निष्ठाको राजनीति गर्ने आस्थाको चाहना


बाला राई

सोल-अनकन्टार जंगल, एक्लो यात्रा, मनमा अलिकति पनि डर छैन । नयाँ खोज अनि अनुसन्धानमा हरपल लागि राख्ने नेपाली चेली आस्था बिन्दु मल्ल नयाँ जोस जाँगर र उत्साहका साथ दक्षिण कोरियाको राजधानी सोलबाट घण्टौंको यात्रापछि पुग्छिन् आफ्नो शोध गन्तव्यस्थल । जंगलको बिच भागमा आवश्यक उपकरणसहितको ५० मिटर अग्लो टावरमा पुगेपछि हप्ताभरको डाटा आफनो ल्यापटपमा डाउन लोड गर्दै उपकरणहरु जाँच गर्छिन् । रुखले कति कार्बन तानिरहेको छ र कस्तो कार्बन फ्याकिरहेको छ जसले मानवलाई कतिको असर वा प्रभाव पारेको छ जाँच गर्छिन् । फर्केपछि विभिन्न मुलुकका विद्यार्थीसँगै बसेर नयाँ नयाँ अनुसन्धानका विषयमा छलफल गर्छिन् ।

 

हो, यीनै वातावरणकी विद्यार्थी आस्था बिन्दू मल्ल कोरियामा रहेका नेपाली युवा जमातमा चिरपरिचित नाम हो । कोरियामा रहेका विद्यार्थी संगठनदेखि राजनीतिक तथा सामाजिक संघसंस्थासँग आवद्ध रहेर सक्रिय भूमिका निभाउदै आएकी आस्था प्रवासी भूमिमा रहेर आफ्नो अध्ययनसँगै फुर्सदको समयलाई राजनीति र सामाजिक कार्यमा लगाउदै आएकी छिन् ।

 

सातवर्षअघि अध्ययनको शिलशिलामा कोरिया आएकी आस्था अध्ययनका साथै युवा गतिविधिमा पनि त्यत्तिकै सक्रिय छिन् । कोरियास्थित इवहा वुमन्स युनिभर्सिटिबाट इन्जिनियरिङमा स्नातकोत्तर गरेकी आस्थाले दक्षिण कोरियाको राजधानी सोलस्थित योन्सेइ युनिभर्सिटिबाट विश्वव्यापी जलवायु तथा मौसम परिवर्तन विषयमा विद्यावारिधि गर्दैछिन् । सोल नेसनल युनिभर्सिटिमा शोधकर्ताका रुपमा कार्यरत मल्ल (सोनसिक) सोसाइटी अफ नेप्लिज स्टुडेन्ट इन कोरियाको पहिलो महिला अध्यक्षको पदभार समेत सम्हालिसकेकी छिन् ।

 

 

यहि २२ तारिख सोलमा हुन लागेको नेपाली कांग्रेसको प्रवासी भातृ संगठन जनसम्पर्क समितिको केन्द्रिय अधिबेशनमा सभापतिको उमेदवारी समेत दिने तयारीमा रहेकी आस्था भन्छिन्, ‘देशको अग्रगामी विकासका निम्ति इमान्दार युवा शक्तिको जरुरी पर्दछ । युवा शक्तिको तागतले नै देशको राजनीतिक, शैक्षिक, सामाजिक, प्राविधिक, आर्थिक तथा साँस्कृतिक परिवर्तन गरी सामाजिक रुपान्तरण गर्दै समावेशी लोकतन्त्रमार्फत् आदर्श राष्ट्र सम्भव छ । त्यसैले म पनि युवा भएको हैसियतले निष्ठाको राजनीति गर्नको लागि मेरो उमेदवारी हो।’

 

संस्थालाई हरेक दृष्टिकोणबाट सबल र सफल बनाउने तर्फ सधैं लागि पर्ने यथार्थता दर्शाउदै राजनीतिलाई राजनीति नभएर समाजसेवाको रुपमा स्थापित गर्ने लक्ष्यका साथ उमेदवारी दिन लागेकी आस्था राजनीतिलाई समाजसेवाको एउटा पाटोको रुपमा लिन्छिन् । समाजसेवामा रुची नराख्ने व्यक्ति राजनीतिमा पनि सफल हुन नसक्ने उनको दावी छ । भन्छिन्, ‘म राजनीतिमार्फत् समाजसेवा गर्न चाहन्छु । हामी युवा नै भोली समाजलाई नेतृत्व गर्न सक्ने भएकोले हामी जस्ता शिक्षित, इमान्दार र प्रतिभाशाली युवा राजनीतिमा आउनु जरुरी छ ।’

