार स्थित गृहमन्त्रालयमा भएको भेटवार्तामा नेपाल र कोरीयाको द्धिपिक्षिय हितका बारेमा समेत छलफल भएको थियो । सो क्रममा गृहमन्त्री वस्नेतले दक्षिण कोरीया नेपालको भरपर्दो विकास साझेदार मुलुक भएको भन्दै भुकम्पपछि दक्षिण कोरीया सरकारले नेपाललाई गरेको सहयोगको प्रशसा गर्दै आगामी दिनमा पनि कोरीया सरकारले नेपाललाई सहयोग जारी राख्ने विश्वास व्यक्त गरे ।

 

 

मन्त्री बस्नेतले भुकम्पपछिको पुर्ननिर्माणको काम सरकारको प्राथमिकतामा रहेको भन्दै त्यसमा सहयोग गर्ने कोरीयन प्रतिवद्धताको लागीपनि आभार व्यक्त गरे ।

 

 

जवाफमा भेटमा कोरीयन राजदुतले पुननिर्माणको लागी कोरीयन सरकारले सहयोग गर्ने प्रक्रिया अघि बढिसकेको बताएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • मगर संघ थेगुको अधिवेशन सम्पन्न : अध्यक्षमा खडक घर्तीमगर
  • जेजुदोमा सोनाम ल्होछार
  • कोरियामा अनिल लामिछाने मगर २०७९ को मगर व्यक्तित्व घोषणाबाट सम्मानित
  • काेरियाकाे सोनाम ल्होछार एक झलक (फोटो फिचर)
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...