नेपाली सम्पर्क समिति कोरियाको राहत कोष स्थापनार्थ छलफल कार्यक्रम सम्पन्न |


सौल  –  नेपाली सम्पर्क समिति कोरिया द्वारा यहि नोभेम्बर १५ तारिख आइतबारका दिन  सौल स्थित सिन्सल दोंग मा रहेको नेपाल हाउसमा आयोजित आपतकालीन राहत कोष स्थापनार्थ छलफल कार्यक्रम तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ |

नेपाली सम्पर्क समिति कोरियाकी  कार्यबाहक अध्यक्ष अन्जु केसी को अध्यक्षतामा सचिब सुन्दर लिम्बुले संचालन गरेको कार्यक्रममा दक्षिण कोरियाका लागि नेपाली राजदुत महामहिम कमान सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो | बिशेष अतिथिहरुमा  एन आर एन ए का आई सी सी प्रतिनिधि के पी सिटौला,  एन आर एन ए कोरियाका अध्यक्ष राजु क्षेत्री, नेपाल आदिबासी जनजाती महासंघको निवर्तमान अध्यक्ष भक्त शेरचन , प्रबासी नेपाली मंच कोरियाका अध्यक्ष गोबिन्द गाउले,जन अधिकार मंचका कार्यबाहक अध्यक्ष गणेश कालिकोटे , पत्रकार महासंघ कोरियाका प्रतिनिधि  रंजन कुँवर, वुमन फर वुमन कि अध्यक्ष मल्लिका थकाली ,अतिजम बालबालिका सहयोग अभियान का संयोजक बिक्रम ठकुरी , गुल्मी सम्पर्क समिति का अध्यक्ष प्रेम ज्ञवाली लगायतका रहेका थिए | अन्य अतिथिहरुमा विभिन्न २ दर्जन संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए | स्वागत मन्तब्य उपाध्यक्ष भुवन बस्नेतले गरेका थिए भने राहत कोषको अबधारणा समितिका सदस्य किरण जी सी ले प्रस्तुत गरेका थिए | राहतकोष को लागि नेपाली सम्पर्क समितिले तिस लाख वोन बिनियोजन गरि सकेको र सोहि रकमबाट शुरुवाट हुनेगरी अभियान संचालन गरिने जी सी ले बताए |

बिशेष गरेर कोरियामा कार्यरत नेपालीहरुको अकालमा मृत्यु हुने, प्राणघाटक रोग लाग्ने ,औधोगिक दुर्घटना परि अङ्गभङ्ग हुने, आत्महत्या गर्ने ,मानसिक रोग लाग्ने लगायतका बिबिध समस्यालाई सहयोग गर्न को लागि आपतकालिन राहत कोषको स्थापना गर्ने उद्देश्यका साथ आयोजना गरिएको छलफल  कार्यक्रम मा  उद्देश्य आफैमा राम्रो भएको बक्ताहरुले वताए | यो उद्देश्य लाई पुरा गर्न को लागि राजदूतावास, एन आर एन ए , राजनीतिक संस्था ,जातिय संस्था, क्षेत्रीय संस्था ,ब्यापारी , बिधार्थी र मजदुर सबैलाई समेटेर लैजानु पर्ने मा प्रबासी नेपाली मंच कोरियाका अध्यक्ष गोबिन्द गाउलेले जोड गरे| यस राहत कोष को लागि पटक पटक अन्तरक्रिया , छलफल र बैठक बसेर स्पस्ट नीति , बिधि , नियम बनाएर कार्यन्वयन गर्नु पर्नेमा जोड गर्दै आफु र आफ्नो संस्थाको पूर्ण सहयोग समर्थन रहने उपस्थित संस्थाका प्रमुखहरुले बताए |

ncc3

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएनए अध्यक्षमा विनोद कुँवर र सचिवमा जुनु गुरुङ
  • एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम गर्ने
  • NRNA KOREAले नियमित उडान सुचारु गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन राजदूतावासमा बुझायो पत्र
  • एनआरएन एसिया प्यासीफिक क्षेत्रिय उप संयोजकमा सुवेदीको उम्मेदारी केको लागि ?
  • ईपिएस

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज

    गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।   रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...