 

राजनीतिमा भएका, देखिएका विसंगतिलाई हटाएर स्वच्छ राजनीति गर्ने चाहनाका साथ अघि बढेकी आस्था देशको अग्रगामी विकासका निम्ति इमान्दार युवा शक्तिको जरूरी देख्छिन् । देश विदेशमा रहेका सवै क्षेत्रका व्यक्तिको ज्ञान, सोच, विचार र सीपलाइ नेपाली भूमिमा पोख्ने वातावरण तयार गर्ने जिम्मा युवा वर्गमा रहेको बताउदै उनी थप्छिन्, ‘सक्षम नेतृत्व आजको आवश्यकता हो जसले सबैलाई समेटेर लैजान सकोस् ।’

 

प्रवासमा हरेक नेपालीहरुबिचको एकता, सहकार्य र पारस्परिक सहयोग हुनुपर्नेमा जोड दिदै जुनसुकै तह, क्षेत्र र माध्यम भए पनि सामाजिक सेवाको अन्तिम लक्ष्य नेपाल र नेपालीहरुको हित र सेवा कै लागि हुनुपर्ने उनको भनाई छ । प्रवासमा पनि सौम्य र सभ्य समाजको निमार्ण गर्ने परिदृष्य सबै राजनैतिक, सामाजिक, सामुदायिक, भौगोलिक तथा जातीय संघसंस्थाहरुले मुल मन्त्रको रुपमा लिएर सामुहिक हितको पक्षमा हुनुपर्छ भन्ने कुरा नेपाली जनसम्पर्क समितिको स्पष्ट धारणा रहेको उनी बताउँछिन् ।

 

नेपाली कांग्रेस केन्द्रिय कार्यालयले लिएका महत्वपूर्ण उदेश्यहरु कार्यन्वयन तथा प्राप्तीमा अग्रसर रहने बाचाकासाथ नेपाली जनसम्पर्क समिति कोरियाले हाल गर्दै आएका कार्यहरुलाई पूर्णता दिनुका साथै कोरियामा रहेका हरेक राजनीतिक दलका भातृ संगठनहरु, गैर–राजनीतिक संघसंस्थाहरु एवं विद्यार्थी संघसंस्थासँगको सहकार्य तथा समन्वयमा अझ सुधार गर्न पहल गर्ने उनी बताउँछिन् । भन्छिन्, ‘हालसम्म पुग्न नसकेका स्थानहरुमा क्षेत्रिय समितिहरुको विस्तारमा विषेश ध्यान दिदै सबै क्षेत्रिय समितिहरुलाई पूर्ण अधिकार प्रदान गर्ने एवं केन्द्रसँग समन्वय तथा सहकार्यलाई प्रोत्साहन गर्न पहल गर्नेछु ।’

 

विभिन्न पेशामा संलग्न सम्पूर्ण नेपालीहरुका भैपरि आउने अप्ठ्यारा र विपत्तिहरुमा गर्नुपर्ने विभिन्न सहयोगका साथै नेपाल र नेपालीहरुको विकासको लागि कोरियामा रहेका विभिन्न राजनैतिक एवं सामाजिक संघसंस्था र कुटनीतिक विभागहरुसँग समन्वय गर्दै प्रविधि, लगानी तथा विद्यार्थीसंघको बौद्धिक जमातसँग मिलेर विश्वविद्यालयबाट हासिल गरेको प्राविधिक ज्ञानलाई नेपाल भित्र्याउन क्रियाशील बनाउनेतर्फ अग्रसर रहने आस्था संस्थालाई पारर्दशी बनाउदै राजनीति नभएर समाज सेवाको रुपमा स्थापित गर्नु नै प्रमुख लक्ष्य रहेको बताउछिन् ।

 

त्यसतै कोरियामा प्रवासी मजदूरहरुको समस्यालाई विशेष ध्यान दिइ विभिन्न कार्यक्रमहरु गर्ने पहल गर्नुका साथै पछिल्लो समय कोरियामा देखिएको आत्महत्याको समस्या, कम्पनीमा चरम दुरव्यवहारको कारण नेपाली युवाहरुमा मानसिक रुपमा विछिप्त हुने, कम्पनी दुर्घटना, सुतेको अवस्थामा मृत्यु हुने जस्ता धेरै समस्याहरु बढीरहेका छन् । यस्तो विषयमा गम्भीर भएर आप्रवासी कामदारको हितका लागि विभिन्न कार्यक्रमहरु ल्याउने सोचमा बनाएकी छिन् ।

 

सबै एकजुट भएर निस्पक्ष र स्वच्छ संस्थाको रुपमा प्रभावकारी ढंगले प्रवासी नेपालीहरुको साझा संस्थाको रुपमा विकास गर्दै समाज र राष्ट्रको निम्ति योगदान पुर्याउने कार्यमा लाग्नुपनेमा जोड दिदै आस्था अगाडि थप्छिन्, ‘नेपाल विकासको लागि प्रवासमा भएका नेपालीहरुको आर्थिक, सामाजिक, भौतिक, कला, ज्ञान र सिपलाई नेपालमा लगानी गर्नको लागि नेपालमा रहेका विभिन्न सामाजिक, व्यापारिक र अन्य संघसंस्थाहरुसँग मिलेर जनस्तरको कुटनैतिक नियोगको भूमिका निर्वाह गरि लगानी प्रवद्र्धनको लागि उत्प्रेरित गर्नुपर्छ ।’

 

तनहुँमा जन्मेर काठमाडौंमा हुर्केकी आस्था सानैदेखि पढाइमा अब्वल थिइन् । कक्षामा सँधैं प्रथम हुने आस्थाको नयाँ कुरा परिक्षण गरिहाल्ने बानी थियो । काठमाडौंस्थित सेन्ट जेभियर्स कलेजबाट बी.एस्सी. गरेर त्रिबिबिबाट वातावरण विज्ञानमा स्नातकोत्तर गरेकी आस्था थप अध्ययनका लागि सुरुमा जापान गइन् । तर बेल्जियमबाट अध्ययन सकेर फर्किएका श्रीमान व्यापारको सिलसिलामा कोरियामा बस्न थालेपछि आस्था पनि कोरियामै आएर आफ्नो अध्ययनलाई पुरा गर्न थालिन् । सुरुका दिनमा भाषाको कठिनाइले गर्दा कोरियामा अध्ययन गर्न त्यति सजिलो थिएन उनलाई । तर श्रीमानको हौसला, सहयोग, आफ्नो कडा मेहेनत र लगनशिलताले सफलताको शिखरमा पुर्यायो । ‘आत्मविश्वास नै सफलताको कडि रहेछ’, आस्था भन्छिन् ।

 

केही समयपछि नेपाल फर्केने सोच बनाएकी आस्था आफुले सिकेको सिप र ज्ञानलाई आफ्नै भूमिमा प्रयोग गर्ने बताउछिन् । भन्छिन्, ‘म अहिले कोरियामा जे सिकिरहेको छु त्यो नेपालकै लागि हो । नेपालमा अहिले जे कुराको अभाव छ म त्यसको पुर्ति गर्ने कला सिकिरहेको छु यो ज्ञान केही वर्षपछि नेपालमै खर्चिने छु ।’ देशलाई चाहिने अत्यावश्यक जनशक्ति नेपालमा नै तयार हुनसक्ने वातावरण नभएका कारण विदेशीनु परेको तितो यथार्थ ओकल्छिन् उनी ।

 

वातावरण विज्ञानसम्वन्धि अध्यापन गराउने सोच बनाएकी आस्थाको विज्ञान विभागसँग सम्बन्धित भइ अनुसन्धान वा वातावरण विज्ञानसंग सम्बन्धित सामाजिक सचेतनाका कार्यक्रममा संलग्न हुनुका साथै गरिव, महिला तथा पिछडिएका वर्गका लागि शिक्षाका विभिन्न कार्यक्रम संचालन गर्ने योजना छ । अहिले विश्वभर जलवायु परिवर्तनको असर र प्रभाव बढिरहेको छ । हाम्रो हिमाली क्षेत्रमा पनि जलवायु परिवर्तनले हिमपात घट्दैछ भने भविष्यमा खानेपानीसम्म नपुग्ने अवस्था आउन सक्छ । यस्तो बेला प्रयोग गर्ने उपकरण अत्यन्तै महँगो पर्ने बताउदै आस्था भन्छिन्, ‘मेरो परिश्रम, रुचि र कडा परिश्रम देखेर यहाँका विदेशीहरूले सहयोग गर्न खोजिरहेका छन् । भविष्यमा नेपालमा यही उपकरण भित्र्याएर काम गर्ने योजनामा छु ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...